Invalid Conversion Type | Saturday 15th August 2020

स्वर्गद्धारीमा सहकारी सञ्जाल गठन


Hamroekata १२ पुष २०७६

राधिका भुसाल
प्यूठान । स्वर्गद्धारी नगरपालिका भित्र रहेका सहकारीहरुलाई एकताबद्ध गर्दै नगरस्तरीय सहकारी सञ्जाल गठन भएको छ ।
सवै विषय अन्तरगतका सहकारीहरुलाई आज (शनिवार) भेला गरी शारदा बुढाथोकीको संयोजकत्वमा ९ सदस्यीय सञ्जाल गठन गरिएको हो । जसको सह संयोजकमा बाली खड्का, सचिवमा सपना पुलामी, कोषाध्यक्षमा जितेन्द्र घर्ति मगर चयन भएका छन् भने सदस्यहरुमा हरि बहादुर रावत, डोरी रोका, रुमा विसी, निशा बैजाली र हरि प्रसाद पन्थि चयन भएका छन् ।
स्वर्गद्धारी नगरपालिकाका उप मेयर गोमा रेग्मीले नव गठित पधादिकारीहरुलाई बधाइ दिदैं सक्रिय रुपमा सहकारीका गतिविधिहरु अगाडि बढाउनु पर्ने बताइन् । नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्न आफु तमतयार रहेको बताउदैं सञ्जालले सहकारीका गुनासो लिएर नगरपालिकाको ढोका घचघच्याउन आउनु पर्ने समेत बताइन । महिला बिकास संयोजक रेश्मा केसीले नव गठित समितिलाई बधाइ व्यक्त गरेकी थिइन । छरिएका नगरक्षेत्र भित्रका सहकारीहरुलाई एक्यवद्ध गर्दै सहकारी मैत्री नगरपालिका बनाउन तर्फ ध्यान दिने भन्दै आफुलाई संयोजक बनाएकोमा सञ्जालकी संयोजक शारदाले धन्यवाद समेत दिइन । जिल्ला सहकारी संघ प्यूठानका अध्यक्ष जिवलाल न्यौपानेले सहकारी सञ्जाल गठन गर्नुको उदेश्य बारे स्पष्ट पार्दै डिभिजन सहकारीले स्थानिय तहलाई सहकारी हस्तान्त्रण गरेता पनि सहकारीको गुनासो सुन्ने स्थान नभएको बताए । साथै सञ्जालले सहकारी र स्थानिय तह बिचमा पुुलको रुपमा काम गर्नु पर्ने निर्देशन समेत दिए ।
स्वर्गद्धारी नगरपालिकोको सभाहलमा भएको कार्यक्रमको सञ्चालन राधिका भुसालले गरेकी थिइन ।


सम्बन्धित पोस्टहरू

Top