शुक्रबार, चैत्र १६, २०८० | Friday 29th March 2024

महेश स्मृति क्रिकेट प्रतियोगितामा अर्घाखाँचीको जित


राधिका भुसाल
प्यूठान । स्वर्गीय महेश बि.क.को स्मृतिमा कात्र्तिक १६ गते (शुक्रवार) देखि भएको खुल्ला क्रिकेट प्रतियोगितामा अर्घाखाँचीको टिमले जित हात परेको छ ।
दाङ, रोल्पा, प्यूठान र अर्घाखाँची गरि ४ जिल्लाको २७ टिमको सहभागिता रहेको क्रिकेट प्रतियोगितामा अन्ततः मल्लरानी गाउँपालिका खंलगा प्यूठानको टिमलाई २ विकेटले पछि पार्दै अर्घाखाँचीले आफ्नो जित सुनिश्ति गरेको हो ।
प्यूठान नगरपालिका ४ गणतान्त्रिक खेल मैदानमा अखिल क्रान्तिकारी र अनेरास्वयु जिल्ला कमिटि प्यूठानको आयोजनामा भएको दोस्रो स्व. महेश स्मृति क्रिकेट प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार नगद, मेडर र प्रमाण पत्र सहित अर्घाखाँचीको टिम पुरस्कृत भएको छ । भने मल्लरानी गाउँपालिका खलंगाले द्धितिय स्थान हासिल गरी नगद २० हजार, मेडल र प्रमाण पत्र प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।
अखिल क्रान्तिकारीका जिल्ला कमिटि सदस्य एवं खेलप्रेमी महेश वि.क को करिब ५ वर्षअधि कार दुर्घटनामा परि मृत्यु भएपछि उनैको सम्झनामा यो प्रतियोगिता दोस्रो पटक आयोजना गरिएको हो । प्यूठान नगरपालिका ३ निवासी स्वर्गिय महेश बि.क को २०७० साल मंसिर ६ गते चेरनेटामा कार दुर्घटना भए निधन भएको थियो ।
अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारीको आतिथ्यताका भएको समापन कार्यक्रम जिल्लामा क्रियाशिल पत्रकार राधिका भुसाल सागर रिजाल र राम बहादुर विक प्रशंसा पत्रसंगै पुरस्कृत गरिएको थियो । अखिल क्रान्तिकारी जिल्ला कमिति प्यूठानका अध्यक्ष पुस्कर शर्माको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा अनेरास्वविय जिल्ला कमिटि अध्यक्ष तिलक हमालको अध्यक्षता रहेको थियो भने सञ्चालन जेवी क्षेत्रीले गरेका थिए ।

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top