Invalid Conversion Type | Saturday 15th August 2020

धुवाङमा भिडियो कल मार्फत टेलिमेडिसिन सेवा सुचारु ,दुर्गमका बिरामीलाई राहत प्रदान


Hamroekata ७ मंसिर २०७६

सागर रिजाल 
प्युठान,७ कार्तिक ।
ऐरावती गाउँपालिका– ४ धुवाङ स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सूचारु गरिएको छ । स्थानिय गाउँपालिका र ASK फाउण्डेसन बिच सम्झौता भई शुक्रबार देखी सेवा सुचारु गरिएको हो । पालिकामा ६ वटा स्वास्थ्य चौकी रहेकोमा हाँल धुवाङ स्वास्थ्य चौकीमा यो सेवा सुचारु भएको छ । स्वास्थ्यको विभिन्न समस्याहरु भएका र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई यो सेवाले समेटने स्वास्थ्य चौकीका ईन्चार्ज बालगोपाल श्रेष्ठले बताए । यस सेवाले उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुँदै जानेछ । प्रविधिको प्रयोगले विशेषज्ञ सेवालाई दुरदराजका बस्तीहरुमा पुग्नुले प्रविधिको सहि प्रयोग भएको आभास भएको ईन्चार्ज श्रेष्ठले बताए ।
पहिलो दिन १२ जनाले लिए सेवा
धुवाङमा शुक्रवारदेखी सञ्चालनमा आएको यो सेवाबाट पहिलो दिनमै १२ जना बिरामीले सेवा लिएका छन् । प्रत्यक्ष चिकित्सक सङ्ग भिडियो मार्फत आफ्नो समस्या व्यक्त गरेका थिय । स्वास्थ्य सस्थाका इन्चार्जको सहजीकरणमा डा. सरोज के सि ले भिडियो कल मार्फत बिरामीको समस्याको पहिचान गरि उपचार परामर्श दिएका थिए । सेवा लिएका सेवाग्राहीहरु सेवा लिएपछि खुसी थिए ।
धेरै जसो सेवाग्राहीहरुले अनौठो मानेका थिय तर सेवा पाईसकेपछि सबै खुशी छन् ।
पहिलो पटक भिडियो मार्फत कुरा गर्दा अचम्म परकोे ऐरावती गाउँपालिका चारका ४२ वर्षिय पार्वता विकले बताइन् । धेरै खुशी र आत्मसन्तुष्टि भएको उनी बताउछिन् । दुर्गम क्षेत्रका बिरामीहरु जसको आर्थिक स्थित कमजोर भएका स्वास्थ्य सेवा बाट बन्चित भएकोलाइ सर्भशुलभ चिकित्सकिय सेवा प्रभावकारी हुने उनले बताईन् । बिरामीलाई रिेफर गर्नु पर्ने भएपनी सहि ठाउँमा रिफर होस जसले गर्दा बिरामीहरु अनेत्र भौतारिने र धेरै पैसा खर्च हुनेबाट पनि राहत मिल्ने स्वास्थ्य चौकीका ईन्चार्ज श्रेष्ठले बताए । यो सेवाले विशेषज्ञ डा. संग प्रत्यक्ष बिरामीले आफनो समस्या राख्न सक्ने अबस्थाको जिल्लामै सञ्चालन भएको हुँदा नागरिकहरुले स्वास्थ्य लाभ लिने उनले बताए ।
दुर्गम क्षेत्रमा फाउण्डेसन
ASK  फाउण्डेसनले नेपालमा विभिन्न क्षेत्रमा यो सेवा सञ्चालन भएको फाउण्डेसका मेडिकल कोडिनेटर डा सरोज केसीले बताए । आर्थिक स्थित कमजोर भयर डा. को सेवा बाट बन्चित भयकोलाइ चिकित्सकिय सेवा प्रदान गरि रेफर गर्नु पर्ने भयपनी ठिक ठाउमा रिफर होस जसले गर्दा बिरामी हरु अनेत्र भौतारिने र धेरै पैसा खर्च हुनेबाट पनि राहत मिल्ने डा. केसी बताउछन् ।
फाउण्डेसनले कालिकोटबाट सुरु गरेको यो सेवा हाँल नेपालका ७ स्थानमा सञ्चालन छ । विगत १० वर्ष देखी यस्तो सेवा प्रदान गरेको समेत डा. केसीले बताए । नियमित डाक्टर,ईन्टरनेटको सहि उपयोग र औषधी भएमा यो कार्यक्रम प्रभावकारी हुने उनको भनाई छ । पहिलो दिन धुवाङ स्वास्थ्य चौकीमा ढाँड दुख्ने, घुडा दुख्ने, महिनावारी समस्या, व्लड प्रेसर लगाएतका बिरामीहरुलाई सहजीकरण गरेको डा. केसीले बताए ।

प्रत्येक हप्ताको शनिवार यो सेवा
शुक्रवारबाट सुरु गरिएको यो सेवा लाई आगामी हप्तादेखी शनिवार दिईने छ । हाँल  फाउण्डेसनबाट निशुल्क रुपमा सेवा प्रदान गर्नुभएकोले शुन्य लागतमा सेवा सुरु भएको छ । चौकीका ईन्चार्ज श्रेष्ठको पहलमा यो सेवा सञ्चालन भएको हो ।
केहि समय पहिले यो सेवा ऐरावती २ बरौलामा पनि सञ्चालन भएको थियो । तर यस ठाउँमा सेवा निरन्तर भएको छैन् । ल्याब, एक्सरे , ईन्टरनेटको पहँुँच, प्रयाप्त मात्रामा औषधी हुने हो भने सेवा प्रभावकारी हुने स्वास्थ्य चौकीका ईन्चार्ज श्रेष्ठले बताए ।


सम्बन्धित पोस्टहरू

Top