Invalid Conversion Type | Wednesday 21st October 2020

विकसित देशसंग जोडिएको इज्जत


Hamroekata २७ बैशाख २०७७

लिला पुन
कुनै दिन त्यस्तो दिन थियो, जुन दिन अल्पविकसित देशका जनताहरुको इज्जत विकसित देशहरु अमेरिका, युरोप, जापान, जर्मन, फ्रान्स, बेलायत, रुस, अष्ट्रेलिया, नेदल्याण्ड, बेल्जीय, उत्तर कोरियासंग जोडिन्थ्यो । तर अहिले आएर समयले कोल्टो फे¥यो । ताकी ती देशको नाम सुन्दासाइत मान्छेको शरिर फुलेर आउँछ भने गएका मान्छेहरु पनि त्यहाँको कोरोना भाइरसको आतंङ्गले गर्दा कसरी बच्ने र आफ्नो देशमा कसरी फर्किने भन्ने सोचमा छन् । सुख–सयलमा आफ्नो देश, आफ्नो मात्रृभूमि विर्सेकाहरुले अब सम्झन थालेका छन्– आपूm जन्मिएको काख, आपूm खेलेको पाखा–रेखा, डाँडा–काँडा, ठाउँ–थलो ! कोरोना भाइरस(कोभिड–१९) ले अल्पविकसित देशभन्दा विकसित देशमा जरो गाडेर बसेको देखिएको छ । विश्वको सबैभन्दा शक्तिसम्पन्न देश अमेरिकालाई अहिले कोरोनाले हायलकायल पारेको छ भने त्यहाँको मुलधारको राजनीति बोकेर शासन सत्ता चलाएका डोनाल्ड ट्रम्पको आगामी दोस्रो कालको राष्ट्रपति पद पनि धरापमा पर्ने निकै सम्भावना छ ।
एकतिर आफ्नै जनता दिनहुँजसो कोरोनाको कारणले गर्दा पन्ध्रसयदेखि लिएर तीनहजारको हाराहारीमा मरिराखेका छन् भने अर्कोतिर ट्रम्प चीनको उछिट्टो काढनमा व्यस्त देखिन्छन् । जतिसुकै चीनको विरुद्ध ट्रम्प खनिए पनि चीनले सुने पनि नसुने जस्तो गरिराखेको छ भने विश्व मानव समाजलाई कसरी कोरोनाबाट मुक्त गराउने भनेर एकतर्फी रुपले सोचिराखेको छ । अहिले अमेरिकी जनताको अवस्था नियाल्ने हो भने विरह लाग्दो छ ! अमेरिका मात्र होईन, सारा युरोपका जनताहरु त्राहीमान छन् । मान्छे नमरेको, आई–आफन्त नगुमाएको दिन छैन । अब सायदः अमेरिकन जनता, स्पेनिस जनता, इटालियन जनता, बेलायती जनताका आँखाको आँसुको पोखरी पनि सुुकेको होला ! विश्वको एक कुनाको एक देशमा मात्र भए पो हुन्छ, सारा संसारभर त्यस्तै हाहाकार पारेको छ, यो कोभिड–१९ जातको भाइरसले ! हुन तः मान्छेले यस्तो अवस्था भोगेको अहिले मात्र होइन, आजभन्दा १०२ बर्ष पहिले अर्थात सन् १९१८ मा स्पेनिस फ्लू नामको भाइरसले यस्तै तहल्का मच्चाएको रहेछ । कमसेकम अहिले त सानो–तिनो भए पनि अस्पताल छ, थुप्रै डाक्टरहरु छन् , थुप्रै स्वास्थ्यकर्मीहरु छन् , जनताहरु आपैmमा शिक्षित छन्, जानेका छन् बुझेका छन् । कुन रोगको लक्षण कस्तो हुन्छ, त्यसको निराकरण र उपचार कसरी गर्न पर्छ भन्ने कुरा तत्कालै संचारको साधनबाट थाहा–पत्तो लाग्छ । त्यसबेला त्यो भाइरसको कारणले गर्दा कम्तिमा संसारभर पाँच करोडदेखि दशकरोड जनताले ज्यान गुमाएका थिए ।
