Invalid Conversion Type | Saturday 19th October 2019

अहिलेसम्म सड्कले नछाएको एक गाउँ , गाउँले भन्छन् हामीलाई सड्क चाहियो


Hamroekata १६ आश्विन २०७६

सागर रिजाल
प्युठान,१६ असोज ।
जंगलको बिचमा एउटा गाउँ । जुन गाउँमा ऐले सम्म सड्क सञ्जाल पुगेको छैन् । सड्क नहुँदा गाउँका स्थानियहरु पैदल हिडेरै आफ्ना समस्याहरु समाधान गर्ने गरेका छन् । ऐरावती गाउँपालिका– १ सल्लीकोटका स्थानियहरुकोे लामो समय देखी सवारीसाधनमा चढने सपना अपुरो छ । त्यसको मुख्य समस्या हो सड्क । सड्क नहुँदा यहाँका स्थानियहरुलाई कामकाजमा समेत समस्या हुने गरेको छ । वडा कार्यालय जानैका लागि यस क्षेत्रका स्थानियहरु दुई देखी तीन घण्टा पैदल हिडनुपर्ने बाध्यता छ ।
सड्क नहुँदा हामी पछाडी पर्यौ स्थानिय रामबहादुर विरकट्टाकाले भन्नुभयो,–‘हाम्रा दैनिक कृयाकलापमा समस्या सिर्जना गरेको छ । ’ बजार, वडा कार्यालय, स्वास्थ्य संस्था, उपुल्लो तहको शिक्षा हासील गर्नका लागि पैदल हिडेर जानु पर्ने बाध्यता यहाँका स्थानियले भोगेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘गाउँपालिका तथा वडा कार्यालय संग हाम्रो एउटै माग हो हामीलाई सड्क चाहिँयो । ’
सड्क नहुँदा बिरामीलाई समस्या
अमिलीमा स्वास्थ्य चौकी छ । यो गाउँबाट अमिली पुग्न पैदल दुई घण्टा लाग्छ । गाउँमा कोहि बिरामी भयो भने उपचारमा समस्या पर्ने स्थानिय अनिराम गाहाले बताउनुभयो । गाउँमा कोही बिरामी परेमा अमिली स्वास्थ्य चौकी र सरुमारानी गाउँपालिकाको हंसपुर स्वास्थ्य चौकीमा जाने गरेको उहाँले बताउनुभयो । सिर्सेनीदेखी गाउँसम्म सड्क जोडियो भने आफुहरुलाई सहज हुने उहाँले बताउनुभयो । सल्लीकोट र कालीघाटका करिब एक सय आठ घरधुरीका स्थानियहरुले सड्क नहुँदा समस्या भोग्दै आएका छन् । केहि दिन अगाडी जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापा, गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेत, वडा अध्यक्ष केशवराज आचार्य लगाएतको समुह गाउँमा पुग्दा स्थानियले सड्क गाउँमा पु¥याउनका लागि माग राखेका हुन् ।


