Invalid Conversion Type | Tuesday 31st March 2020

लकडाउन अवज्ञा गर्दै प्यूठान भित्रिएका ४५ मोटरसाईकल र ६ वटा गाडी प्रहरी नियन्त्रणमा


Hamroekata ११ चैत्र २०७६

राधिका भुसाल
प्यूठान । सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्नेहरु कारबाहीमा परेका छन् । अत्यावश्यक काम बाहेक बाहिन निस्किन निषेध गरिएको नियमलाई उलंघन गरेको भन्दै प्युठानबाट ४५ वटा मोटरसाईकल र ६ वटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
जस मध्य १२ वटा मोटरसाइकल ४ गाडी रोल्पा जिल्लाको भएको र अरु सबै प्यूठानकै रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका निमित्त प्रहरी प्रमुख पोषण ढकालले जानकारी दिए । विभिन्न ठाउँबाट आएकी ति यात्रुहरुलाई करिब ४ बजेसम्म नियन्त्रणमा ल्याइ सम्झाएर घर पठाएको उनले बताए ।
परिचय पत्रको आधारमा छिटपुट सवारी साधनलाई चल्न दिईएको भएपनि अनाबश्यक रुपमा सवारी साधन चलाउने र कतिपय नागरिकहरुलाई लकडाउनको बारेमा अनविज्ञ भएका कारण पनि आफुले मोटरसाइकल चलाएको बताउने गरेको निमित्त प्रहरी प्रमुख ढकालको भनाई रहेको छ ।
लकडाउनमै करिब ६ सय जना प्यूठान भित्रिए
नेपाल भित्रबाट जिल्ला भित्रिएका १ सय १५ महिला र ३ सय १० रहेका छन् भने भारतको विभिन्न ठाउँबाट आएका १ सय १४ जना पुरुष गरी जम्मा ५ सय ३४ जनाको प्यूठान प्रवेशद्धारमा रहेको हेल्थडेक्स मार्फत स्वास्थ्य जाँच गरिएको इलाका प्रहरी कार्यालय दरभानका प्रमुख खेमराज बुढाले जानकारी दिए ।
नेपालनै लकडाउन भैरहेको बेला नेपाल भित्र तथा भारतबाट यात्रुहरु जिल्ला प्रवेश गरेको सरुमारानी गाँउपालिका वडा नम्बर २ का वडा अध्यक्ष एंव पालिकाका प्रवक्ता बसन्त बहादुर जिसीले जानकारी दिए । प्यूठान प्रवेश गर्ने यात्रुहरुको नाम, ठेगाना तथा संम्पर्क नम्बर लिईएको जिसिले जानकारी दिए ।

आज साँझसम्म जिल्ला भित्रिन लागेका सबै यात्रुहरुको स्वास्थ्य जाँच पश्चात उनीहरुको गन्तव्यस्थल सम्म जान दिईने व्यवस्था मिलाईने प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पन्थले जानकारी दिए । आज पहिलो लिन भएकोले केही परामर्श र स्वास्थ्य जाँच गरेर घर पठाएको बताउदै यदी भोलीका दिनमा नियम उलंघन गरेको खण्डमा ट्राफिक कारबाही गरिने ढकालले बताए । प्यूठान प्रेशवद्धारबाट एउटा पनि खाडी छिर्न नदिने भन्दै उतै फर्काउने समेत चेतवनी दिएका छन् । यता जनस्वास्थ्का कार्यालयका कौशल बैद्यले भने लकडाउन भन्दै गर्दा यसरी सावरी साधन भित्रिनु राम्रो नभएको बताए । यसलाई आजैबाट रोक्नको लागि दाङ जिल्लासंग समन्वय गरेर गाडि प्रवेश गर्ने नदिने वातावरण तुरुन्तै सिर्जना गर्नु पर्ने उनको भनाइ छ ।
साथै जिल्लामा अन्य व्यापार व्यवसायहरु बन्दको रहेको छन् ।


सम्बन्धित पोस्टहरू

Top