त्यसबेला त अहिलेको जस्तो न त संचारको साधनहरु मोवाइल, टि.भी. नेट, इन्टरनेट, पत्र–पत्रिका पाईन्थ्यो ! कति भयावहको स्थिति भयो होला त्यो बेला ! इतिहासमा पढ्न पाईन्छ, त्यो भाइरसले त्यसबेला अहिलेको जस्तै हाहाकार पारेको थियो । भनिन्छ, त्यो स्पेनिस फ्लूले संक्रमित गरेको र मरेको विश्वका देशहरुमध्धे भारत पाँचौ राष्ट्रमा पर्द थियो । त्यसबेला एन्टिबायोटिक भन्ने रोग प्रतिरोधात्मक औषधि बनेको थिएन । मान्छेहरु जम्मै जडिबुटीमा विश्वास गर्थे । त्यसको भरमा बाँचे भने बाँचे नत्रभने कालको मुखमा जानु परथ्यो । फ्लू भाइरसको कारणले ज्यान गुमाएका लासहरु भारतको गंगा नदीको किनारमा यत्र–तत्र छरिएका थिए रे ! भनिन्छ लास जलाउने दाउरा नपाएर अलि–अलि झलापि लास गंगा नदीमा फालिन्थ्यो रे ! अहिलेको जस्तै त्यसबेला पनि सरकारी पक्ष, विभिन्न संघ–संस्था सबैलाई आवहान गरेर त्यो रोगको विरुद्ध एकजुट भएका थिए रे ! यी दुवै महामारी पैmलनुको विचमा एक शताब्दिको अन्तर भए पनि दुवै रोगबीचमा विभिन्न समानताहरु पनि देखिन्छ । यो बर्तमान अवस्थामा हामीले धेरै आवश्यक कुराहरु हाम्रा पुर्खाले भोगेको त्यो फ्लू भाइरसको अनुभवबाट सिक्नु पर्छ !
मान्छे नमरेको रात छैन, दिन छैन । कोरोनाको विरामीले अस्पताल भरिएको छ । आमा–बाबा मरेको छ, छोरा–छोरी भेटन जान्न, छोरा–छोरी मरेको छ, आमा–बाबु भेट्न जान्न । स्वास्नी मरेको छ, लोग्ने भेट्न जान्न, लोग्ने मरेको छ, स्वास्नी भेट्न जान्न । कसको लास कहाँ गाडिएको छ थाहा छैन । चिहान खनेर गाड्ने, घाटमा लहेर जलाउने त कुरै हरायो । विरामी छ भनेर घरको, छरछिमेकको आइआफन्त भेट्न जाने पनि हरायो । मानवीय नाता दर्साउने कुरा पनि हरायो । अस्पताल र क्वारेन्टाइनमा दिनहुँ जसो विरामी मान्छे र कोरोनाको शंकास्पद मान्छेले भरिन थालेको छ । मान्छेमा भएको मानवीय नाता पनि हराउन थालेको छ । कहिले नमर्ने अजम्बरी लिएर आएजस्तो गर्ने व्यापारीहरुले यसैबेला मौका छोप्दै छन् । दिनहुँ प्रयोग हुने खाना, औषधिमा मुल्य बढाएर धन कमाउन थालेका छन् । राहतको नाममा आएको रकमबाट सामान खरिद गर्दा कति कमिसन आउँछ भनेर सरकार चलाउने मन्त्रीहरु कुर्चीमा बसेर औंला भाच्दैछन् । विदेश गएका जनताहरु लकडाउनमा फसेर बाटा–बाटामा भोकै–नाङ्गै रुखको छहारीमुनि सुतेका छन् । अब त उनीहरु कोरोनाले भन्दा भोकले मर्न लागिसके । उनीहरुको उद्दारमा सरकारले कानमा तेल हालेर बसेको छ ।
