शनिबार, मंसिर २२, २०८१ | Saturday 7th December 2024

प्यूठानमा आत्महत्या ः ग्राफ बढ्दो कारण पहिचानमा चासो घट्दोे


प्रकाश बैद्य
प्यूठान,मानिसको जीवन अमुल्य छ , यो अमुल्य जीवनलाई सुन्दर बनाउन हर मानिसले आ आफ्ना प्रयासहरु गरेका हुन्छन् तर केही क्षणिक आवेश तथा नकारात्मक सोचाइले कतिपय मानिसले आफुले आफैलाई हत्या गरी जीवन नै समाप्त गर्दछन् त्यो हो आत्महत्या ।
मानव जीवनको महत्व नबुझी छोटो समयको गलत सोचाईले मानिसहरुले आत्महत्या गरेका घटना हाम्रो गाउँ समाजमा देखिदै आएको छ । मानिसले आत्महत्या तुरुन्तै गर्दैन ,उसले आत्महत्या गर्ने सोच देखि लिएर योजना बनाएको हुन्छ जुन योजना तथा आत्महत्या गर्ने मनसाय बनाएको व्यक्तिको लक्षण थाहा पाउन सके उसलाई उचित मनोपरामर्श दिई ज्यान बचाउन सकिन्छ जसबाट हाम्रो गाउँ समाजमा हुने गरेका यस्ता आत्महत्याका घटना न्यूनिकरणमा सघाउ पुग्दछ आम सचेत नागरिकले यो विषयलाई गम्भिर ढंगले लिनु पर्दछ ।
आज मंगलवार विश्व आत्महत्या रोकथाम दिवस २०८१ को सन्दर्भमा स्वास्थ्य कार्यालय प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय र प्यूठान नगरपालिकाको समन्वयमा सरोकारवालाहरुबीच अन्तरक्रिया गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका नि.कार्यालय प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा प्रस्तुतिकरण गर्दै जिल्ला स्वास्थ्य कार्यालयका नसर्ने रोग कार्यक्रमका फोकल पर्सन राजु खड्काले आत्महत्या रोकथामका उपाए देखि लिएर आत्महत्या गर्ने सोच बनाएका व्यक्तिहरुले आत्महत्या गर्नु भन्दा अघि देखाउन सक्ने लक्षणहरुबारे प्रष्ट्याए । जुन लक्षणहरुलाई आम जनमानसले ख्याल गरी उचित समाधानका उपाएमा लाग्ने हो भने आत्महत्या नियन्त्रणमा ठुलो सफलता पुग्दछ । हेर्नुहोस कुनै पनि मानिसले आत्महत्या गर्नु भन्दा अघि देखाउन सक्ने लक्षणहरु ः
१.अलि उदास भएको जस्तो देखिन्छ र एकान्तमा बस्न खोज्दछ ।
२.बारम्बार निराशा ,एक्लोपन र अप्ठेरोमा परेको महसुस गर्दछ ।
३.लागु औषध र मादन पदार्थ सेवन बढ्छ ।
४.निरन्तर छटपटी र व्याकुलता बढेको महसुस ।
५.निद्रामा गड्वडी र भावनात्मक उतारचढाव हुनु ।
६.आत्महत्या गर्ने योजना बनाउने ।
७.पहिले जस्तो कुनै पनि काम गर्न इच्छा देखाउदैन ।
८.हार्मोनहरुको असन्तुलनले गर्दा जीवन संग रमाउन सक्दैन ।
९.आफुले आफैलाई घृणा गर्दछ र आफ्नो जीवन अर्थहीन भएको महसुस गर्दछ ।
१०.उसको मनमा नकारात्मक सोचको मात्रा बढ्नाले घर परिवार ,साथीभाई कसैले पनि माया र हेरचाह गर्दैनन् भन्ने सोचाई ।
११.आफ्नो भावनाको कसैले कदर नगरेको जस्तो अभिव्यक्ति दिने ।
१२.मृत्यूको बारेमा र मर्न मन लाग्छ भन्ने गरेको पाइन्छ ।
१३.मर्नका लागि प्रयोग गरिने विभिन्न तरिकाहरुको खोजी गरेको पाइन्छ ।
१४.कसैले यस भन्दा अघी पनि आत्महत्या गर्न कोशिष गरेको हुन सक्छ ।
१५.उसको परिवारका सदस्यले पनि आत्महत्या गर्न कोशष गरेको या आत्महत्या नै गरेको हुन सक्छ ।
१६.कसरी ,कहिले कुन समयमा आत्महत्या गर्ने योजना बनाएको हुन सक्दछ ।
१७.कसै कसैलाई आफ्नो योजनाको बारेमा प्रत्यक्ष वा अप्रत्यक्ष जानकारी दिएको हुन सक्दछ ।
१८.सामाजिक सञ्जालमा नकारात्मक बिचार तथा निराशाजनक अभिव्यक्तिहरु प्रकट गर्नु ।
१९.भविष्यप्रती निराशापन देखाउनु ।
२०.आफ्ना निजी सामान अरुलाई दिनु र सामाजिक क्रियाकलाप ः भोज,मेला साथीभाई आदिवाट टाढिनु ।


