शनिबार, बैशाख ८, २०८१ | Saturday 20th April 2024

शिक्षण पेशाको अवकास पछि मौरीसंग रमाउदै पोख्रेल मह बेचेरै वार्षिक ५ लाख आम्दानी


 राधिका भुसाल
प्यूठान । प्रायः मान्छेहरु जागिर छोडेर अवकास पछिको जीवन स्वतन्त्र रुपले जिउन चाहान्छन् । कुनै पेशा व्यवसायमा आवद्ध हुनु भन्दा पनि सामाजिक क्षेत्रका लाग्नेहरु बढि देखिन्छन् तर, प्यूठान नगरपालिका ७ टिकुरीका डिमराज पोख्रेलको जागिर पछिको जीवन अलि फरक शैलीमा बितिरहेको छ ।
शिक्षण पेशा गर्दा गर्दा मौरी व्यवसायको योजना बनाएको उनले बताए । ‘जागिरबाट अवकास पाउने वित्तिकै मौरी व्यवसाय सुरु गरेको हुँ ।’ उनले भने –‘अहिले पाँच वर्ष भयो व्यवसायमा सोचे भन्दा राम्रो सफलता पाएको छु ।’ एक सय घार मौरीहरु आफुसंग भएको बताउदै शेरेना र मेलिफेरा जातको मौरीले आफुलाई सफल बनाएको उनको भनाइ छ । ‘शेरेना जातको मौरीबाट व्यवसाय सुरु गरेको थिए’– पोख्रेलले भने–‘कृषि कार्यालयलाई आग्रह गरेपछि बड्डाडामा पुगेर मौरी व्यवसाय सम्बन्धि आधारभुत तालिम लिएको हुँ ।’ व्यवसाय गर्ने भित्रि रहरले शिक्षण पेशा छदै २ घार मौरी किनेर घरमा राखिसकेको कुरा उनको सम्झनामा छ । तत्कालिन जिल्ला कृषि विकास कार्यालय ५० प्रतिशत अनुदानमा १४ गोला मौरी किनेर व्यवसाय सुरु गरेरे त्यसैलाई बढाउदै यहाँ सम्म ल्याएको उनको भनाइ छ ।
बार्षिक ५ लाख चोखो आम्दानी
मौरी व्यवसाय सञ्चालनमा केही खर्चका स्रोतहरु देखिएता पनि वार्षिक नेट ५ लाख आम्दानी गर्दै आएको पोख्रेलले बताए । ‘५० गोला राम्रो मौरी पाल्ने हो भने वार्षिक २० लाख आम्दानी गर्न सकिन्छ’ उनले भने–‘प्राविधिक केही ज्ञान हुने हो भने मौरी व्यवसाय गर्न समस्या हुदैन ।’ गत आर्थिक वर्षमा साढे १८ कुइन्टल मह विक्रि गरेको कुरा बताए । ‘बजारीकरणमा समस्या छैन’ पोख्रेलले–‘मैले उत्पादन गरेको मह घरबाटै विक्रि हुने गरेको छ मार्केट बनाउन म कही जान परेको छैन अहिले सम्म ।’ काठमाण्डौ सम्म मह पु¥याएको उनले बताए ।
युवाहरु बेरोजगार भइ भन्दै भौतारिने समस्या देख्दा दुख्ख लागेको उनी बताउछन् । मेहनत गरेपछि जिविकोपार्जन गर्न कुनै समस्या नभएको बताउदै मौरीले आफुलाई सफल बनाएको समेत उनको भनाइ छ । आफ्नो गाउँमा कम्तिमा ५ जना मौरा उद्यमी उत्पादन गर्ने उहाँको लक्ष्य ५ वर्षमै पुरा भएको छ । आफु र आफ्नो श्रीमतिको सहयोगमा सहज रुपमा मौरी पालन व्यवसाय सञ्चालन गरेको पोख्रेलले बताए ।

करिब १ वर्ष अगाडि प्यूठान नगरपालिका ७ का मौरी पालक कृषक डिमराज पोख्रेलबाट मौरी विमाको सुरुवात भएको हो । पोख्रेलले पालेको ६८ घार मौरीको विमा गर्दै नेपालमै पहिलो पटक मौरी विमाको सुरुवात गरिएको थियो । सरकार र मौरीपालक कृषक बीचको छलफल पछि आइएमइ जनरल एन्सोरेन्ससंगको सहकार्यमा मौरी विमाको गरिएको उहाँको भनाइ छ । नेपाल सरकार ७५ प्रतिशत र कृषकले २५ प्रतिशतको पनि ५ प्रतिशत व्यहोर्ने गरी विमा गरेको पोख्रेले बताए । विमा गरेसंगै मौरी घारमा पर्ने क्षतीबाट कृषकहरु मर्कामा नपर्ने हुँदा खुसी व्यक्त गरे ।
जिल्लामा मौरी चरणमा केही समस्या भएको छ । केही समय मौरी चराउन कपिलबस्तु समेत लग्ने गरेको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top