विश्वभर विपत्तिले छाएको छ ! मृतक आमा–बाबुको सम्झनामा छोरा–छोरी रोएको छ ! हुन पनि अति भैसक्यो । पहिले–पहिले त यो रोग बुढा–बुढी र बाल–बच्चालाई धेरै जोखिम छ भन्थे ! के–को होस् सबै उमेरकालाई संक्रमित गर्दो रहेछ, मार्दो रहेछ । अझ वैज्ञानिकहरुले त यो रोगले बर्षा र हिउदको समयमा आफ्नो रुप बदलेर आउँछ भन्छन् । त्यो मात्र कहाँ हो र ! वैज्ञानिकहरुले त यो रोग ई.स. २०२४ सम्म पनि रहन सक्छ भन्छन् । त्यसबेलासम्म यो रोग रहिराख्ने हो भने विश्वमा बाँचेका मान्छेहरुको के गति होला ! यो रोगले धनी–गरिब, ठूलो–सानो कोही भन्दो रहेनछ । झुप्रो र छाप्रो, दरबार र महल भन्दो रहेनछ ! सबैलाई एउटै मुङ्ग्रोले हान्दो रहेछ । अहिले अमेरिका, स्पेन, इटाली, फ्रान्स, बेल्जीयम, रुस, बेलायत, युरोपको के गति होला ! मानवीय संवेदना, मानवीय पीर–व्यथा सबैको एउटै हो । मर्ने र बाँच्ने कसैको ठेगान छ्रैन । विश्वभर आर्थिक मन्दी ल्याई दिएको छ । अब त मान्छेहरु कोरोनाले भन्दा भोकले मर्लान भन्ने डर भयो ! मान्छे भोको भयो भने उसले मानवता विर्सन्छ ! धर्म–कर्म विर्सन्छ ! नीति–नियम उलङ्घन गर्छ ! नैतिकता विर्सन्छ ! किनभने उसलाई भोेकैै मर्नुबाट बाँच्नु छ !
भोकको रिसमा उसले आफ्नो लागि, जहान–परिवारको लागि चोर्न पनि सक्छ ! अन्तमा केही नलागे राज्य विरुद्ध हतियार उठाउन पनि सक्छ ! विरोधको साथै विद्रोह गर्न सक्छ ! यो अवस्थामा मानवीय धर्म नविर्सौ ! पुरानो रिस–इवी साँढेर बदलाभावको नाटक मञ्चन नगरौं । नाटक मञ्चन गरेमा लोकले के भन्ला भनि लोकको डर–त्रास र इज्जतको ख्याल गरौं ! त्यो पश्चिमाहरुको दुःख हाम्रो घरभित्र पनि नछिर्ला भनि सकिन्न । भरखर–भरखर पाइलो टेक्न सुरु गरिसकेको छ ! यसबेला मान्छे चिन्ने र चिनाउने समय हो ! कोरोना(कोभिड–१९) ले मान्छेको ज्यान मात्र लिएको छैन् । बाँचेका र बचाएकाहरुलाई थुप्रै पाठ पनि सिकाएको छ । कोरोनाको अध्यारो पाटो मात्र नहेरौं । यसको उज्यालो पाटो पनि हेरौं ! विश्वमा त्यसरी मान्छे मरेको सुन्दा कम्जोर आत्मा हुने मान्छे त त्यसै पनि मर्न सक्छ ! “स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टि सबैभन्दा ठूलो सम्पत्ति हो, विश्वास नै सबैभन्दा ठूलो सम्बन्ध हो” । “मान्छे अनुहारले होईन, व्यवहारले चिनिन्छ, मान्छे शुन्दर्ताले होईन इमान्दारिताले चिनिन्छ, मान्छे तागत्ले होईन, सहनशिलताले चिनिन्छ, मान्छे सुनले होईन गुनले चिनिन्छ, मान्छे धनले होईन, मनले चिनिन्छ” भन्ने कथनलाई हामीले यस दुःखद् घडीमा कहिले नविर्सौ !
