Invalid Conversion Type | Tuesday 19th November 2019

उपनिर्वाचनको चहलपहँल वढ्यो , प्युठानका तीन वडामा उपनिर्वाचन हुदैँ ।


Hamroekata ३० आश्विन २०७६

सागर रिजाल
प्युठान, ३० असोज ।
प्युठानका दुई स्थानिय तहको तीनवटा वडामा उपनिवार्चन हुने भएको छ । प्युठान नगरपालिका र ऐरावती गाउँपालिकाका वडा अध्यक्षका लागि उपनिवार्चन हुने जिल्ला निवार्चन कार्यालय प्युठानले जनाएको छ । प्युठान नगरपालिका वडा नं २ र ऐरावती गाउँपालिका वडा नम्बर १ र २ वडाको वडाध्यक्षका लागि उपनिवार्चन हुदैँ छ । प्युठान नगरपालिका वडा नम्बर दुईका वडा अध्यक्ष खिम बहादुर विष्टको निधन भएकाले र ऐरावती गाउँपालिका वडा नम्बर १ वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख र २ वडाका अध्यक्ष केशवराज आचार्य समितिको प्रमुखमा निवार्चित भएपछि उक्त वडामा उपनिवार्चन हुन लागेको हो ।
उपनिवार्चन हुने भएपछि जिल्लामा गत साउन १७ गतेदेखि मतदाता नामावली सङकलन स्थगित गरिएको छ । निवार्चन आयोगको निर्देशन अनुसार निवार्चनका कार्यक्रम सञ्चालन गरिने कार्यालयले जनाएको छ । रिक्त रहेका वडामा अहिले वडा सदस्यले कार्यवाहक अध्यक्षका रुपमा कार्यालयको कामकाज सञ्चालन गर्दै आएका छन ।
ऐरावती गाउँपालिका वडा नम्बर एकमा वडा अध्यक्ष पदका लागि पुर्व माओवादीले , दुईमा राजमोले र प्युठान नगरपालिका वडा नम्बर दुईमा पुर्व एमाले निवार्चनमा निर्वाचित हुनुभएको थियो । अहिले एमाले र माओवादीको एकता भई नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) भएको छ । निर्वाचनको समय तोकीयसंगै उपनिवार्चन हुने वडाहरुमा कार्यकर्ता भेटघाट तथा छलफलका कार्यक्रमहरु पनि भएका छन् । उपनिवार्चनका लागि उम्मेदवार नतोकिएपनि निर्वाचनका लागि आकंक्षी धेरै देखिएको छन् । अबको केहि समयमै उपनिर्वाचनका लागि वडाअध्यक्षको उम्मेदवार पार्टीले तोक्ने पार्टीका नेताहरु बताउछन् ।
ऐरावती गाउँपालिका वडा नम्बर १ मा उपनिवार्चनका लागि दुई हजार चार सय ७३ मतदाता रहेका छन् भने वडा नम्बर २ मा दुई हजार पाँच सय ५३ रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जनाएको छ । यस्तै प्युठान नगरपालिका वडा नम्बर २ मा दुई हजार नौ सय ४७ जना उपनिवार्चन लागि मतदाताको संख्या रहेको निर्वाचन कार्यालय प्युठानले जनाएको छ


सम्बन्धित पोस्टहरू

Top