Invalid Conversion Type | Saturday 15th August 2020

नेपाल सेनाद्धारा झिमरुक नदीमा सेमोलेसन प्रदर्शन


Hamroekata २८ असार २०७७

राधिका भुसाल
प्यूठान । वर्षातको समयमा बाढी पहिरोले वर्षेनी धनजनको क्षति गरि रहेको हुंदा विपत्बाट आफुकसरी सुरक्षीत हुन भन्ने विषयमा नेपाल सेनाले सेमोलेसन प्रदर्शन गरेका छन् ।
इन्द्रध्वज गण प्यूठानका संयुक्त फौजले शुक्रबार झिमरुक नदिमा सेमोलेसन अभ्यास गरेका थिए । जिल्लाका कार्यायल प्रमुख, जनप्रनिधिहरु तथा स्थानियवासीहरुको सहभागीतामा उक्त अभ्यास गरिएको हो । प्राकृतिक र मानवीय कारणबाट वर्षेनी बाढी पहिरोले ठुलो क्षति गर्ने हुंदा यस्तो अवस्थामा आफुलाई सुरक्षीत राख्दै रोकथामको तरिका कसरी अपनाउने भन्ने विषयमा सेमोलेसन अभ्यास गरिएको इन्द्रध्वज गण खलंगाका गणपति अर्जुन थापाले बताए । उक्त अभ्यासमा नेपाली सेनाले लगातार परेको पानीले बस्तीनै जोखिममा परेको, झिमरुक नदिले मान्छे बगाएको र पहिरोले पुरिएका जिवित व्यक्तिलाई उद्धार गरेका थिए ।
जनस्तरमै चेतना फैलाउनुका साथै जोखिम न्यूनिकणका लागि नेपाली सेनाले जोखिमका विभिन्न घटनालाई परिकल्पना गरि प्रदर्शन गर्ने गरेको छ । झिमरुक खेल मैदानमा यस भन्दा अगाडि कोरोना संक्रमित व्यक्तिको व्यवस्थापन र आगोलागी बारे नमुना प्रदर्शन गरेको थियो ।


सम्बन्धित पोस्टहरू

Top