सुत्केरी महिलालाई अझ समस्या
सड्क नहुँदा यो गाउँमा सुत्केरी हुने महिलालाई अझ समस्या हुने गरेको छ । स्वास्थ्य संस्थामै सुत्केरी गराउने भनिएपनि यस क्षेत्रका स्थानियलाई सड्कले चुनौती दिएको छ । केहि समय अगाडी आफुलाई सुत्केरी व्यथा लागेपछि सड्क नहुँदा हिडदै गएको व्यथा सुनाईन अनिता पुन मगरले बताउनुभयो । मलाई व्यथाले चापेपछि यहाँबाट हिड्यौ, उहाँले भन्नुभयो,–‘हिड्दै जाँदा आदा बाटोमै मेरो बच्चा जन्मियो । ’ सड्क भएको भए त सवारीसाधनमा छिटै अस्पतालमा पुग्थ्ये र अस्पतालमा बच्चा जन्माउन समेत सहज हुन्थ्यो । उहाँ जस्तै यस क्षेत्रका गर्भवती महिलाहरुको पिडा एउटै छ ।
विद्यार्थीलाई पनि समस्या
सल्लीकोट गाउँमा ५ कक्षा सम्म पढाई हुन्छ । सो भन्दा माथिको शिक्षा हासिल गर्नका लागि यहाँका विद्यार्थीहरु करिब तीन घण्टा पैदल हिडेर अमिली जानुपर्छ । विहान उठने वित्तिकै हिडेका विद्यार्थी रात परेपछि मात्र घर फर्कन्छन् । विद्यालय गाउँभन्दा टाढा भएपछि बालबालिका शिक्षामा खासै चासो नदिएको स्थानीयहरु बताउछन् ।
गाउँमा बिजुलीको पनि समस्या
सड्क संगै गाउँमा विजुलीको पनि समस्या छ । गाउँमा बिजुली बलेपनि भोल्टेज कम हुँदा मेसेनरी बस्तु राख्न नसकिएको स्थानिय रामबहादुर बिरकट्टाले बताउनुभयो । बिजुलीकै समस्याले गर्दा गाउँमा कुटानीपिसानी मिल छैन्, बिरकट्टाले भन्नुभयो,–‘टानीपिसानीका लागि पनि दुई घण्टा हिडनुपर्छ । ’ यहाँका स्थानियहरु गाउँमा मिल नभएपछि पैदल हिडी सिर्सेनी पुगेर कुटानीपिसानी गराने गर्दछन् । यस क्षेत्रका स्थानियहरुले गाउँपालिकाका जनप्रतिनीधि जो कोही गाउँमा पुगेपछि सड्क नभएको समस्या राख्ने गर्दछन् ।
सड्क पु¥याउन सबैसंग समन्वय गर्छु ः जिसस उपप्रमुख थापा


सल्लीकोट क्षेत्र नितान्त दुर्गम क्षेत्र हो, सड्क नहुनाले यहाँ हुने अन्य विकास निर्माणका कामहरु समेत रोकीएको जिल्ला समन्वय समितिका उपप्रमुख पदम थापाले बताउनुभयो । यस क्षेत्रमा सड्क पु¥याउनका लागि राजनीतिक दल, गाउँपालिका, वडा कार्यालय संग समन्वय गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘सबैको पहल भयो भने सड्क गाउँमा पुग्नेछ ।’

सड्क निर्माणलाई पहिलो प्राथमिकतामा राखेका छौँ ः उपाध्यक्ष बस्नेत


ऐरावती गाउँपालिकाको सन्र्दभमा दाङवाङ क्षेत्र भूगोलको कारणले अलिधेरै पछाडी परेको गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताउनुभयो । स्थानिय सरकारमा हामी सहभागी भईसकेपछि विकास निर्माणलाई जनताको आवश्यकता र चाहना अनुसार अगाडी वढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । ‘विगतमा एकात्मक राज्य प्रणाली हुँदा खेरी दुरदराजका बस्तीहरु विकासका पहुँचदेखी धेरै पछि परेका हुन्थ्ये । आज सोही ईतिहास दोहोरिनु हुदैन, हामी एकात्मक राज्यप्रणाली बदलेर संघात्मक राज्यप्रणालीमा आएका छौँ । उपाध्यक्ष बस्नेतले भन्नुभयो,–‘ विकास निर्माणलाई समानुपातिक,समावेशी तहले अगाडी वढाउन जरुरी छ । ’ तसर्थ अब हाम्रो मुख्य ध्यान त्यस क्षेत्रमा पुग्न जरुरी छ उहाँले भन्नुभयो ।
सड्क नभएकै कारणले त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता पूर्वाधार विकासमा कठिनाई भोग्नुपरेको उहाँले बताउनुभयो । यस क्षेत्रमा विकास निर्माणका लागि परेका स–साना बजेटहरु पनि समयमै काम सम्पन्न हुन नसक्दा फ्रिज भएको अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो–‘अब हामीले त्यस क्षेत्रको सड्क निर्माणलाई पहिलो प्राथमिकतामा राखेर योजना बनाउदैँ छौँ । ’


सम्बन्धित पोस्टहरू

Top