Invalid Conversion Type | Thursday 23rd January 2020

दाखाक्वाडीमा नेकपाका पोख्रेल विजयी


Hamroekata १५ मंसिर २०७६

सागर रिजाल 
प्युठान,१५ मंसीर ।
प्युठान नगरपालिका वडा नम्वर २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट्र पार्टी( नेकपा) का उमेद्वार मुक्ती पोख्रेल विजयी भएका छन् । नेकपा र नेपाली काग्रेसको प्रतिस्पर्धा रहेको यस वडामा नेपाली काँग्रेसका उमेद्वार मोहन सिंह बिष्टलाई दुई सय ८४ मतको अन्तरमा हराउदैँ नेकपाका पोख्रेल विजयी भएका हुन् । पोख्रेलले एक हजार एक सय २७ मत प्राप्त गरेका छने भने प्रतिद्वन्दी बिष्टले आठ सय ४३ मत प्राप्त गरेका छन् । यस वडामा २५ मत ब दर भएको मुख्य निर्वाचन अधिकृत एंव जिल्ला बिष्णु प्रसाद गौतमले जानकारी दिए ।
दुई जनाको उमेद्वारी परेको यस वडामा तीन हजार २१ मतदाता रहेका थिए । जसमा एक हजार नौ सय ९५ जनाले मात्र मतदान गरेका थिए । यस वडामा राजमोले पोख्रेललाई साथ दिएको थियो । वडा अध्यक्ष खिम बहादुर बिष्टको निधन भएपछि यस वडामा उपनिर्वाचन भएको हो ।

वडामा रहेको खानेपानी समस्या समाधान हुने
लामो समयसम्म शिक्षण पेशामा आवद्ध भई अवकाश पाएका ५४ वर्षिय पोख्रेल नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा) जिल्ला सचिवालय सदस्य हुन् । उनी पछिल्लो समय राजनीति संगै कुखुरापालन व्यवसायमा आवद्ध छन् । उनी विभिन्न संघसंस्थामा समेत आवद्ध भएको बताए । निधन भएका अध्यक्षले अगाडी वढाएका योजनाहरुलाई पुरा गर्ने उनले बताए । यस वडाको प्रमुख समस्याको रुपमा रहेको खानेपानी समस्यालाई पहिलो प्राथमिकतामा राखी समाधान गरिने उनले बताए ।
ऐरावती गाउँपालिका १ र २ वडामा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छैन् । आईतबार विहान ७ बजे सर्वदलीय वैठक बसेपछि मात्रै मतगणना सुरु गरिने निर्वाचन अधिकृत चन्द्रदेव भारतीले जानकारी दिए ।


सम्बन्धित पोस्टहरू

Top