बिहिबार, बैशाख ६, २०८१ | Thursday 18th April 2024

लायन्स क्लब अफ प्युठानद्वारा निर्मित प्रतिक्षालयको उद्घाटन


प्युठान,१५ असोज ।
लायन्स क्लब अफ प्युठानद्वारा प्युठान नगरपालिका वडा नम्बर ४ जुम्रीमा निर्माण गरिएको प्रतिक्षालयको उद्घाटन गरिएको छ । लायन्स क्लब अफ नेपालका  एम.जे.एफ. डिस्टिक गर्भनर लायन सम्भु नकर्मीले उद्घाटन गर्नुभएको हो । क्लवमा आवद्ध सदस्यहरु र विभिन्न व्यक्तिहरुको सक्रियतामा प्रतिक्षालय निर्माण गर्न गरिएको हो । जिल्लामै मानिसहरुको चहलपहल हुने प्युठान नगरपालिका वडा नं ४ जुम्रीमा प्रतिक्षालय निर्माण गरिएको लायन्स क्लब अफ प्युठानका अध्यक्ष बालाजु श्रेष्ठले बताए । प्रतीक्षालय निर्माण पश्चात ब्यक्ति बस्नका लागि सहज होस भन्ने विश्वास लिएको उनको भनाई छ । लकडाउनका समयमा खाली समय पारी हामीहरुले सामाजिक क्षेत्रमा काम गरेका हौ, उनले भने,–‘प्रतीक्षालय निर्माण पश्चात यस क्षेत्रको सौन्दर्यता संगै आवातजावत गर्ने व्यक्तिलाई बस्नमा सहज हुनेछ । ’कोरोना संक्रमणका कारण सरकारले गरेको बन्दाबन्दीका समयमा केही नयाँ सामाजिक काम गरौ भन्ने उदेयले करिब दुई लाख रुपियाँ लगानीमा प्रतिक्षालय निर्माण गरिएको हो । त्यस्तै क्लव मार्फत नयाँबजार जुम्रीमै एउटा रूखमा गमला सहितका फुलहरु सजाइएको छ । रुखमै नेपालको झण्डा समेत बनाईएको देख्न सकिन्छ । यसले हरियाली संगै बजारकै सौन्दर्यता थप्ने अध्यक्ष श्रेष्ठले बताए ।


त्यस्तै लायन्स क्लब अफ प्युठानको आयोजना तथा डिस्टिक गर्भनर  नकर्मीको प्रमुख आतिथ्यतामा होटल आयुष्मा जुम्रीमा भिजिट कार्यक्रम समेत सम्पन्न भएको छ । लायन्स क्लब अफ प्युठानका अध्यक्ष बालाजु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लबका विभिन्न जिम्मेवारीमा आवद्ध लायन्सहरु, जिल्लाका सदस्यहरु, पूर्व अध्यक्षहरु लगाएतको उपस्थिती रहेको थियो ।


लायन्स क्लब अफ प्युठानले आफुले गर्ने कार्यको समेत कार्ययोजना बनाएको छ । लायन्समा आवद्ध सदस्यहरुले ३/३ महिनामा रक्तदान गर्ने, ६ महिनामा नेतृत्वविकास तालिम सञ्चालन गर्ने समेत योजना बनाईएको क्लबका कोषाध्यक्ष झविन्द्र शर्माले बताउनुभयो ।  त्यस्तै क्लबले जिल्लामा एसी सहितको एम्बुलेन्स सञ्चालन गर्ने समेत योजना बनाएको छ । लायन्स क्लव अफ बिगत १० बर्षदेखि जिल्लामा सामाजिक क्षेत्रमा काम गर्दै आएको एक अन्र्तराष्ट्रिय संस्था हो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top