“मित्रता भनेको हात र आँखाको जस्तो सम्बन्ध हुनुपर्छ, जब हातमा चोट लाग्छ, आँखाले आँसु बगाउँछ, जब आँखाले आँसु बगाउँछ हातले पुच्छ” । यो अवस्थामा यो कुरो कहिले नभुलौं ! विश्व बन्धुत्वको नाता जोडौं ! एकअर्काको दुःखमा साथ दिऔं ! विश्वभरका सबै दाजु–भाइ, दिदी–बहिनी एक हौं ! साँझा शत्रुलाई पराष्ट गरौं ! अहिले कोरोना भाइरसले विश्वको २ सय पन्ध्र देशमा संक्रमित गरिसकेको छ । नेपालबाट थुप्रै नेपालीहरु कुनै धनले पुगेर सुख खोज्न विदेशमा सयर गर्न गएका छन् भने धेरैजसो नेपालीहरु आफ्नो देशमा बेरोजगार भएर रोजगारी खोज्न विदेश गएका छ । तिनीहरु मध्धे विदेशमा अहिले नेपालीहरु पाँचहजार दुईसय सर्चालिस कोरोना भाइरसबाट संक्रमित छन् भने त्रिहत्तर जनाले ज्यान गुमाई सकेका छन् । विदेशमा त्यसरी उनीहरुले ज्यान गुमाई सक्दा यहाँ नेपालमा कोरोनाको संक्रमित एकसय एक पुगिसकेको छ भने मृत्यू अभैm भएको छैन । यसको कारण नेपालमा बस्नेलाई कोरोनाले नछुने, विदेश जानेलाई मात्र कोरोनाले भेट्ने र ज्यानै खाने भनेको होईन कि कमसेकम आफ्नो जन्मभूमिलाई माया गर्न सिकेको भएता कोरोनाले मरे पनि दुःखजिलो गरेर बाँचे पनि आफ्नै देशमा मरिन्थ्यो, आफ्नै देशमा दुःख पाइन्थ्यो भन्न मात्र खोजेको हो ।
यो विपद्को घडीमा कसलाई के भन्ने ! देश छोडेर विदेशीयकाहरुलाई अहिले कतिपय देशका सरकारहरुले कोरोनाको कारणले गर्दा नोकरीबाट निकालिदिएको छ भने घरमालिकले डेराबाट निकालि दिएको छ । यस्तो अवस्थामा थुप्रै नेपालीहरु अहिले विदेशको भूमिमा भोकै, नाङ्गै बाटा–घाटा सुतिराखेका छन् ! नेपाल सरकारलाई हामीलाई उद्दार गर भनि गुहारिराखेका छन् । नेपाल सरकारले उनीहरुको दुःख–पीडा बुझ्दैन् । कानमा तेल हालेर बसिराखेको छ । स्वयम् देशका जिम्मेवार प्रधानमन्त्री वलीले बाहिर देश गएका नेपालीलाई ल्याउने होईन, कोरोना भाइरस आउँछ भन्ने अभिव्यक्ति दिन्छन् भने अरुको त झन् के कुरा गर्ने ! कोरोना भाइरसको निहुँमा देशै लकडाउन गर्दा बाटामा लकडाउनमा फसेका र परिश्रम गरेर खानेहरु बजारमा दाल, चामल, तरकारी नपाउँदा भोक–भोकै बसेकाहरुलाई राहत बाड्दा त सरकार विपक्षीहरुलाई जेलमा हाल्यो भने त्यो भन्दा माथि उठेर जनताको सेवा गर्छु भन्नेहरुको के हालत होला !
हाम्रो सरकार कस्तो रहेछ भन्ने कुरो स्वयम् दुःख पाएका जनताले बुझ्ने कुरो हो । कोरोना भाइरसको मौका छोपेर कहिले पनि नमर्ने भैm गर्ने तस्करहरुले तस्करीको धन्दा अगाडि बढाएर धन कमाउने सुरमा छन् भने त्यहीखालका कुनै–कुनै व्यापारीहरुले सामानको अभाव भएको भन्ने निंहुँमा मुल्य बढाएर धन कमाउने बाटो रोजेका छन् । सत्तामा बसेका सरकारका जिम्मेवार मन्त्री महोदयहरु नै कोरोना भाइरस रोकथामको लागि खरिद गरेको स्वाथ्य सामाग्रीमा कमिसन खाने रोल खेल्छन् भने अरुको के कुरा गर्ने ! यो विपद्को घडीमा सबैले सोचौं, बुझौं । पुराना रीस–ईवीलाई थाति राखेर एकजुट बन्दै, सरकारको नीतिनियमलाई पालना गर्दै आपूm पनि बचौं ! अरुलाई पनि बचाऔं ! बाँचिऊ भने जे–जे गर्ने हो गरौंला ! मानवीय धर्म, मानवीय नातालाई नभुलौं !!


सम्बन्धित पोस्टहरू

Top