Invalid Conversion Type | Tuesday 31st March 2020

किराना पसलबाट पेट्रोल बरामद


Hamroekata १ फाल्गुन २०७६

राधिका भुसाल
प्यूठान । प्यूठान नगरपालिका ८ बाग्दुला स्थित लोक्सा जनरल स्टोर्सबाट पेट्रोल बरामद गरिएको छ । उक्त पसलबाट १ सय ३५ लिटर पेट्रोल बरामत गरेको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले बताए ।
उनका अनुसार ‘विशेष स्रोतले सो पसलबाट अवैध रुपमा पेट्रोल विक्रि भइरहेको खबर गरेको थियो ।’ नेपाल प्रहरी पुगेर छानविन गर्ने क्रममा आफुहरु पुगेको सहायक प्रजिअ पन्थीले बताए । जीवनदान पेट्रोल पम्पबाट ड्रममा पेट्रोल भर्दै गरेको भे.ज. १९०३ नम्बरको बोलेरो पिकअपजीप सहित ड्रम प्रहरीलाई जिम्मा लगाएको समेत उनले जानकारी दिए । अबैध रुपमा पेट्रोलियम पदार्थको कारोबार गरेका ति व्यक्तिहरुलाई कानुन अनुसार कारबाही गरिने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख नरेन्द्र कुमार कार्कीले बताए । बरामद बस्तु जिल्ला प्रहरी कार्यालयमा राखेको बताउदैं मुचुल्का उठाइसकेको समेत उनले जानकारी दिए ।
जिल्लामा लामो समय देखि पेट्रोलको अपुर्ती हुन नसक्दा उपभोक्ताहरु मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालय र पम्म सञ्चालक बीच भएको एक महिना सम्म पेट्रोल नलिएको खण्डमा पम्प सञ्चालकलाई कारबाही गरिने निणर्य कार्यान्वयन नहुंदा जिल्लामा पेट्रोलको चरम अभाव हुंदै आएको छ । कुनै पम्पहरु त नाममा मात्र सिमित छन भने कुनै पम्पले पेट्रोल ल्याएपनि ग्यालुन र ड्रममा भरिदिँदा पम्पबाटै पेट्रोल हाल्न नपाउने उपभोक्ताहरु बताउछन्् । अवैध रुपमा विक्रि गरिने पेट्रोल चर्को शुल्क तिरेर प्रयोग गर्नु परेको उपभोक्ता प्रचण्ड खड्काले बताए ।


सम्बन्धित पोस्टहरू

Top