शुक्रबार, बैशाख १४, २०८१ | Friday 26th April 2024

नागरिक सरोकार समाजलाई अस्पतालको चिन्ता, समस्या समाधान गरिदिन भन्दै ध्यानाकर्षण


सागर रिजाल
प्युठान, १० मंसिर ।
प्युठान जिल्ला अस्पताल पछिल्लो समय खस्कीदै गएको भन्दै नागरिक सरोकार समाज प्युठानले जिल्ला प्रशासन कार्यालय प्युठानमा ध्यानाकर्षणपत्र बुझाएको छ । सरोकार समाजले मंगलबार सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । नागरिकहरुको हकहितका लागि काम गर्दै आएको सरोकार समाजले आम नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै तत्काल अस्पतालमा भए गरेका समस्यालाई समाधान गर्न ध्यानाकर्षणपत्र मार्फत आग्रह गरेको छ ।
सरोकार समाजका संयोजक सुमन सुवेदीले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा नेपालको संविधान २०७२, भाग ३ धारा ३५ मा निशुल्कः आधाभुत स्वास्थ्य सेवा आकस्मीक स्वास्थ्य सेवा मौलिक हकमा छ । तर पनि तीनै तह संघ,प्रदेश र स्थानीय सरकारको कार्य विभाजन समेत स्पष्ट भएको सन्दर्भमा हाल सेवा प्रदायक संस्था प्युठान अस्पताल आफै विरामी अवस्थामा गुज्रिरहनु, प्युठानी जनताले उपचारका लागि अहेव,तथा सामान्य कर्मचारीको भरपर्नुपर्ने, कहिलेसम्म उपचारका लागि बाहिरी जिल्ला धाउनुपर्ने,सुबिधासम्पन्न भौैतिक संरचना सहित चिकित्सकीय तथा ५० सैयाको दरबन्दी पूर्णता सहितको पूर्ण विशेषज्ञ सेवा जिल्लाबाट पाउने, स्वास्थ्य बीमा गरेकालाई तोकिय बमोजिम सेवासूविधा कहिलेसम्म प्राप्त गर्न सकिने जस्ता विषयहरु उल्लेख गरिएको छ । लामोसमयदेखी जिल्ला अस्पतालमा सेवाग्राहीले समस्या पाईरहेकाले यथासिघ्र छिटो गुणस्तरीय सेवा प्रदान गर्नका लागि सरोकार समाज प्युठानले माग गरेको छ ।
सरोकार समाजले प्रमुख जिल्ला अधिकारी द्धारा जिल्लाका सबै माननीय सांसदहरु, स्वास्थ्य तथा जनसंख्या, सामाजिक बिकास मन्त्रालय प्रदेश न. ५ वुटवल, जिल्ला समन्वय समिति प्युठान, सबै नौ वटै स्थानिय तह, स्वास्थ्य कार्यालय प्युठान अस्पताल, जिल्लामा क्रियाशिल राजनैतिक दलहरु र नेपाल पत्रकार महासंघमा समेत ध्यानकर्षण गराउन आग्रह गरेको छ ।
ज्ञापनपत्र बुझदै सहायक प्रमुख जिल्ला अधिकारी पन्थीले कर्मचारी समायोजनका कारण समस्या आएको र अब छिटो भन्दा छिटो यो समस्या समाधान गर्न आफुहरु क्रियाशिल हुने बताए । शव पोष्टमार्टम संगै अस्पतालबाट दिईने सेवामा लामो समयदेखि आफुहरुलाई गुनासाहरु आईरहेको उनले बताए । कर्मचारी समायोजनका कारणले जिल्ला अस्पतालमा डाक्टरहरु आउन ढिलाई भएको छ उनले भने,–‘हामी पहल गर्ने छौँ छिटो समस्या समाधान हुने छ ।’
वि.स. २०४५ साल देखि १५ सैयाको जिल्ला तहको अस्पतालको रुपमा स्थापना भएको थियो ।
बिरामीहरुको समेत उल्लेख्य चाप र आबश्यकता समेतलाई मध्यनजर गरि २०७३ साल माघ २० गते नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकबाट १५ सैयाबाट विशेषज्ञ सहितको ५० सैयाको सुबिधा सम्पन्न अस्पतालको रुपमा स्तरोन्नती भएपनि अस्पतालमा आउने बिरामीले सर्वशुलभ रुपमा स्वास्थ्य सेवा लिन नपाएको सकेका छैनन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top