Invalid Conversion Type | Thursday 23rd January 2020

अधिकृत स्तरको जागिर छाडेर माछा पालन व्यवसाय


Hamroekata ८ पुष २०७६

बार्षिक ३० लाख आम्दानी गर्ने योजना
सागर रिजाल
प्युठान, ८पुस ।
प्युठान नगरपालिका –१ खैराका भोज बहादुर बस्नेत लामो समय सम्म अधिकृत स्तरको जागिरमा आवद्ध भए । वुटवल पावर कम्पनीको झिमरुक जलविद्युत केन्द्रमा २४ वर्षसम्म जागिर गरे बस्नेतले । १५ वर्ष सेवा अवधी बाकी हुँदाहुदैँ बस्नेतले गत वर्ष उक्त जागिर छाडे ।
२०७० सालमा साझेदारी माछा र्फम व्यवसायमा आवद्ध भएका उनले जागिरपछिको पेशा माछापालन बनाएका छन् । ४६ वर्षिय बस्नेत साझेदारीमा गर्दै आएको माछापालन व्यवसायलाई चालु आर्थिक वर्षबाट एक्लै चलाएका छन् । पहिले १८ जना व्यक्ति मार्फत माछा पालन व्यवसाय सञ्चालन गरेका बस्नेतले अहिले झिमरुक मच्छे पालन तथा एकिकृत कृर्षि फर्म दर्ता गरेर व्यक्तिगत रुपमा व्यवसाय गर्न थालेको बताए ।
जागिरमा भन्दा व्यवसायमा राम्रो आम्दानी
उनले जागिर पेशा भन्दा व्यवसायबाटै राम्रो आम्दानी गर्न सकिने भएकाले पेशा छाडेर व्यवसाय गरेको बस्नेतले बताए । उनले सञ्चालन गरेको माछा पालन व्यवसायमा ८० लाख भन्दा बढीको लगानि भएको छ । चार विघा जग्गा भाडामा लिएर वार्षिक चार लाख भाडा दिने भएका छन् । उक्त माछा व्यवसाय भएको जग्गामा वुटवल पावर कम्पनिका कारण उक्त जग्गा बढी चिस्यानले गर्दा कृषकको आम्दानी नभएका कारण भाडामा लिएर व्यसाय गरेको उनको भनाई छ ।
६ जातको माछा उत्पादन , वार्षिक ३० लाख आम्दानी गर्ने योजना
बस्नेतले अहिले ६ जातको माछा उत्पादन गरेर विक्रि वितरण गर्दै आएका छन् । कमन, रौं, नैनी, ग्रास, सिलभर लगाएत जातका माछा पाल्दै आएको उनले बताए ।हरेक हप्ताको एक दिन जिल्लाका विजुवार, खलंगा लगाएतका बजारमा बेच्नको लागि लैजाने गरेको र अन्य समयमा र्फममै ग्राहक लिन आउने गरेको उनले बताए । सरकारी जागिर भन्दा आफनै व्यवसायबाटै मनग्य आम्दानी हुने उनको अनुभव छ । माछा पालन व्यवसायबाट मासिक दुई लाख र वार्षिक ३० लाख आम्दानी गर्ने उनको योजना रहेको छ । आफनै व्यवसायमा समय दिएर काम गरियो भने त्यसले प्रतिफल पनि रामा्रे दिने उनको अपेक्षा छ ।


बैदेशीक रोजगार भन्दा स्वदेशमै राम्रो
रोजगार पाईदैन भनेर विदेश जानु भन्दा आफनै गाउँठाउमै केही न केही पेशा व्यवसायमा आवद्ध हुनु राम्रो पक्ष भएको उनले बताए । विदेश जाने पैशाले स्वदेशमै लगानि र मेहेनत गर्ने हो भने आर्थिक आम्दानी गर्न समस्या नपर्ने उनले बताए । जागिरमा कमाउने भन्दा धेरै गुणा बढीे आफ्नो माछा पालन व्यवसायमा कमाउने उनले बताए ।
आफू जस्तै उमेरका युवा जागिरका लागि भौंतारिरहेका बेला उनले चार जनालाई रोजगारी दिएका छन् । कृषि उद्यममा लागेका युवामध्ये र बस्नेत एक सफल उद्यमीको रुपमा स्थापित हुने उनको योजना छ ।


सम्बन्धित पोस्टहरू

Top