कर्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक निरञ्जन रिजालले आत्महत्या न्यूनिरण तथा व्यवस्थापन कार्ययोजना २०८१ का सन्दर्भमा प्रस्तुतिरण गरेका थिए । जिल्लामा आत्महत्या गर्नेको दर बढदै गएको ग्राफ समेत निरिक्षक रिजालले प्रस्तुत गरे । प्यूठान नगरपालिका क्षेत्रका स्वास्थ्यकर्मी, प्यूठान नगरपालिकाका आत्महत्या न्यूनिकरण तथा व्यवस्थापन अभियान समितिका पदाधिकारीहरु ,सञ्चारकर्मी,सुरक्षाकर्मी लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन निरिक्षक कोसल राज बैद्यले गरेका थिए ।
आत्महत्याको कारण पहिचान गरी बेलैमा न्यूनिकरणका उपाएहरु सम्वन्धित सरोकारवाला निकायले अघी बढाउनु पर्दछ । अशिक्षा ,आर्थिक संकट,प्रेममा असफलता,परीक्षामा अनुतिर्ण,मादक पदार्थ सेवन,घरेलु हिंसा,गम्भीर रोग जस्ता पक्षहरु आत्महत्याका कारणहरु बन्न सक्दछन् । आत्महत्या नियन्त्रण गर्न स्थानीय तहले सचेतनामुलक अभियान प्रभावकारी रुपले सञ्चालन गर्नु पर्दछ भने मानसिक रोगीहरुको सर्व सुलभ उपचारको व्यवस्था तथा मनोपरामर्शका कार्यक्रमलाई प्रभावकारीताका साथ अघी बढाउन जरुरी छ । विद्यालय ,स्थानीय तह र स्वास्थ्य संस्थामा मनोविमर्शकर्ताहरुको व्यवस्था गर्नु पर्दछ । मनोरोगीको निशुल्क उपचार,स्थानीय तह सम्म हेल्पलाइन नम्वरको व्यवस्था,योगा तथा ध्यान कार्यक्रमलाई प्रभावकारिता ,आत्महत्या गर्नेहरुले देखाएका पूर्वसंकेतहरुलाई गम्भिर रुपले ध्यान दिई आकस्मिक उपचारको व्यवस्था लगायतका कार्यहरु प्रभावकारी रुपले सञ्चालन गरे आत्महत्या न्यूनिकरणमा महत्वपूर्ण सफलता मिल्नेछ अन्यथा विभिन्न अरु दिवसहरु जस्तै यो पनि दिवसमै सिमिति रहनेछ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top