Invalid Conversion Type | Saturday 15th August 2020

महिला सामुदायीक वित्तिय संस्थाद्धारा विमा रकम प्रदान


Hamroekata २८ असार २०७७

राधिका भुसाल
प्यूठान । महिला सामुदायीक लघुवित्त संस्था लिमिटेड भिंग्री शाखाले मृतक सदस्यका परिवारलाई विमा रकम प्रदान गरेको छ । संस्थाको कार्यक्रममा आवद्ध दुइ मृतक सदस्यको परिवारलाई एक कार्यक्रमका विच विमा रकम प्रदान गरेको हो ।
माण्डवी गाउँपालिका ३ दारिमचौर निवासी स्वर्गीय सुकमाया क्षेत्रीको परिवारलाई १ लाख ३० हजार विमा रकम प्रदान गरेको छ भने स्वर्गद्धारी नगरपालिका ४ बाँझिपुर निवासी स्वर्गीय गिता देवी सार्कीलाई २ लाख ११ हजार नगद प्रदान गरेको संस्थाका कर्जा तथा जोखिम व्यवस्थापन विभागका बरिष्ठ अधिकृत रमेश अधिकारीले बताए । विमा रकम हस्तान्त्रण गर्दै मृतक परिवारका छोरा छोरीको शिक्षामा उक्त रकम खर्चिन आग्रह समेत गरेका थिए ।
मृतक सदस्यलाई विमा रकम हस्तान्त्रणमा भिंग्री शाखाका प्रमुख राजन परियारले कार्यक्रमको सञ्चालन गरेका थिए ।


सम्बन्धित पोस्टहरू

Top