शुक्रबार, साउन ४, २०८१ | Friday 19th July 2024

झिम्रुकमा वास योजना , उपभोक्तालाई सुरक्षित खानेपानी आपूर्ति गरिने ।



वासुदेव गिरी

प्युठान (झिमरुक) : झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले झिमरुकले ग्रामीण भेगका स्थानीय उपभोक्तालाई स्वस्थ र सुरक्षीत खानेपानी परिपुर्तिको लागी वास योजनालाई आगामी बन्ने नीति तथा कार्यक्रम भित्र परेर अगाडि बढ्ने बताएका छन् ।
झिमरुक गाउँपालिकाले बुधबार खानेपानी सरसफाइ तथा स्वच्छता सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रममा उनले पालिकाको बिकास र समृद्धिको काम पूरा गर्न सबैको सकारात्मक सुझाव र सहकार्य आवश्यक रहेको गाउँपालिजा अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले बताए ।
गत महिना गाउँपालिकाले झिमरुकको समृद्धिको लागि गरेको बृहत अन्तरक्रियाले दिएको सुझाबलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समाबेश गरि अगाडि बड्ने अध्यक्ष एमसीले बताएका छन् ।
अध्यक्ष एमसीका अनुसार गाउँपालिका भित्र रहेका सबै टोल बस्तिमा खानेपानीको परिपुर्तिका लागि अहिलेको अवस्थाबाट सुरक्षीत खानेपानी वितरणलाई थप प्रभावकारिता बनाउन वास पलान अनुसार पहल थालिने बताए ।

गाउँपालिकामा तत्कालीन मध्यकालीन र दीर्घकालीन गरेर योजनालाई प्राथमिकता गरि सन २०३० सम्म सरकारले लिएको दिगो बिकास लक्षलाई आत्मसात गर्दै गाउँपालिकाले सुरक्षीत खानेपानी र एक घर एक धारा र गुणस्तरीय खानेपानी वितरणलाई नियमित आपूर्ति र पुर्ण सरसफाइ कार्यलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीय उपभोक्ताले आफ्ना संरचनालाई नियमित मर्मतसम्भार र जनश्रमदानलाई प्राथमिकता दिन समेत आग्रह गरेका छन् । उनले भने, संरचना र वितरण प्रणालीलाई गुणस्तरीय बनाएर मात्र हुँदैन । उपभोक्ताहरुले नियमित रेखदेख, मर्मतसम्भार र सरसफाइलाई ध्यान दिएमात्र निर्माणाधीन योजनालाई लामो समय टिकाई राख्न सकिने बताए ।

गाउँपालिकाले वास योजनाको अन्तिम ड्राफ्ट तयार भइसकेकोले यस्को थप अध्याय गरेर अन्तिम रुप दिने तयारीमा रहेको अध्यक्ष एमसीले बताए । वास योजनाले अन्तिम रुप पाएपछि गाउँपालिकामा वितरण गरिने खानेपानी र निर्माण गरिने संरचनामा थप गुणस्तरीयता कायम गर्न सजिलो हुने बताए ।
संघ प्रदेश र स्थानीय तहमा अब बन्ने योजना तथा कार्यक्रम वास योजना अनुसार गर्नुपर्ने सहभागीहरुको जोड थियो ।

त्यस्तै स्थानीय जनतालाई सुरक्षीत र गुणस्तरीय खानेपानी घरघरसम्म पुर्याउन स्थानीय सरकारले बनाउने नीति र वास पालनमा भरपर्ने भएकोले यस तर्फ सकारात्मक पहल थाल्नुपर्ने संघिय खानेपानी मन्त्रालयका सिनियर इन्जिनियर डा. रन्जित ओझाले बताए । उनले भने, अहिले भैरहेको खानेपानीका मुहान र संरचनाको हालको अवस्था कस्तो छ र सुधारको लागि के गर्नुपर्ने भन्ने सिकाइबाट ग्रामीण जनतालाई वितरण गरिने खानेपानी सुरक्षा र गुणस्तर कायम लगाएत अब निर्माण हुने संरचना, पानीको शुद्धतामा भरपर्ने बताए । निर्माणाधीन संरचनाको नियमित मर्मतसम्भार र सरसफाइ कार्यलाई ध्यान दिन आग्रह समेत गरे ।

गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल, संघिय खानेपानी मन्त्रालयका सिनियर इन्जिनियर डा. रन्जित ओझा, प्रमुख प्रशासकीय अधिकृत सुवास रिजाल खानेपानी बिभाग, कर्णाली जल परियोजना गाउँपालिका महा संघ प्रतिनिधि शिक्षा स्वास्थ्य सरसफाइ संग सम्बन्धित कर्मचारी वास फोकल पर्सन, संघ संस्थाहरु, वडा अध्यक्ष लगाएको उपस्थित रहेको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top