Invalid Conversion Type | Thursday 23rd January 2020

उपनिर्वाचनका उम्मेद्धवारलाई विजयी बनाउन सम्पूर्ण शक्ति लाग्नु पर्छ ः संगठन प्रमुख गौतम


Hamroekata ९ मंसिर २०७६

राधिका भुसाल

प्यूठान । यही मंसिर १४ गते सम्पन्न हुने उपनिर्वाचका उम्मेदवारलाई विजयी बनाउनको लागि नेकपाले सम्पूर्ण शक्ति लाग्नु पर्ने नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) का केन्द्रिय उपाध्यक्ष एंव संगठन विभाग प्रमुख बामदेव गौतमको बताउनु भएको छ ।
प्यूठान जिल्लामा आज भएको नेकपाको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपनिर्वाचनका उम्मेद्धवारलाई विजय गराउनको आ आफ्नो ठाउँबाट सबैले सहयोग गर्दै चुनाव प्रचार गर्नु पर्ने बताउनु भएको हो । “आफ्ना एजेण्डा सहित गाउँगाउँमा गएर मतदातालाई प्रोत्साहित गर्नु पर्छ”– संगठन विभाग प्रमुख गौतमले भन्नु भयो–“ उम्मेद्धवारहरुले आफु प्रति लगाइएका आरोप प्रत्यारोपलाई खण्डन गर्नु गर्दै आफ्नो भावी योजना जनतालाई सुनाउनुु पर्छ ।” पार्टी, कार्यकर्ता, संगठन जो कसैले पनि कुनै न कुनै हिसावले सहयोग गर्दै नेकपा उम्मेदवारलाई जिताउन दृढता पूर्वक लाग्न सबैलाई आग्रह समेत गर्नु भएको छ । उपनिर्वाचन समाजवाद निर्माण संग जोडिएकाले यसमा नेता कार्यकर्ता चनाखो भई अगाडी वढन उहाँले आग्रह गर्नुभयोे । यो उपनिर्वाचनमा केहि स्थानमा राजमो संग तालमेल गरेको उहाँले बताउनुभयोे । आफु आईतबार विहान भेटेका कार्यकर्ताका मनोभावना बुझदा नेकपासंग जनता नजिक रहेको पाएको उहाँले बताउनुभयो । जनताले रोजगारी खोजेको छ, उहाँले भन्नुभयो,–‘हामी जनताका मनोभावना बुझेर अगाडी वढनुपर्छ ।’
पार्टीका विरुद्धमा लाग्ने प्रतिस्पर्धाीलाई खण्डन गर्दै आफ्ना कार्यकर्तालाई चुनावमा होमीन समेत आग्रह गर्नुभयो । संगठन विभाग प्रमुख गौतमले भन्नुभयो,–‘जिल्लामा आवद्ध सबै सदस्यहरु उपनिर्वाचनलाई सहयोग गर्नुस् ।’ जिल्ला पार्टी ईन्चार्ज कृष्णध्वज खड्का, प्रदेश कमिटि सदस्य, जिल्ला कमिटि सदस्य लगाएतको उपस्थितीमा अगुवा कार्यकता भेला तथा प्रशिक्षण कार्यक्रम गरिएको थियो । गौतम सोमबार माण्डवी गाउँपालिकामा पार्टीले गरेको कार्यक्रमलाई सम्बोधन गर्ने र साझ काठमाण्डौ फकर्ने कार्यक्रम तय भएको छ । प्युठान नगरपालिका– २ संगै ऐरावती गाउँपालिका वडा नम्बर एक र दुई मा पार्टीका केन्द्रिय सदस्य तथा ईञ्चार्ज कृष्णध्वज खड्का, प्रदेश कमिटीका सदस्य, जिल्ला पार्टी सदस्य लगाएको उपस्थितीमा मतदाता संग भेट गर्नुका साथै मत माग्न व्यस्त छन् ।
उपनिर्वाचन हुने वडामा राजनीतिक दलले चुनावी प्रचारप्रसार संगै मतदाता भेटनमै व्यस्त छन् । केन्द्रिय, प्रदेश संगै जिल्ला स्तरीय नेताहरु उपनिर्वाचन हुने वडामा देखीन्छन् ।
एकाविहानै मतदाता भेट्न पुगे


प्युठान नगरपालिका २ मा जन्मिएका उनी आफ्नो वडामा उपनिर्वाचन हुन लागेपछि प्युठान आएको पार्टी श्रोतले जनाएको छ । गौतम आईतबार विहानै प्युठान नगरपालिका –२ मा पर्ने आरनेटा, कोट, जुडापाटा लगाएतका स्थानमा पुगि जनताका मागहरु सुन्नुका साथै नेकपाका उमेद्वार मुक्ति पोख्रेललाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँ पार्टीको निर्देशन अनुसार प्युठान आउनुभएको हो । वडा कमिटिले आयोजना गरेको अगुवा भेटघाटमा पुगेका गौतमले विकासका काम गर्नका लागि पोख्रेललाई जिताउन उहाँले मतदातालाई आग्रह गर्नुभयो । पूर्व गृह मन्त्री समेत रहेका गौतमले भने “दुख्ख विर्साउदै खुसी हुने ठाउँ हो प्यूठान ।” आफु पराजित भएको इतिहास स्मरण गर्दै प्यूठानीहरुको मायाले सरापेको समेत बताउनु भयो । क्वाडी क्षेत्रमा रहेको खानेपानी समस्या समाधानका लागि आफु अग्रसर हुने र अबको दुई वर्ष भित्रमा खानेपानी समस्या समाधान गरिने बताउनुभयो ।
नेपाली कांग्रेस पनि सक्रिय
त्यस्तै नेपाली काग्रेसले पनि राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष एवं पार्टीका नेता गोविन्दराज पोख्रेल संगै जिल्ला पार्टी अध्यक्ष अमर भण्डारी, पार्टी सचिव देबेन्द्र बर्मा लगाएतका नेताहरुको उपस्थितीमा चुनावी कार्यक्रम गरेको छ । जिल्लाको क्वाडी र ऐरावतीका दुुई वटै वडामा मतदातासंग भेटघाट संगै मत माग्ने काम तिव्र रुपमा अगाडी वढेको नेपाली काग्रेसका नेता एंव ऐरावती गाउँपालिका ५ का वडाअध्यक्ष चन्द्रबहादुर रोका मगरले जानकारी दिनुभयो । यस्तै राष्ट्रिय जनमोर्चाले पनि पार्टीको केन्द्रिय नीति अनुसार ऐरावतीको दुई वडामा चुनाव लडेको छ । दुईका उमेद्वार भक्तबहादुर विकलाई जिताउनका लागि केन्द्रिय सांसद एंव राजमोकी नेतृ दुर्गा पौड्ेल, राजमो ५ नंम्बर प्रदेश अध्यक्ष बोम बहादुर खत्री लगाएत स्थानीय नेताहरुको सहभागितामा घरदैलो कार्यक्रम गरेको जनाएको छ ।


सम्बन्धित पोस्टहरू

Top