Invalid Conversion Type | Saturday 15th August 2020

प्युठानका तीन वडामा मतदान सम्पन्न


Hamroekata १५ मंसिर २०७६

९८ वर्षिय बृद्ध र आठ दिनकी सुत्केरीले पनि गरे मतदान
सागर रिजाल
प्युठान, १४ मंसिर ।
प्युठान जिल्लामा उपनिर्वाचनका लागि मतदान शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । प्युठान नगरपालिका वडा नं २ दाखाक्वाडी, ऐरावती गाउँपालिका –१ दाङवाङ र ऐरावती– २ बरौलामा वडा अध्यक्षका पदका लागि मतदान भएको हो । मतदान विहान सात बजे देखि साझ पाँच बजेसम्म भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायधिस विष्णु गौतमले जानकारी दिनुभयो । प्युठान नगरपालिका तीन हजार २१ मतदाता संख्या रहेकोमा एक हजार नौ सय ९५ मत खसेको गौतमले बताए । वडा कार्यालय वड्रपाटामा क र ख गरि एक हजार दुई २४ मत खसेको र जानकी मावि चितीखोलामा सात सय ७१ मत खसेको गौतमले बताउनुभयो । उहाँका अनुसार यस वडामा ६६ प्रतिशत मत खसेको छ । यस वडाको मत शनिवार राती ९ बजेबाट गन्न सुरु गरिने मुख्य निर्वाचन अधिकृत एंव जिल्ला न्यायधिस गौतमले बताउनुभयो ।
ऐरावती गाउँपालिका १ दाङवाङमा एक हजार तीन सय ९७ मत खसेको छ । दाङवाङ प्रावि दाङवाङमा दुई सय ३९, दाङवाङ मावि अमिलिमा चार सय ८३, बालशिक्षा प्रावि मान्द्रेचौर क मा तीन सय ४६ र मान्द्रेचौर ख मा तीन सय २९ गरि जम्मा एक हजार तीन सय ९७ मत खसेको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिनुभयो । जसमा महिला सात सय ८७ र पुरुष ६ सय १० जना रहेका छन् । त्यस्तै ऐरावती गाउँपालिका २ बरौलाको वडाअध्यक्षका लागि एक हजार सात सय ४१ मत खसेको छ । जसमा जनकल्याण प्रावि रानीबासमा चार सय ८७, मोति मावि पुरनठाटी क मा चार सय १३, पुरनठाटी ख मा तीन सय ६९ र रत्नेश्वरी प्रावि उखारी चार सय ७२ गरि एक हजार सात सय ४१ मत खसेको भारतीले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार ४४ जना महिला र ६ सय ९७ जना पुरुष रहेका छन् ।
ऐरावतीमा भोली मतगणना
भौगोलिक हिसाबले दुर्गम मानिने ऐरावतीको दाङवाङको मतपत्र गाउँपालिका केन्द्र बरौलामा ल्याउन समय लाग्ने भएकाले आइतबार मात्र मतगणना सुरु गरिने निर्वाचन अधिकृत भारतीले जानकारी दिनुभयो । आईतबार विहान ७ बजे सर्वदलीय बैठक र ८ बजेदेखी मतगणना सुरु हुने उनले बताउनुभयो । तीनवटै वडामा धेरैजसो महिला मतदाताको सहभागीता रहेको थियो । आइतबार साँझसम्म तीनवटै वडाको अन्तिम नतिजा आइपुग्ने जनाईएको छ ।
९८ वर्षिय जेष्ठनागरिकरा मतदान
प्युठान नगरपालिका दुई क्वाडीका ९८ वर्षिय जेष्ठनागरीकले पनि आफै मतदानस्थलमा पुगेर मतदान गर्नुभएको छ । पुर्व सहायक गृहमन्त्रि समेत रहेका टकं बहादुर विष्टले शनिवार विहान सात वजेनै मतदान गरेका हुन् । उनले जानकी मावि चिति खोला मतदानस्थलवाट मतदान गर्नुभएको हो ।
आठ दिनकी सुत्केरीले मतदान
प्युठानमा आठ दिनकी सुत्केरीले मतदान गर्नुभएको छ । ऐरावती गाउँपालिका वडा नम्बर २ मोती मावी बरौला (ख) मतदान केन्द्रबाट बरौला सालघारीकी मिना विकले दिदीको सहायतामा मतदान गर्नुभएको छ । विकका आफन्तले उनलाई स्टेचरमा बोकेर मतदान स्थल सम्म ल्याएका थिए । सुत्केरीलाई प्राथमिकता दिएर केन्द्रमा आएपछि मतदान गर्ने व्यवस्था मिलाइएको मतदान अधिकृत कमल प्रसाद भुषालले जानकारी दिनुभयो ।
प्युठानका दुई स्थानीय तहका तीन वडा अध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । ऐरावती १ का वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख २ को वडा अध्यक्ष जिल्ला समन्वयको प्रमुख र प्युठान नगरपालिका २ का वडा अध्यक्षको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । तीन वडा अध्यक्षका लागि नेकपा, नेपाली काग्रेस र राजमोका उमेद्वारहरुले उमेद्वारी दिएका छन् । प्युठान नगरपालिकामा नेकपाबाट मुक्ति पोख्रेल र नेपाली काग्रेसबाट मोहनसिंह विष्टले उमेद्वार दिएका छन् । यस वडामा नेकपालाई राजमोले सहयोग गरेको छ । भने ऐरावती १ मा नेकपाबाट द्रोण प्रसाद पाण्डे , नेपाली काग्रेसबाट अमरबहादुर रेस्मीमगर त्यस्तै वडा नंम्बर २ बरौलाका लागि राजमोबाट भक्तबहादुर विक, नेपाली काग्रेसबाट भूपाल जिसी र स्वतन्त्रबाट भिमेसकुमार घर्तिमगरले उमेद्वारी दिनुभएको छ । ऐरावती १ नेकपाका उमेद्वार पाण्डेलाई राजमोले सहयोग गरेको छ भने ऐरावती २ का स्वतन्त्र उमेद्वार घर्तीमगरलाई नेकपाले सहयोग गरेको छ ।


सम्बन्धित पोस्टहरू

Top