प्यूठान, प्यूठानमा कोभिड–१९ विरुद्धको फाइजर –बायोएनटेक खोप अभियान सञ्चालन हुने भएको छ ।
१२ वर्ष माथीकाको लागि यही भदौ २६ गते देखी ३१ गते सम्म जिल्ला भर खोप अभियान सञ्चालन हुने भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले आज जिल्लाका सञ्चारकर्मीहरु संग अन्तरक्रिया गरी फाइजर बायोएनटेक खोप अभियान बारे जानकारी गराएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका नि.प्रमुख मधुसुदन खड्काको अध्यक्षतामा भएको कार्यक्रममा अभियानमा जिल्ला भर सञ्चालन हुने खोप कार्यक्रम ,जनशक्ति परिचालन ,खोप केन्द्रहरु ,नया खोप तालिका ,खोपको लक्षित वर्ग ,खोप लगाउने तरिका ,जिल्लामा कोभिड खोप अभियानको प्रगति वारे जानकारी गराइएको थियो ।
प्रत्येक खोप केन्द्रमा २ जना स्वयम्सेवक तथा १ जना खोप दिने स्वास्थ्यकर्मीको व्यवस्था गरिएको,जिल्लामा ४० हजार भ्याक्सिन उपलव्ध भएको,१२ वर्ष माथीका कोभिड १९ खोप दोस्रो वा वुष्टर मात्रा लगाई १ वर्ष समय अवधी पुगेकाले थप वुष्टर खोपको रुपमा,पहिलो मात्रा लगाएकाले २८ दिन पछी दोस्रो मात्राको रुपमा तथा एकपटक पनि नलगाएकाले प्रथप पटक यो खोप लगाउन सक्ने नि.स्वास्थ्य कार्यालय प्रमुख मधुसुदन खड्काले बताए ।
९१प्रतिशत प्रभावकारिता रहेको फाइजर –बायोएनटेक खोप एक पटकमा ०.३ एम.एल दिइने ,मासुमा सामान्यतया बाँया पाखुरामा लगाइने समेत कार्यालय प्रमुख खड्काले जानकारी गराए । ०७७ माघ १५ देखी हाल सम्म कोभिड खोपको प्रगति वारे बताउँदै खडकाले कुल जनसंख्याको(५ वर्ष माथीको संख्या) १०४ प्रतिशतले पहिलो मात्र लगाएको ,पहिलो मात्रा लगाएका मध्ये ९५ प्रतिशले दोस्रो मात्रा लगाएको ,दोस्रो लगाएका मध्ये ६६ प्रतिशतले पहिलो वुष्टर खोप लगाएको जानकारी गराए ।
पत्रकार महासंघ प्यूठानका अध्यक्ष सञ्जय रिजाल,केन्द्रीय सदस्य सुशील पोखरेल ,पूर्व अध्यक्ष गिरु प्रसाद भण्डारी एवं जिल्लाका क्रियाशिल सञ्चारकर्मीहरुको सहभागिता रहेको कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालयका कोल्डचेन निरिक्षक कोसल राज बैद्यले गरेका थिए ।
कमेन्ट गर्नुहोस !