Invalid Conversion Type | Thursday 23rd January 2020

प्रतिपक्ष प्युठान ः स्थानिय सरकार, गन्तब्यमा अलमल


Hamroekata २९ मंसिर २०७६

ईमानसिंह भारती
प्युठान बौद्धिक समाजको बसाई रहेको जिल्ला भन्ने गर्थे रे पहिले ? त्यतिमात्र होइन राप्ति अञ्चलमा सबैभन्दा पढेलेखेका युवाहरु समेत रहेको मानिन्थ्यो रे ? राप्ति अञ्चल मात्र नभई कर्णालीका धेरै गाँउमा र अन्य जिल्लामा पनि शिक्षकहरुले पढाएका विद्यालयहरु धेरै छन् भन्ने गरिन्छ तर प्युठानको यो साख क्रमश खस्कदै गयो र पञ्चायतमा कम्युनिस्टहरुको जिल्ला भनेर प्रतिपक्षका भुमिकामा रह्यो । बहुदलिय प्रजातन्त्र प्राप्त पछि ०४७ सालमा प्युठानका अधिकाँस गाउँहरु तत्कालिन नेकपा मसालको बाहुल्यता रह्यो । बाहुल्यता पनि ९५% सम्म मात्र होइन कुनै कुनै गाँउहरु त प्रतिपक्ष विहिन १००% नै मसालको एकलौटी संगठनको रुपमा स्थापित भए ।
०४८ को आम निर्वाचनमा मसालले वहिष्कार गरेका कारण झिनो मतले दुबै क्षेत्र नेपाली कांग्रेसले हात पा¥यो । दाङबाङमा मत पेटिका खोस्ने काम भयो भने मरन्ठानाको नेपानेमा बुथ कब्जा गरे भन्ने हल्लाले हेलिकोप्टर लैजादा हेलिकोप्टर नै दुर्घटना भयो । मानविय क्षति नभएपनि नेपाली सेनाको हेलिकोप्टर काम नलाग्ने गरि लामो समय प्युठान मै रह्यो । उर्वर भुमिको संगठन क्रमश खस्कदै गयो । नेपाली कांग्रेसको सरकार केन्द्रमा बहुमतका साथ हुँदा जिल्ला जिल्लामा प्रजातन्त्रको अनुभुति नहुने गरि विपक्षले मत राख्न नपाइने गरि सार्वजनिक मुद्दा दर्ता मात्र गर्ने र विपक्षलाई सताउने काम भयो । यसले पुर्ण प्रजातन्त्रबारे प्रश्न उठ्न थाल्यो । पञ्चायतका अवशेषहरु नेपाली कांग्रेसको खोल ओढेर संरक्षणमा रहे ।
०४९ मा स्थानिय निर्र्वाचन भयो “तेल दिदाँ नखाने कोल चाट्ने” भने झंै मसाललाई भोट दिन पाए हुन्थ्यो भन्ने समयमा वहिस्कार गर्ने र संगठन विग्रदै गएपछि फेरी चुनावमा भाग लिने कामले कार्यकर्तामा नैरासियता बढ्यो । सायद ०४८ को आम निर्वाचनमा भाग लिएकाृ भए “मसाल राष्टको तेस्रो शत्तिको रुपमा स्थापित हुन्थ्यो होला ।”
०४९ को स्थानिय निर्वाचनमा कांग्रेसको ज्या जतिका कारण बाग्लुङ र प्युठानमा संयुक्त रुपमा वामपंन्थीको मोर्चा बन्यो र दुवै जिल्लामा बहुमतका साथ नेकपा मसालका उम्मेद्वारहरु नै सभापति भए ।
०५१ मा बहुमत भएको नेपाली कांगेस भित्र नै अथवा आपसि झगडाका कारण मध्यवधि चुनाव भयो । कसैको पनि बहुमत प्राप्त नभए पछि नेकपा एमालेले मनमोहन अधिकारीको नेतृत्वमा अल्पमतको सरकार बनायो । हालसम्मको नेपालको राजनीति इतिहासमा सबैभन्दा “लोकप्रिय सरकार” ९ महिना मै ढल्यो । पुनः नेपाली कांग्रेसको सरकार निर्माण पछि ०५२ मा तत्कालिन नेकपा माओवादीले सशस्त्र संघर्ष गर्ने निर्णय गरि सेना निर्माणसँगै पार्टिलाई भुमिगत बनायो । डा.बाबुराम भट्टराईले संयुक्त जनमोर्चाको अध्यक्षको हैसियतले तत्कालिन सरकारसँग माग पत्र पेश गरेपनि नेपाली कांग्रेसले वार्ता छलफल तर्फ ध्यान नै दिएन । ०५१ मा संसदीय निर्वाचनमा मसालले पुन भाग लियो । प्युठान क्षेत्र नं. १ मा नेपाली कांग्रेस र २ नं. मा मसालले निर्वाचनमा विजय प्राप्त गरे । त्यतिबेला नेपाली कांग्रेसका शिवराज सुवेदी ‘३६से’ समुह भनेर चिनिने कांग्रेसको प्रतिपक्ष समुहतर्फ लागे भने भण्डाफोर गर्न गएका मसालका नवराज सुबेदीको कारण प्युठान प्रतिपक्ष नै रह्यो ।
