Invalid Conversion Type | Tuesday 31st March 2020

एमसीसी सम्झौता मुलुकको हित विपरित छ ः नेता पोख्रेल


Hamroekata ६ फाल्गुन २०७६

प्यूठान । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका स्थायी समिति सदस्य लिलामणी पोख्रेलले एमसीसी सम्झौता राष्ट्रहित विपरित भएको बताएका छन् ।
सोमबार हाम्रो एकता प्रकाशन गृह प्यूठानले आयोजना गरेको नेपालको सन्दर्भमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एकसीसी) यथार्थता र आवश्यकता विषयीक अन्तरक्रिया कार्यक्रममा एमसीसी बारे चार पक्षमा छलफल गर्दै हाम्रो मुलुक विपरित भएको बताए । एमसीसीका चार वटा पक्षलाई स्पष्ट पारेका छन् जसमा ः ‘नेपाल अमेरिका बीचमा दिनेलिने दाम दातव्यको सम्झौता अन्तराष्ट्रिय सन्धी मानिएता पनि गलत हो, उनले भने–‘एमसीसीलाई अन्तराष्ट्रिय सन्धि मानिनु अपराध हो ।’
एमसीसीका लागि अमेरिकाले दिने पाँच मिलियन डलर मार्फत गरिने विकासका कार्यहरु बारे नेपालको पञ्चवर्षीय योजनामा नभएकोले यो कुरा रहस्यमय भएको बताए । ‘अमेरिकाले आफु सुरक्षित हुनका लागि एण्डोपेसेफिक नियोकको लागि एमसीसीलाई अगाडि सारेको छ’ नेता पोख्रेलले चौथो पक्षमा बोल्दै–‘ अमेरिकाले अनुमोदनका लागि संसदमा दवाव दिएता पनि नेता कृष्ण बहादुर महराले छलफलको लागि रोकेका थिए ।’ नेता पोख्रेलले एसीसी नेपाल राज्यको लागि सही नभएको बताउदैं नेकपाको सरकारले पारित नगर्नेमा आफु विस्वस्थ भएको समेत बताए । समग्र राज्यको लागि एमसीसी सम्झौता ठिक नभएको हुंदा विभिन्न ठाउँहरुमा कार्यक्रम गर्दै हिडेका छन् । पार्टीले यस विषयमा आफ्नो विचार राख्नको लागि कुनै अवरोध नगरेको समेत बताए । एमसीसीका बारेमा अध्ययन गरेका नेता पोख्रेलले कायक्रममा नेपालको नक्साको समेत विश्लेषण गर्न भ्याए । उनले पछिल्लो समय चर्चामा रहेको लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको भुमि भएपनि भारतले २०६२ साल देखि आफ्नो नक्सामा पारेको बताए । भारतको पछिल्लो नक्सा सार्वजनिक भएपछि मात्र नेपालले आफ्नो भुमि गुमाएको जानकारी पाएपछि विरोधका कार्यक्रम चल्दै आएका छन् ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले आफ्नो धारणा राख्दै एमसीसी पारित गर्दा मुलुकलाई बेफाइदा हुने बताएका छन् । ‘दुइतिहाइको सरकार एमसीसीको पछि लाग्नु दलाली काम हो’, पुर्व सांसद दिपकराज केसीले भने –‘देश चलाउने व्यक्ति नै दलालीको पछि लाग्नु राम्रो होइन, देशको माया भएका नेताहरुले एमसीसी सम्झौता गर्नु हुदैन ।’ एससीसी कुनै पनि हालतमा ठिक नभएको उनले बताए । कार्यक्रममा नेकपा मसालका प्रवक्ता ज्ञामुराम न्यौपाने पहिले देखि नै हामीले विरोध गर्दै आएको बताउदैं नेता पोख्रेललाई आफ्नो पार्टीले समर्थन गर्ने समेत बताए । त्यस्तै मोहन गिरीले पनि एमसीसी ठिक नभएको बताउदैं राष्ट्रभक्ती कतिवा समेत वाचन भएका थिए । अन्तरक्रियमा सहभागी सबै वक्ताहरुले एमसीसी सम्झौता नेपालका लागि घाती हुने बताएका छन् ।
के हो त एमसीसी ?
एमसीसी स्व. सुशील कोइराला प्रधानमन्त्री भएको बेला सन् २०१७ सक्टेम्बर १४ मा अमेरिका र नेपालसंग सम्झौता भएको कार्यक्रम हो । यसको मुख्य उदेश्यले विकास उन्मुख वा अल्पविकसित राष्ट्रहरुमा आर्थिक तथा जनशक्ति सहयोगको लागि गरिने अमेरिकाले गर्दै आएको सहयोग हो । हाल सम्म ४९ देशहरुमा एमसीसी लागु भएसंगै कार्यक्रम अगाडि बढिरहेको छन् । विभिन्न जिल्लालाई छुने गरी नेपालमा ३ सय किलोमिटर का ५ वटा सडक र ३ सय ८ किलोवाट विद्युत प्रशारण गर्ने एससीसीले सम्झौतामा उल्लेख छ ।
हाम्रो एकता प्रकाशन गृहका सञ्चालक सुशील पोखरेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासंघ प्युठानका अध्यक्ष महाविर रानामगरले गरेका थिए ।


सम्बन्धित पोस्टहरू

Top