Invalid Conversion Type | Saturday 19th October 2019

चर्को व्याजदारको मारमा ग्रामीण महिलाहरु, गाँउ गाउँमा पुगे लघु वित्तिय संस्था


Hamroekata १३ भाद्र २०७६

राधिका भुसाल 
प्यूठान । जिल्लाका विभिन्न ठाउँहरुमा कार्यक्षेत्र बनाइ क्रियाशील लघुवित्त (माइक्रो फाइनान्स) संस्थाहरुको चर्को ब्याजदरले ग्रामीण क्षेत्रका वासिन्दाहरु समस्याको दलदलमा फसेका छन् ।
आयआर्जन बढाउने र गरिबी निवारण गर्ने भन्दै आकर्षक नारा दिएता पनि ति लघु वित्तको चर्को व्याजदरले गाउँबस्तीका कतिपय नागरिककै उठिवास लाग्ने अवस्था सिर्जना भएको छ । लघुवित्त संस्थाहरुले चर्को व्याज दिने मात्रै होइन अनेक प्रलोभनमा ऋणको मात्रा बढाउने आवश्वास दिएर घर न घाटको स्थितिमा पु¥याएको सेवाग्राहीको गुनासो छ । नेपाल राष्ट्र बैकले १८ प्रतिशत भन्दा बढि व्याज असुली गर्न नपाइने भनेता पनि सेवा शुल्क, प्रवेश शुल्क, विमा शुल्क, खाता बन्द गर्र्दा नियमित बचतबाट काटिने शुल्क, समृद्धि कोष जस्ता विभिन्न शुल्कहरु उठाएर त्यसमाथि सेवाग्राहीबाट चर्को व्याज असुल गरेर गरीव जनताको ढाड सेक्ने काम भैरहेको सेवाग्राहीहरुको गुनासो छ ।
जिल्लामा कार्यक्षेत्र विस्तार गरेका लघु वित्तिय संस्थाहरु
निर्धन उत्थान बैंक विजुवार
नेपाल एग्रो लघु वित्तिय संस्था जुमी
डिप्रोक्स लघु वित्तिय संस्था विजयनगर
जनउत्थान वित्तिय संस्था बड््डाडा
उन्नती मेरो माइक्रो फाइनान्स चकचके
छिमेकी लघु वित्तिय संस्था विजुवार
ग्रामीण महिला उत्थान केन्द्र
नेपाल महिला सामुदायिक केन्द्र
चौतारी लघु वित्तिय संस्था
नेशनल माइक्रोफाइनान्स
सूर्यदय लघु वित्तिय संस्था विजयनगर
विजय लघु वित्तिय संस्था बाग्दुला
मिरमिरे लघु वित्तिय संस्था
मेरो माइक्रोफाइनान्स
महिलाहरु झुक्याउदै लघु वित्तिय संस्था
प्यूठान नगरपालिका वडा २ क्वाडीका ४ जना महिलाहरुले डिप्रोक्स लघु वित्त संस्थाले आफूहरुलाई झुक्याएको भनी गुनासो पोखेका छन् । ‘डिप्रोक्स लघु वित्त संस्थाले सुरुमा क्वाडीका २५ जना महिलाहरुलाई एउटैै समुहमा आवद्ध गराइ ऋण लगानी गरेको थियो’– समुहकी सदस्य रेखा धामीले भनिन् –‘ अहिले सबैलाई निकालेर ५ जनाको बनाइको थियो समुहका ४ जना महिलाहरुलाई धेरै ऋण दिने आश्वास देखाइ ऋणको भाका भन्दा अगाडि नै हाम्रो ऋण असुली गरी अहिले सम्पर्क विहिन भएको छ ।’ पहिलेको पैसा तिर्नासाथ चार जना ऋणीलाई ऋण थप गरिदिने भनेपछि गाउँमा सापटी खोजेर, आफ्नसंग ऋण खोजेर संस्थाको पैसा चुक्ता गरेको धामीले बताइन । ‘मलाई दैनिक रुपमा प्रेसर दिन थाले पछि समुहका अरु साथीहरुको ऋण पनि मैलेै खोजेर चुक्ता गरेकी थिए’– उनले भनिन् –‘०७५ साल चैत्र महिनामै ऋण दिने भनेको थियो तर, पछि साउन लगेपछि दिन्छौ भने, साउनमा लगेपछि कार्यालयमा जाँदा ऋण नपाउने कुरा सुनाउदै हप्काएर पठाए ।’ समुहका गठन गर्दा भएनभएका आवश्वासन दिदै जबरजस्त ऋण खान बाध्य बनाउने तर ऋण चाहिएको बेला हप्काएर पठाएको उनले बताइन् ।
