शुक्रबार, बैशाख १४, २०८१ | Friday 26th April 2024

लोपोन्मुख हुदै सोरठी, संस्कृति बचाउन युवा पुस्ताको चासो छैन


राधिका भुसाल
प्यूठान । महत्वपूर्ण एतिहास बोकेको परम्परागत सोरठी नाचँ पुर्खासंगै हराएर जाने सम्भावना बढेको गौमुुखी गाउँपालिका २ अर्खाका टेक बहादुर विकले चिन्ता व्यक्त गरे । नयाँ पीढी अर्थात युवापुस्ता कुनै चासो नराख्ने हुंदा हस्तान्तरण गर्न नसकेको ५० वर्षे टेक बहादुरले बताए । युवाहरुले शिक्षा र विकासको कुुरा गरिरहंदा आफ्नो मौलिक संस्कृतिलाई भुल्दै गएको उनले बताए ।
सोरठी कसरी नाचिन्छ
परम्पराको रामकाण्डा, कृष्ण चरित्र, सोरठी लगायतलाई बुढापुराना व्यक्तिहरुबाट सिकोगर्दै आएको एउटा संस्कृति हो । कम्तिमा १२ जनाको समुह बनाइ २–३ वटा मादल, झ्याली, बासुरी, खैजडी, पैजन लगायतका बाध्यबाधक सामाग्रीको साथमा नाच्ने गरिन्छ । ति समुहमा नाच्ने व्यक्तिले गुनियो, चोली, पटुका, गर गहना, घलेक, घागर, घागरी, मुजेत्रो लगाएर नाच्ने गरिने, सोरठी गाउदैं आएका अर्खा निवासी ७० वर्षिय विर्ख बहादुर घर्तीले बताए । यि सामग्रीहरु धेरैजसो आफ्नै गाउँठाउँमा उत्पादन गरी प्रयोग गर्ने गरेको समेत उनले बताए ।
“हामी दशै, तिहार, पास्नी, छैटी, पुजबढाइ, वर्तवन्ध, घरमा पुजापाठ जस्ता कार्यमा सोरठी नाँच प्रदर्शन गर्ने गरेका छौं” उनले भने –“नयाँ पुस्ताले सिको गर्ने चासो दिएका छैनन् त्यसकारण हामीसंगै यो परम्परागत मारुनी, सोरठी पनि हराएर जाने पो हो की !” ऐतिहासिक यो कलासंस्कृतिलाई जोगाउन नयाँ पुस्तालाई जसरी भएपनि हस्तारण गर्न जरुरी रहेको समेत उनले बताए ।
परम्परा जोगाउन राज्यले चासो दिनु पर्छ
गौमुखी गाउँ पालिका २ अर्खाका स्थानियवासीले परम्परागत कला संस्कृतिलाई जोगाउन राज्यले खासै चासो नदिएको गुनासो गरेका छन् । प्रत्येक गाउँ ठाउँको परम्परागत सामग्री, कला संस्कृतिहरु जोगाउन संग्रालय बनाउन आवश्यक रहेको उनीहरु बताउछन् । सामान्य ढिकी, जातो देखि लिएर दशै तिहारमा नाच्दै गाउँदै आएको कला संस्कृति समेत लोप हुंदै गएकोले राज्यले यसलाई बचाइ राख्न पहल लिनु पर्ने र विभिन्न संघ सस्थाहरुसंग समन्वय गरेर जोगाउन तर्फ लाग्नु पर्ने अर्खा निवासी टिकारामले बताए ।
मगरको संस्कृति बचाउने अभ्यास
परम्परदेखी निरन्तर रुपमा चलि आएको मगर संस्कृति र संस्कार जोगाउन गत वर्ष मगर संस्कृतिक संरक्षण मञ्च गठन गरेको मञ्चका अध्यक्ष लिला पुनले बताए । “११ सदस्यीय समिति गठन गरेका छौं”–उनले भने “आदीवासी जनजाति मगरहरुको संस्कार संस्कृति, भेषभुषा र जातीय पहिचानको लागि विभिन्न कार्यक्रमहरु गर्दै आएका छौं ।”
आफ्ना पिता पुर्खाले मनाउदैं, गाउँदै, बजाउदैं, नाच्दै, आएको संस्कृतिलाई मगरका वर्तमान युवा पिडिहरुले छोड्दै गइरहेका छन् । पुनले भने “यि संस्कार र संस्कृतिलाई जर्गेना गर्न गाउँ समाजका युवा युवतीहरुलाई भेला गरी सोरठी, भैलो, देउसीरे खेल्न सिकाउदै आएका छौं ।” मञ्चले मगर संस्कृति बचाउन गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रम समेत गर्दै आएको उनले बताए । आफ्नो पुर्खेउली संस्ृकति झल्केनी “सोरठी गीत एक परिचय” नामक पुस्तक प्रकाशन गरी त्यसैको आधारमा गाउने, बजाउने, नचाउने अभ्यास गर्दै आएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top