Invalid Conversion Type | Saturday 15th August 2020

लघु उद्यमी समुहलाई यान्त्रीकरणका सामाग्री वितरण


Hamroekata २७ पुष २०७६

प्युठान,२७ पुस ।
प्युठान नगरपालिकाले महिला उद्यमशिलता विकास कार्यक्रम मार्फत लघु उद्यमी समुहहरुलाई यान्त्रीकरणका सामाग्री वितरण गरेको छ । नगरपालिकाका चार उद्यमी समुहलाई यान्त्रीकरणका सामाग्री वितरण गरेको हो । वडा नं ५ मा रहेको स्वर्गद्धारी चिउरा हर्बल साबुन उद्योगलाई ¥याक दुई थान, पाँच थान ड्रम, साबुन बनाउने डाई एक थान वितरण गरेको हो । त्यस्तै सोही वडामा रहेको लिस्ने आटो उद्योगलाई एक थान ठूलो तौल मेसीन, पाँच थान ड्रम, दुई थान बेन्च, एक थान ग्रेडिङ मेसिन वितरण गरिएको छ । नगरपालिकाले वडा नं ८ मा रहेको जनसेवा कृषक महिला समुहलाई एक थान तौल मेसिन, पिसानी मिल एक थान, सिलाउने मेसिन एक थान, प्याकिङ मेसिन एक थान वितरण गरेको छ । त्यस्तै एक नंम्बर वडामा रहेको देविस्थान दुना टपरी उद्योगलाई दुना टपरी डाई एक थान वितरण गरिएको नगरपालिकाको कार्यालयले जानकारी दिएको छ ।

नगरपालिकाद्धारा वितरण गरिएका सामाग्रीहरु  !
उद्यमीका प्रतिनीधिलाई प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपति ,प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसी, कार्यपालिका सदस्य भगवता खड्का अन्य कर्मचारीको उपस्थितीमा यान्त्रीकरणहरु प्रदान गरिएको हो । चार लाख रुपिँया बजेटमा खरिद गरिएका सामाग्रीहरु वितरण गरिएको हो । यान्त्रीकरण सामाग्री वितरण गर्दै नगरप्रमुख कक्षपतिले लघुउद्यमीलाई प्रोत्साहान गर्नका लागि सामाग्री वितरण गरिएको बताए । नगरपालिकाले दिएका सामाग्री सही सदुपयोग गरि उत्पादनमा वृद्धि गर्न उनले आग्रह गरे ।


सम्बन्धित पोस्टहरू

Top