०५४ को स्थानिय निर्वाचनमा पनि प्युठानमा बाम गठवन्धन भयो र जिल्ला विकास समितिसम्म नै एकता गरि सभापति समेतमा विजय प्राप्त भयो । त्यसपछि नेकपा एमालेको पार्टी विभाजन भयो र प्युठानको बहुमत तत्कालिन बामदेब गौतमले नेतृत्व गरेको माले तर्फ गयो । ०५६ को आम निर्वाचनमा नेकपा एमालेले दुबै क्षेत्र खालि गरि नेकपा मसाललाई समर्थन ग¥यो । जसको कारण दुवै क्षेत्रमा नेकपा मसालले विजय प्राप्त ग¥यो र प्रतिपक्ष नै रह्यो । केन्द्रमा कहिले अल्पमत कहिले बहुमत कहिले मिलिजुलि सरकार निर्माण भएपनि प्युठान भने सँधै प्रतिपक्ष मै रह्यो । ०६१÷०६२ को जनआन्दोलन पछि भएको निर्वाचनमा दुबै क्षेत्र तत्कालिन माओवादीले विजय प्राप्त ग¥यो । माओबादी भित्र पनि धेरै गुट उपगुट देखिए । प्रचण्ड र बाबुराम प्रधानमन्त्रि भएपनि प्यूठानका सांसद मोहन बैद्य तर्फ समर्थन गरेकाले प्रतिपक्ष नै रहे जुन प्युठानको प्रतिपक्ष रहने इतिहास कायम भयो । त्यो जनआन्दोलन पछि झन सशक्त रुपमा देखा प¥यो । पार्टि विभाजन भयो दुवै सांसद बैद्य पक्ष मै सामेल भएकाले झनै पुष्टी भयो ।
०७० मा संविधान सभाको निर्वाचनमा राष्ट्रिय छबि निर्माण भइसकेका वामदेव गौतम प्युठानको क्षेत्र नं. १ बाट चुनावमा उम्मेद्वार हुँदा प्यूठानले अव सत्ता पक्षको अनुभुति गर्ने भयो भन्ने चर्चा सुरु भयो तर तत्कालिन एमालेले आफ्नो उम्मेद्वारको सिट सुनिश्चित हुने गरि बामदेव गौतमलाई प्यूठान पठायो । “सिट सुनिश्चित” भन्नाले २ नं. क्षेत्र रा.ज.मो.लाई दिने गरी चुनावमा उम्मेद्वार हुन भन्यो तर तत्कालिन मसालले तालमेल गर्न मानेन जसको कारण देशैभरिबाट एउटा पनि निर्वाचन क्षेत्रमा उसको उपस्थिति रहेन । प्यूठानका दुबै क्षेत्रमा एमाले विजयी भयो । प्रतिपक्ष प्युठान ०७० पछि मात्र सत्तापक्ष भयो । संयोग बस् बामदेव गौतम नै उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुभयो । केहि विकासका पुर्वाधार तयार भए । सत्तापक्षको अनूभुति प्यूठानले प्राप्त ग¥यो तर ०७४ को पुनः निर्वाचनमा बामदेव गौतमले वर्दिया रोज्नुभयो र देशैभर बामपंन्थी र अन्य पार्टि र समुहसंग तालमेल भयो । बामदेव गौतमले प्यूठान छाडेका कारण प्रतिनिभि सभा र प्रदेश सभामा उहाँकै पहलका कारण ११ जना सांसद विजयी भइरहदा झिनो मत करिव ७ सय ले बामदेव गौतमले पराजय भोग्नु प¥यो । वर्दियामा रा.ज.मो.ले ४ सय मत प्राप्त ग¥यो तरपनि बामदेव गौतमलाई सहयोग गरेन । प्यूठान र वागलुङमा बामगठबन्धन भएका कारण प्यूठानबाट प्रतिनिधि सभामा १ र वागलुङको प्रदेश सभामा प्रत्यक्ष निर्वाचनबाट २ सांसद रा.ज.मो.ले विजयी हासिल ग¥यो तर तत्कालिन नेकपा एमाले र माओबादीले पार्टी एकिकरण नै गरि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को नाम बाट अगाडी बढिरहेका छन् भने मसालले एकिकरणको छलफल चलाउने भने पनि त्यसबारे चर्चा समेत गरेको पाइन्न । पुनः प्रतिनिधि सभामा प्यूठान प्रतिपक्ष मै रहन पुगेका कारण फेरी प्रतिपक्षको अनुभव प्युठानले गर्दैछ । साथै ०७४ मै स्थानिय तहका निर्वाचन सम्पन्न भए । स्थानिय सरकार गन्तब्य मै अलमल छ यसबारे आगामी अंकमा क्रमश चर्चा गरिने छ ।


सम्बन्धित पोस्टहरू

Top