Invalid Conversion Type | Thursday 23rd January 2020

तीन वटै वडामा नेकपाका उमेद्वार सानदार विजयी जनताको सेवामा समर्पित हुने विजयी उमेद्वारको प्रतिवद्धता


Hamroekata १५ मंसिर २०७६

सागर रिजाल
प्युठान ।
प्युठानको दुई स्थानिय तहका तीन वडामा वडाअध्यक्षको लागि भएको उपनिवार्चनमा नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का उमेद्वार विजयी भएका छन् । प्युठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा नेकपाका उमेद्वार मुक्ती पोख्रेल विजयी भएका छन् । नेकपा र नेपाली कांग्रेसको प्रतिस्पर्धा रहेको यस वडामा कांग्रेसका उमेद्वार मोहन सिंह बिष्टलाई दुई सय ८४ मतको अन्तरमा हराउदैँ नेकपाका पोख्रेल विजयी भएका हुन् । पोख्रेलले एक हजार एक सय २७ मत प्राप्त गरेका छने भने प्रतिद्वन्दी बिष्टले आठ सय ४३ मत प्राप्त गरेका छन् । यस वडामा २५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत एंव जिल्ला बिष्णु प्रसाद गौतमले जानकारी दिए । दुई जनाको उमेद्वारी परेको यस वडामा तीन हजार २१ मतदाता रहेका थिए । जसमा एक हजार नौ सय ९५ जनाले मात्र मतदान गरेका थिए । वडा अध्यक्ष खिम बहादुर बिष्टको निधन भएपछि यस वडामा उपनिर्वाचन भएको थियो ।
वडामा रहेको खानेपानी समस्या पहिलो प्राथमिकता

प्युठान नगरपालिका २ मा विजेता मुक्ति पोख्रेल !
लामो समयसम्म शिक्षण पेशामा आवद्ध भई अवकाश पाएका ५४ वर्षिय पोख्रेल नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य हुन् । उनी पछिल्लो समय राजनीति संगै कुखुरापालन व्यवसायमा आवद्ध छन् । उनी विभिन्न संघसंस्थामा समेत आवद्ध भएको बताए । निधन भएका अध्यक्षले अगाडी वढाएका योजनाहरुलाई पुरा गर्ने उनले बताए । यस वडाको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राखी समाधान गरिने उनले प्रतिवद्धता जनाएका छन् ।
ऐरावती १ मा पाण्डे र २ मा मगर विजयी

ऐरावती १ मा नेकपाबाट विजयी उमेद्वार द्रोणप्रसाद पाण्डे !!
ऐरावती गाउँपालिका वडा नं १ र २ को कडाअध्यक्षका लागि भएको उपनिर्वाचनमा पनि नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) का उमेद्वार विजय भएका छन् । ऐरावती १ दाङवाङमा नेकपाका द्रोणप्रसाद पाण्डे विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अमर रेस्मी मगरलाई नौ मतको झिनो मतान्त्ररले पछि पार्दै उनी विजयी भएका हुन् । पाण्डेले छ सय ९६ मत प्राप्त गरेका छन् । भने रेस्मीले छ सय ८७ मत प्राप्त गरेका छन् । यस वडामा एक हजार तीन सय ९७ मत खसेको थियो । जसमा १४ मत बदर भएको निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए । ऐरावती १ मा विजयी ४१ वर्षिय पाण्डे नेपाल कम्युनिष्ट्र पार्टी( नेकपा) का जिल्ला कमिटी सदस्य हुन् । जनता प्रावि जुडाटाकुरामा २२ वर्षसम्म अस्थायी शिक्षक भएका पाण्डे सामाजिक छवि राम्रो छ । उनले े २०७५ चैत्र ३ गते शिक्षण पेशाबाट अवकाश भएर राजनीतिमा होमीएका हुने । उनले यस क्षेत्रको सड्क, खानेपानी, स्वास्थ्य , शिक्षा लगाएत जनताका आवश्यकताहरु पुरा गर्न आफु प्रतिवद्ध हुने बताएका छन् । साथै वडा भित्र सिंचाई कुलो, पक्की पुल निर्माणमा समेत अग्रसर हुने उनले बताए ।

त्यस्तै ऐरावती गाउँपालिका– २ बरौलाको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार भिमेश कुमार घर्ति मगर विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका भक्त बहादुर बिकलाई तीन सय ५१ मतले पछि पार्दै घर्तिमगर विजयी भएका हुन् । मगरले आठ सय ५५ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाका उम्मेदवार भक्त बहादुर बिकले पाँच सय चार मत प्राप्त गरेका छन् । त्यस्तै नेपालि कांग्रेसका भुपाल जिसीले तीन सय ५६ मत प्राप्त गरेका छन् ।

ऐरावतीमा स्वतन्त्रबाट विजयी उमेद्वार भिमेसकुमार घर्तिमगर !
यस वडामा वडाअध्यक्षका लागि एक हजार सात सय ४१ मत खसेको थियो । जसमध्ये २६ मत बदर भएको निर्वाचन अधिकृत भारतीले बताए । भिमेश घर्ती मगर नेपाल कम्युनिष्ट्र पार्टी( नेकपा) ऐरावती गाउँ कमिटीका सचिवालय सदस्य हुन् । केन्द्रमा राजमो र नेकपाको तालमेल भएपछि उनले ऐरावती २ मा सूर्य चिन्ह पाएका थिएनन् । गाउँ संगठन कमिटि र जिल्ला कमिटीको सल्लाहमा उनले स्वतन्त्र उमेद्वारी दिई चुनाव जितेका हुन् । उनलाई नेकपाका मतदातले मतदान गरि विजयी बनाए । ४२ वर्षिय मगर ८ वर्षसम्म शिक्षण पेशा गरेपछि राजनीतिमा हेमीएका हुन् । उनी आदिवासी जनजाती महासंघ जिल्ला शाखा प्युठानका कार्यवाहक अध्यक्ष ,नेपाल मगरसंघ प्युठान शाखाका सचिव, ५ नंम्बर प्रदेशका सदस्य, बरौला कृषि सहकारी संस्थाका अध्यक्ष, जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेका छन् ।
उनले आफु वडा अध्यक्षमा निर्वाचित भईसकेपछि वडामा भएका खानेपानी, सड्क, शिक्षा, स्वास्थ्य लगाएत क्षेत्रका समस्याहरु समाधान गर्न अग्रसर हुने बताए । वडामा प्राप्त योजनाहरु सम्पुर्ण क्षेत्रमा पुर्याउने, बालबालिका, जेष्ठनागरिक, युवा, दलित जनजातीका क्षेत्रमा आफ्ना कार्यक्रमहरु अगाडी बढ्ने बताए । ऐरावती गाउँपालिका २ का वडाअध्यक्ष जिल्ला समन्वय समितिको प्रमुख र वडा नं १ का वडा अध्यक्ष पदम थापा जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि यी वडामा उपनिर्वाचन भएको हो ।
यसैगरि देशका ५२ स्थानमा भएको उपनिर्वाचनमा नेकपाले अत्यधिक स्थानमा व्रचस्व जमाउन सफल भएको छ ।


सम्बन्धित पोस्टहरू

Top