Invalid Conversion Type | Saturday 19th October 2019

जेष्ठ नागरिकलाई सम्मान स्वरुप सिरक वितरण


Hamroekata १४ आश्विन २०७६

 

सागर रिजाल

प्युठान,१४ असोज ।

प्युठानको सरुमारानी गाउँपालिकाले २९ औँ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवश मनाएको छ । दिवसको अवसरमा गाउँपालिकाले ८५ वर्ष उमेर माथिका जेष्ठनागरिकलाई सम्मान स्वरुप सिरक वितरण गरेको छ । पालिकाका ६ वटा वडामा रहेका ५० जना जेष्ठनागरिकलाई सिरक वितरण गरेको गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले जानकारी दिए । जाडोको समय नजिकिएको छ,गाउँपालिका अध्यक्ष विश्वकर्माले भने,–‘जेष्ठनागरिकलाई जाडोको समयमा सिरकले तातो प्रदान गर्नेछ । ’ औपचारिक कार्यक्रम गरेर, चियानास्तामा रकम खर्च गर्नुभन्दा जेष्ठनागरिकको सम्मान गरे उहाँहरुलाई राहत पुग्ने उदेश्यले सम्मान स्वरुप सिरक वितरण गरेको उनले बताए ।

टाढा रहेका जेष्ठनागरिकलाई घरमै पुगी र वडा कार्यालयको नजिक रहेका जेष्ठनागरिकलाई वडा कार्यालयमा बोलाई गाउँपालिकाले सिरक वितरण गरेको हो । सिरक वितरणले वृद्धवृद्धालाई प्रत्यक्ष लाभ भएको गाउँपालिका अध्यक्ष विश्वकर्माले बताए । पालिकाले यस कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको समेत अध्यक्ष विश्वकर्माले बताए । जाडो नजिकीएको समयमा गाउँपालिकाले सिरक दिएपछि जेष्ठनागरिक खुसी भएका थिए ।  पालिकाले चालु आर्थिक वर्षमा जेष्ठनागरिकलाई लक्षित गरि आँखा शिविर र अन्र्तरपुस्तक सीपहस्तान्तरण कार्यक्रम समेत गर्ने अध्यक्ष विश्वकर्माले बताए ।


सम्बन्धित पोस्टहरू

Top