Invalid Conversion Type | Saturday 19th October 2019

प्यूठानमा ट्राफिक कारवाही संख्या बढ्योे, राजश्व घट्यो


Hamroekata १८ श्रावण २०७६

 राधिका भुसाल
प्यूठान । प्यूठान जिल्लामा गत वर्षको तुलनामा यस वर्ष ट्राफिक कारबाही बढि भएको छ भने राजश्व रकम घटेको छ ।
जिल्ला ट्राफिक कार्यालय जस्पुरले सवारी कारबाहीबाट आ.व. २०७५÷०७६ मा ३५ लाख ७ हजार राजश्व संकलन गरेको जानकारी दिएको छ । यो रकम गत वर्ष भन्दा ५७ हजार कम हो । गत वर्ष ३६ लाख २७ हजार राजश्व संकलन भएको थियो । जिल्लामा सवारी चाप बढ्दो भएता पनि पहिलेका वर्षहरुमा भन्दा यसवर्ष सवारी धनीहरुले ट्राफिक नियम पालनामा अलि ध्यान दिने र अनुशासित भएकोले राजश्व कम असुृली भएको जिल्ला ट्राफिक कार्यालय जस्पुरका प्रमुख प्रहरी नायव निरिक्षक केदार प्रसाद सुवेदीले बताए ।
साना ठुला गरी यसवर्ष ६ हजार ४ सय ७५ वटा सवारीहरु कारवाहीमा परेका छन् । कारबाही परेका मध्ये सबै भन्दा धेरै मोटरसाइकल चालक रहेका छन् । २ हजार ९ सय ५० मोटरसाइकल कारवाहीबाट १६ लाख ६ हजार राजश्व संकलन भएको छ । त्यस्तै ट्राफिक नियम उलंघन गरेका ५ सय ३ वटा बस कारवाहीबाट २ लाख ६२ हजार, ६ सय २६ ट्रक टिप्पर कारवाहीबाट ३ लाख ७७ हजार ५ सय, १ हजार ६ सय ९९ जिप,कार र भ्यान कारबाही बाट ८ लाख ९३ हजार ५ सय राजश्व संकलन भएको जिल्ला ट्राफिक कार्यालय जस्पुरले जानकारी दिएको छ । यसबाहेक ५ सय ३४ ट्याटर कारबाहीबाट २ लाख ७९ हजार ५ सय र अन्य १ सय ६३ वटा सवारीबाट ८८ हजार ५ सय राजश्व संकलन भएको ट्राफिक कार्यालयले जनाएको छ ।
यस वर्ष ट्राफिक सवारी कारवाही बाहेक चालकहरुकोे निशुल्क शिविर समेत सञ्चालन गरेको थियो ।
दुर्घटनामा १४ जनाको मृत्यु
गत आवमा सवारी दुर्घटनामा परि प्युठानमा १४ जनाको मुत्यु भएको छ । जसमा पुरुष नौ जना, महिला तीन जना, बालक एक जना र बालिका एक जना गरि १४ जनाको मृत्यु भएको ट्राफिक प्रमुुख सुवेदीले बताए । त्यस्तै सवारी दुर्घटनामा परि १२ पुरुष , दुई महिला ,तीन बालक र एक बालिका गरि १८ जना घाईते भएका छन् ।
जिल्ला ट्राफिक कार्यालय प्युठानको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२÷०७३ मा २४ जनाको मृत्यु ४९ गम्भिर घाईते, ०७३÷०७४ मा १८ जनाको मृत्यु ४२ जना गम्भिर घाईते र ०७४÷०७५ मा १८ जनाको मृत्यु र ४९ जना गम्भिर घाईते भएको ट्राफिक प्रमुख सुवेदीले बताए ।


सम्बन्धित पोस्टहरू

Top