बुधबार, अशोज २, २०८१ | Wednesday 18th September 2024

झिमरुकमा मेलमिलाप सम्बन्धि आधारभूत तालिम शुरु


No description available.
वासुदेव गिरी

प्युठान (झिमरुक): झिमरुकले न्याय सम्पादनको कामलाई जनमुखी र थप प्रभावकारी बनाउने उदेश्यले स्थानीय मेलमिलाप कर्तालाई आधारभुतको तालिम आयोजना गरि शुरु गरेको छ।

जनतालाई स्थानीय स्तरबाटै न्यायीक निरुपणमा सहजता पुगोस् भन्ने उदेश्यले र दक्ष जनशक्ति उत्पादन गरि स्थानीय मेलमिलापकर्ताको माध्यमबाट जनताको न्याय निरुपणमा आधारभुत तालिम फलदायी हुने अपेक्षा पालिकाले लिएको हो ।

बुधबार मेलमिलाप सम्बन्धि आधारभूत तालिमको उद्घाटन कार्यक्रममा बाेल्दै गाउँपालिकाका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले गाउँटोलमा हुने साना साना विवाद र समस्या निराकरण गर्न यस प्रकारको तालिम सहयोगी हुने भन्दै तालिमका सहभागीहरूलाई निष्पक्ष भएर मेलमिलापको माध्यमबाट समाजमा हुने विवाद र उजुरीलाई हल गरि सभ्य समाजको निर्माणमा विशेष भूमिका निर्वाह गर्न पहल थाल्न आग्रह गरे । उनले तालिम लिनु ठुलो कुरा नभई सिकेका कुराहरुलाई व्यबहार उतार्न सक्नु महत्त्वपूर्ण भएकोले तालिमबाट सिकाई उपलब्धि आसिल गरेर गाउँ फर्किन मेलमिलाप कर्तालाई अनुरोध समेत गरेका छन्।

राज्त पुर्न संरचना पनि स्थानीय तहलाई न्यायीक निरुपणको जिम्मेवारी दिए संगै स्थानीय तहबाटै समुदायस्तरमा हुने विभिन्न किसिमका स-साना विवादलाई छलफलको माध्यमबाट मेलमिलाप गराउदै न्याय निरुपण गरिदै आएको झिमरुक गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक प्रमोद पोख्रेलले बताए ।

स्थानीय तहमा परेका उजुरीका निवेदनमा जनशक्ति अभावमा समयमै छलफल र मेलमिलाप गराउन नसक्दा त्यसले समस्या उत्पन्न हुने भन्दै सहजताको लागि यो तालिम फलदायी हुने उपाध्यक्ष पोख्रेलले बताए ।
समुदायस्तरमा विभिन्न किसिमका विवाद र झैझगडा बढ्दै जाँने र न्याय सम्पादनलाई गाउँतहसम्म पुर्याउन मद्दत पुग्ने उनको भनाइ छ ।

No description available.

मेलमिलाप कर्तामा सैद्धान्तिक, व्यवहारीक उजुरुको प्रकृतिको बारेमा ज्ञान हुनुपर्ने भन्दै जिम्मेवार भएर नजानेको कुरा छलफल र अन्तरक्रियाकाे माध्यमबाट सिक्नुपर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास रिजालले बताए । उनले भने, “मेलमिलापको माध्यमबाट सु साँस्कृत समाज निर्माणमा सहयोग पुग्ने छ ।”
तालिमपछि सहभागीलाई समुदायस्तरमा न्याय सम्पादनमा सहजता हुने बताए ।

८ दिन सम्म चल्ने तालिममा मेलमिलापकाेे आवश्यकता ,प्रक्रिया ,विवाद समाधानका उपाय, पद्धति कानुनी अधिकार र क्षेत्र लगायतको बिषयमा सहभागीलाई प्रशिक्षण दिइने छ।

No description available.

पालिकाका आठ वटै वडाका करिब ३० जना प्रशिक्षार्थी सहभागी रहेकाे तालिमको प्रशिक्षकमा वरिष्ठ अधिवक्ता कुमार आचार्य र अधिवक्ता रमिला हुमागाईले सहजीकरण गरेका थिए ।

झिमरूक गाउँपालिकाकाे आयाेजनामा मेलमिलाप सम्बन्धि आधारभुत तालिम अध्यक्षता न्यायीक समितिका संयाेजक तथा गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेख्रेलकाे अध्यक्षतामा शुरू भएकाे कार्यक्रमको प्रमुख अथिति गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्री रहनुभएको थियो । सहभागीलाई न्यायिक समितिका सदस्य सिताराम पाेख्रेलको स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रमको सञ्चालन न्यायिक समितिका कर्मचारी यामलाल पोख्रेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top