शनिबार, बैशाख ८, २०८१ | Saturday 20th April 2024

स्वास्थ्य विमा गरेका विरामीले औषधी पाएनन्


राधिका भुसाल
प्यूठान । प्यूठान नगरपालिका २ दाखाक्वाडीका केशवराज पौडेलले स्वास्थ्य बिमा गराएको झण्डै २ वर्ष वित्यो । स्वास्थ्य बिमाको महत्व बुझेका उहाँ बीमाको नियमित नविकरण समेत गराउनदै आउनु भएको छ । मानसिकरोग डिप्रेशनवाट ग्रसित उहाँ पछिल्लो समय डाक्टरको सल्लाह अनुसार नियमित औषधी सेवन गर्दै आउनु भएको छ । विमा कार्डवाट निशुल्क औषधी सेवन गर्दै आउनु भएको उहाँले पछिल्लो समय स्वास्थ्य बिमा वाट पाउँने निशुल्क औषधी अस्पताल फार्मेसीवाट नपाएको गुनासो गर्नु भयो ।
“बीमा फार्मेसीमा औषधि लिन जाँदा औषधि सकियको छ भन्छन” पौडले भन्नु भयो,“एकमहिना यता मेडिकलवाट किनेर खाएको छु ।” डाक्टरको सल्लाह अनुसार नियमित औषधि सेवन गर्दै आएको उहाँले बताउनु भयो । झण्डै दश वर्ष पहिलेदेखी डिप्रेशन रोगवाट पीडित उहाँ स्वास्थ्य बिमा गरेपछि औषधि पैसा तिर्न नपरेको स्मरण गर्दै पछिल्लो समयमा पुन समस्या रहेको कुरा व्यक्त गर्नु भयो । 
पछिल्लो पटक गत कार्तिक ४ गते जिल्ला अस्पताल विजुवारमा स्वास्थ्य परिक्षण समेत गरेको बताउँदै उहाँले फार्मेसीमा पटक÷पटक औषधिका लागि धाउँदा समेत औषधि नआएको जवाफ आएको उहाँले बताउनु भयो । नियमित स्वास्थ्य परिक्षणको गरेको पर्ची देखाउदै उहाँले भन्नु भयो– ‘डाक्टरको सल्लाह अनुसार मैले नियमित औषधी खानुपर्छ ।’ तर, ‘यता फार्मेसीमा गयो औषधी छैन किनेर खानुस् भन्ने जावफ आउछ । ‘हामी जस्तो विरामीले नियमित औषधी सेवन गर्न सहज होस् भनेर स्वास्थ्य विमा गरेका हौं अब औषधी नै अभाव भएपछि समस्या भयो ।”
पौडेल मात्रै होईन प्यूठान नगरपालिका १० मरन्ठानाका केशव खड्काले पनि स्वास्थ्य बीमावाट औषधि पाउन नसकेको बताउनु हुन्छ । बीमा कार्ड गराए पनि गत एक महिनावाट औषधि किनेर खानु परेको उहाँले गुनासो गर्नु भयो । केहि महिनायता अस्पतालमा औषधि नपाए पछि अन्य क्लिनिकवाट औषधि किनेर खादै आएको प्यूठान नगरपालिका ७ का हरिराम भट्ट बताउनु हुन्छ । नियमित सेवन गर्ने गरेको प्रसेर र सुगरको औषधी अभाव हुंदा गत मसान्तमा एक हजारको औषधी अन्य क्लिनिकबाट किन्नु परेको उहाँको भनाइ छ जिल्ला अस्पतालले नियमित औषधी सेवन गर्ने वृद्धवृद्धाहरुको स्वास्थ्य माथि खेलवाड गर्ने गरेको उहाँहरुको भनाइ छ ।

आर्थिक अख्तियारी नहुँदा औषधी आपूर्ति भएन ः अस्पत्ताल
जिल्ला अस्पत्ताल प्यूठानका निमित्त कार्यालय प्रमुख खिम प्रसाद पार्धेले आर्थिक अख्तियारीको काम रोकिएकोले अस्पत्तालका सेवामा समस्या भएको बताउनु भयो । “कार्यालय प्रमुख नहुँदा आर्थिक अख्तियारीका सवैकाम रोकीएका छन्” उहाँले भन्नु भयो “समस्या झन बढ्ने देखिन्छ ।” औषधि खरिदका लागि पैसा भए पनि आर्थिक अख्तियारीको समस्याले अस्पतालमा समस्या वढ्दै गएको उहाँले बताउनु भयो । “केहि महिना अत्यावश्यक सामाग्री खरिदमा रिक्स लिएर खरिद गरेर काम चलायौ । अवत त्यो अवस्था पनि छैन” उहाँले भन्नुभयो ।
विरामीको स्वास्थ्य माथि बेवास्था
जिल्ला अस्पतालको व्यवस्थापकीय कमजोरीका कारण चोकजाँच गर्न विरामीहरुको स्वास्थ्य माथि बेवास्था गरिएको जेष्ठ नगरिक जिल्ला संघका कमल पोख्रेलले बताउनु भयो । ‘हाम्रो जस्तो विकट जिल्लामा धेरै टाढाबाट ठुलो आशा बोकेर आएका विरामीहरुलाइ आएका हुन्छन ।’ उहाँले भन्नु भयो–‘ स्वास्थ्यकर्मीहरुले नम्रता, सिस्टता र व्यवहारिकता पनि देखाउनु पर्छ तर, जिल्ला अस्पताल प्यूठानका त्यो सुविधा छैन ।’ त्यस्तै अर्का बुद्धिजिवी राजेन्द्र पौडेलले भन्नु हुन्छ–‘ हिजो आज अस्पतालमा केही भौतिक संरचनाहरु सुधार भएका छन् ।’ थप्दै पौडेलले भन्नु भयो –‘यहाँ देखाउन दाँत एउटा छ, र चपाउने दाँत अर्को छ ।’ यसरी जिल्ला अस्पतालमा जहिल्यै पनि डाक्टर र औषधीको अभाव हुनु राम्रो नभएको उहाँको भनाइ छ ।
२७ हजार २ सयको बीमा
प्युठानमा एक महिना पहिलेको तथ्यांक अनुसार ५ हजार ६ सय ५८ घरधुरीका २७ हजार २ सयको बीमा गरिएको छ । ३ हजार ५ सय २५ घरधुरीका मान्छे मान्छे पैसा तिरेर बीमा कार्यक्रममा सहभागी भएका छन् भने २ हजार १ सय ३३ घर परिवारका सदस्यहरुको निशुल्क बीमा गरिएको स्वास्थ्य बीमा वोर्ड प्युठानका दर्ता अधिकारी बसन्त लामीछानेले जानकारी दिनुभयो । बिमा गर्न ३५ सय रुपैया तिरी वार्षिक एक लाखसम्मको सेवा लिन सकिने समेत उहाँले बताउनुभयो । जिल्लाका कुल जनसंख्या ११ प्रतिशत जनता बीमा कार्यक्रममा सहभागी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘बीमा कार्यक्रममा अरु जनतालाई सहभागी गराउन सबैको सहयोगको अपेक्षा गरिएको छ ।’

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top