Invalid Conversion Type | Tuesday 31st March 2020

भोज बहादुरको मेहेनतमा झुण्डिएको कमलाको सपना


Hamroekata १९ माघ २०७६

राधिका भुसाल
प्यूठान । ‘मजदुरीलाई सम्मान गर्छु । काम गरी खान लाज लाग्दैन मलाई । इमान्दारीताको पछाडि सफलता लुकेको हुन्छ ।’ उमेर १४ नपुग्दै मजदुरीमा होमिएका जिल्लाका नमुना ब्यवसायी हुन भोज बहादुर रावत । उमेरले अहिले उनी ५० वर्ष टेकेका छन् । भोज बहादुर राउतले भने–‘धैर्यताको परिक्षा पास गर्न निकै समय लाग्ने रहेछ ।’
ऐरावती गाउँपालिका ५ पकला हरियागाउँ स्थायी घर भएका भोज बहादुरले २०६४ सालमा बाकस (बाक्सा) बनाउने औजारहरु खरिद गरी प्यूठान न.पा. ८ बाग्दुलामा सानो फर्निचर उद्योग सञ्चालन गरे । ‘मजदुरी गरेर जम्मा भएको ३३ हजार रुपैया लगानीमा जग्गा भाडामा ल्याइ काम सुरु गरेको थिए ।’ उनले भने– ‘ त्यसको ६ महिना पछि बाख्रा, खसीबोको र गोरु बेचर ५० हजारको मेसिन खरिद गरे ।’ आफ्नो कार्य क्षेत्र बाग्दुलामा बनाए लगतै श्रीमति मनकला सहित छोराछोरी पनि आफै संग राख्न थालेको बताउने उनले अहिले उद्योग र परिवारबाटै राम्रो सन्तुष्टि मिलेको बताउछन् ।
छात्रबृतिमा एमविविएस पढ्दै छोरी
सुर्यमुखी प्रा.वि. पकलामा कक्षा ४ सम्म अध्ययन गरी जनता माध्यमिक विद्यालय बाग्दुलाबाट एसएलसी गरेकी भोज बहादुरको छोरी कमला राउतले भर्खरै स्कलरसीपमा (छात्रवृति) नाम निकाली एमविविएस अध्ययन गर्दै छिन् । सानै देखि मेहनती जेहेन्दार विद्यार्थीको रुपमा परिचय दिएकी कमलाले अन्ततः बुबाको खुन पसिनाका मुल्य चुकाउन सफल भइन । ‘इमान्दरीताको फल साह्रै मिठो हुँदो रहेछ’– खुसीले भक्कानिदै भोज बहादुरले भने–‘जिन्दगी मजदुरी गरेको एउटा मजदुरको घरमा आज खुसीको कुनै सिमा छैन ।’ २२ वर्षे छोरा बिनोद राउतले पनि जेहन्दार विद्यार्थीको रुपमा निशुल्क पढन् पाएको बताउदैं रिल्यान्स कलेज काठमाण्डौबाट ११ ÷१२ विज्ञान संकाय उत्तिर्ण, ४ वर्षे विविए पुरा गरी मास्टर पढ्नको लागि तयारी गर्दै गरेको बताउछन् । सानै देखि लगनशील, मेहनती विद्यार्थीको रुपमा चिनिएका छोरा छोरीले निशुल्क रुपमा पठन पाठन गर्न पाएको खुसी व्यक्त गरे । उनले भने ‘बरु घरमा आउदा पुस्कार पाएको कापी कलम लिएर आउथे ।’
छिमेकी भन्छन् भारी बोक्नेको छोरी डाक्टर बन्दै
छोराछोरीको लागि आफुले दिनरात नभनी जस्तो मेहनत गर्न तयार रहेको बताए । मुस्कुराउदै भोज बहादुरले भने– ‘हिजोआज त यहाँ वरपरका मान्छेहरुले भारी बोक्नेको छोरी डाक्टर भन्ने भइ भन्छन् ।’ छोरीलाई पठनपाठनको लागि राम्रो वातावरण बनाइदिन जरुरी छ । छोरीको पढ्ने लेख्ने सपना पुरी गरिदिए आफु सक्षम भइ हाम्रो समाजलाई सक्षम र शिक्षित हुने उनले बताए । 
बुवाको प्रेरणाले आफ्नो उद्योग
आफु ९ वर्षको पुग्दा आमाको मृत्यु भएपछि घरव्यवहार सम्हाल्नको लागि १४ वर्षका उमेरमा बैदेशिक रोजगारीका लागि पञ्जाव पुगेको बताउछन् । पञ्जावको एउटा फर्निचर उद्योगमा २ वर्षसम्म बेतलवी रुपमा काम गर्दै आएको सुनाउदै आफ्नो बुबा उजुरसिंहको प्रेरणाले गर्दा फर्निचर सम्बन्धि काम सिक्न सफल भएको समेत बताए । ‘सधै अरुको काम गरेर हुदैन’–बुबालाई स्मरण गर्दै उनले भने–‘हातमा सीप सिकेर सानो तिनो भएपनि आफ्नै उद्योग, व्यापार गरेपछि सधै अरुको दमनमा बस्नु पर्दैन ।’ हाल ९९ वर्ष पुगेको बुबाले पटक पटक यहि कुरा गर्न थालेपछि काम सिकेर आफ्नै उद्योग सञ्चालन गर्ने उदेश्यकासाथ मेहनत गरेको बताउछन् । ‘व्यापार, उद्योगमा धैर्यता हुनु पर्छ’–उनले भने–‘ समयले एकदिन लगशीलता र मेहनतको फल चखाए छोड्छ ।’
काम गर्दै सिक्दै

भारतको पञ्जावबाट फर्किए लगत्तै नेपालगञ्जको टण्डन फर्निचनमा २ वर्ष, दाङ जिल्लामा ४ वर्ष काम गरी आफ्नै जिल्लामा फर्किएको इतिहास सुनाउछन् । भोज बहादुरले विजुवारको पशुपति फर्निचर, विशाल फर्निचर लगायतका विभिन्न फर्निचर उद्योगहरुको अनुभाव संगालेर आफ्नै उद्योग सञ्चालन गरेका हुन । श्रीमतिको मिठोसाथ पाएको बताउदैं कुनै परिवार खुसी र सुखी हुनको लागि घरको लक्ष्मीको मुहार उज्यालो हुने पर्ने उनको भनाइ छ । आफुले सिकेको सिप अरु धेरै जनालाई सिकाएको छन् भने आफुसंग एक जना सहयोगी राखेको बताए ।
स्टिल र काष्ठको काम गर्न हरियाली फर्निचर उद्योग सञ्चालन गरेका उनी राजु नामले परिचित छन् ।


सम्बन्धित पोस्टहरू

Top