बिहिबार, बैशाख ६, २०८१ | Thursday 18th April 2024

स्थापना दिवसमा कैदीबन्दीलाई सरसफाई सामाग्री


सागर रिजाल
प्युठान, १९ भदौ ।
नेपाल रेडक्रस सोसाइटी प्युठान शाखाले ५७ औं स्थापना दिवसको अवसरमा जिल्ला कारागार प्युठानमा रहेका कैदीबन्दीहरुलाई सरसफाई सामाग्री वितरण गरिएको छ । कारागारमा रहेका ६२ जना पुरुष र १३ जना महिला गरी ७५ जना कैदीबन्दीहरुलाई सरसफाई तथा स्वच्छता सामग्री वितरण गरिएको हो । उनीहरुलाई दैनिक सरसफाईका लागि आवश्यक पर्ने साबुन ,कोलगेट , बु्रस ,रुमाल,बिस्कुट लगाएतका सामग्री वितरण गरिएको प्युठान शाखा सभापती गुमानराज पुलामीले जानकारी दिनुभयो । शाखाका सभापति पुलामीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थको प्रमुख आतिथ्यताका कैदीबन्दीहरुलाई सरसफाई सामाग्री वितरण गरिएको हो ।
स्थापना दिवसमा खलङ्गा पार्टीचोक देखि महेन्द्र मा।वि। खलङ्गा को प्राङ्गण सम्म व्यानर र प्ले कार्ड सहित ¥याली गरिएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी खलङ्गा उपशाखा अन्तर्गतका विभिन्न विद्यालयहरुको जुनियर तथा युवा रेडक्रस सर्कलहरुको समेत सहभागिता रहेको थियो । शाखाका उपसभापति गोपाल सिंह जि।सी।को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा महेन्द्र मा।वि।खलंगाका नेपाल रेडक्रस सोसाइटी युवा रेडक्रस सर्कलका शिक्षक कृष्ण बहादुर के।सी।नेपाल स्काउटका आयुक्त बसन्तलाल शाक्य ,महेन्द्र मा।वि।का प्र।अ। पिताम्बर पौडेल ,प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थ र शाखाका सभापति गुमानराज पुलामी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पन्थले रेडक्रसले गर्दै आएको सामाजिक कार्यको प्रसंसा गर्नुभयो । विपद् व्यवस्थापन समितिको सदस्यको रुपमा समेत नेपाल रेडक्रस सोसाइटी रहेको धारणा राख्नुभयो । साथै विपद् परेको बेला मानवीय सेवा कार्य गर्ने र राहत तथा उद्धारमा समेत नेपाल रेडक्रसले सेवा पु¥याउँदै आएको कुरा उल्लेख गर्नुभएको थियो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुलामीले रेडक्रस गैर नाफा मूलक संस्था भएकोले कुनै पनि प्रलोभनमा नपरी मानवीय सेवा कार्यमा खट्ने र विपत्तिको बेलामा सहायता प्रदान गर्ने बताउनुभयो । रेडक्रस सरकारी संस्था नभएतापनि यसले सरकारको काममा सहयोग गर्ने गरेको पनि जानकारी दिनुभयो । आगामी दिनमा संस्थालाई एउटा पवित्र संस्थाको रुपमा परिचित गराउन सबैले प्रयास गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top