४ जनाको ऋणभार एउटीको थाप्लामा
संस्थाले ऋण थप गर्न पाउने आश्वासन दिइ एकमुष्ठ ऋण चुक्ता गर्नका लागि समुहका अन्य सदस्य र डिप्रोक्सकै कर्मचारीले रेखा धामीलाई पैसा सापटी खोज्न भनेपछि ४ जनाकै ऋण उनीले एक्लै चुक्ता गरिदिएको बताइन । रेखा धामीको २ लाख ४ हजार, बाटुला धामीको २ लाख १९ हजार, पार्वता पन्थीको १ लाख ७९ हजार र निमा योगीको १ लाख ७६ हजार गरी जम्ममा ७ लाख ७८ हजार रकम रेखाले एक्लै चुक्ता गरेको बताउछिन् । ‘संंस्था ऋण लिएर भर्खरै पसल राखेकी थिए ’– बाटुला धामीले भनिन् –‘ सस्थाले अलिधेरै ऋण दिनेपछि पसलमा सामान थप्ने आशामा मेरो ऋण समेत रेखालाई नै खोजेर तिर्न लगाएकी हुँ ।’ यसरी ऋण चुक्दा गर्दा गर्दै पनि अरुलाई ऋण दिने तर हाम्रो समुहलाई संस्थाले ऋण नदिनेपछि दुख्ख लागेको उनले बताइन । ऋण चुक्ता गरेपछि ४ जनालाई ३–३ लाखका दरले १२ लाख दिने भनेपछि उनीहरुले एकमुष्ठ ऋण बुझाएको बाटुली धामीले बताइन् ।
सुरुमा २५ जना महिलाहरुको समुह बनाएपनि पछि ५–५ जनाको बनाइ ऋण दिने गरेको उनले बताइन । यसरी ऋण दिदा कुनै समुहलाई दिने कुनैलाई नदिने प्रत्यक्ष गरेको समेत उनहरुले गुनासो गरेका छन् । यता डिप्रोक्स लघु वित्त संस्था प्यूठानका म्यानेजर दिनेश देवकोटा भने केहि समय यता किस्ता रोखिएको हुनाले एकमुठ ऋण असुल गरी पुन दिने कुरा भएको हो तर, हेड अफिसबाटै तत्काल नदिने भनेपछि आफुले रोेकेको बताए । स्थानिय बुद्धिजीवी, नेता, छिमेकी सबै राखेर छलफल गर्ने र ऋण खाने व्यक्तिले व्यवसाय गरेर तिर्ने वातावरण गरेपछि ऋण दिन सकिने उनको भनाइ छ । जिल्लाका नौ वटै स्थानियहरुमा सेवा विस्तार गरेको डिप्रोक्सले करिब १३ करोड लगानी गरेको म्यानेजर देवकोटाले बताए ।
यसरी जिल्लामा आवश्यकताभन्दा बढि लघु वित्तिय संस्थाहरु भित्रिए पछि गाउँ गाउँमा समेत समुह बनाउने र ऋण लगानी गर्ने खेलोमेलो निकै चलेको छ । आर्थिक अवस्था नहेरी ऋण लगानी गर्ने समुहको एक जना व्यक्तिले बेइमान गरे समुहका सबै व्यक्तिबाट उक्त रकम असुली गर्ने परिपाटी छ । समुह गठन भएसंगै ऋण आवश्यक नभएपनि जबरजस्ती ऋण चलाउनु पर्ने बाध्यता समेत कुनै कुनै समुहमा देखिन्छ । प्यूठान जिल्लामा हाल दर्जन भन्दा बढि लघु संस्थाहरुले आफ्नो सेवा विस्तार गरेका छन् ।


सम्बन्धित पोस्टहरू

Top