Invalid Conversion Type | Friday 5th June 2020

कोरोना नियन्त्रण हो कि कमिशनको खेलो ?


Hamroekata १६ चैत्र २०७६

सुशील पोखरेल
दिन दुई गुना रात चौगुना भने झै कोरोना भाइरस (कोभिड १९) को संक्रमण बिश्वभर तीब्र रुपमा फैलिंदो छ । हाम्रो उत्तरी छिमेकी मुलुक चीनको बुहानबाट फैलिएको कोरोना युरोप अमेरिका हुँदै बिश्वका २ सय राष्टमा फैलिइसकेको छ । कोरोनाले त्रस्त र आक्रान्त बनेको आजको बिश्व परिवेशमा यसबाट मुक्ति पाउनका लागि बिभिन्न मुलुकहरुले आ आफनै तरीकाले अभ्यास गरिरहेको देखिन्छ । दक्षिण कोरियाले आम कोरियाली नागरिकको स्वास्थ्य «परिक्षण गर्ने र संक्रमित भएका ब्यक्तिको तत्काल उपचार गर्ने ढंगको अभ्यास थालेका छन् भने अधिकांश मुलुकले लकडाउन गरेर संक्रमित हुन नदिने मोडल अपनाएको देखिन्छ । यो चिनिया मोडालिटी हो । चीनले थालेको यो प्रयास उसका लागि मात्र होइन आज बिश्वका अधिकांश मुलुकले यै तरीका सिको गरेका छन् ।

यतिवेला तुलनात्मक रुपमा सवैभन्दा बढी मानवीय क्षेती बेहोरिरहेकोयुरोपियन मुलुक इटालीमा केही समय अगाडि अन्र्तराष्ट्रिय रेडक्रस टोली त्यहाँ पुग्यो । त्यो रेडक्रस टोलीको मुख्य उद्धेश्य इटालीको लकडाउनको प्रभावकारिता वा त्यहाँको अवस्था अध्ययन गर्नु थियो । बिश्वको बिकसित मुलुकको रुपमा मानिने इटालीमा सरकारले जसरी लकडाउन गरिरहेको थियो यद्यपी अहिले पनि चलिरहेको छ । यता त्यहाँका नागरिक भने लकडाउनको स्प्रिट पक्रन सकेनन् या महत्व बुझेनन् वा सरकारले घोषणा मात्र गर्यो जनतालाई बुझाउन सकेन । सामुहिक खानपान, भिडभाड, घुमफिर, मनोरञ्जन जस्ता साविकका दिनमा हुने गतिबिधिका दृश्य देखेर रेडक्रस टोलीर्ले यस्तो पनि लक डाउन हुन्छ’ भनेर फर्केको थियो । लकडाउनलाई सही रुपमा बुझ्न र पालना गर्न नसक्दा आज इटालीले सवै भन्दा बढी मानवीय क्षेती ब्यहोर्नु परेको अवस्था छ भने अझै कस्तो परिस्थितीको सामना गर्नु पर्ने हो सोचनीय बिषय छ । कोरोनाको उदगम चीनको बुहान मात्र होइन सिंगो चीनभर गरिएको लकडाउनको सफल अभ्यासबाट त्यो चिनिया मुलुकले कोरोनालाई करीब करीव पन्छाई सकेको छ अहिले । यता बिश्वकै आफूलाई सवैभन्दा शक्ति सम्पन्न ठान्ने अमेरिकाले कोरोना समस्यालाई सामान्यीकरण गरी आफ्नो दम्भ र दादागिरी प्रस्तुत गर्दै आएपनि अन्ततः अमेरिकी राष्टपति टम्पले चिनिया राष्टपति सी जीन संग सहकार्य गरेर अगाडि बढ्नु पर्ने खांचो औल्याइसकेको छ ।

यसरी भएका यी अन्र्तराष्टिय अभ्यासको सरोफेरोमा नेपालले पनि गत चैत्र ११ गतेदेखी लकडाउन गरिरहेको छ । लकडाउन लम्बिदैछ भने समस्या गहिंरिंदैछ । कोरोना नियन्त्रणका लािग विश्वका अभ्यासहरु अघि सार्दै सरकारले प्रयास त गरेको छ तर कोरोनाले कुन रुप लिने हो ? भन्न सकिने अवस्था छैन । नितिगत तहमा संघीय सरकारले एउटा दृष्टिकोण पस्केको छ । कोरोना नियन्त्रणका लागि मुलुकको सम्पूर्ण शक्ति यहाँका राजनिितक दल, कर्मचारीतन्त्र, सुरक्षा निकाय, मिडिया लगायत सवै एक ठाँउ उभिएको देखिन्छ तर बिडम्वना ः नेपालमा बिपदको बेलाको फाइदा उठाउने त्यो गलत मानसिक प्रबृति अझै अन्त्य हन सकेको छैन । दुखका साथ भन्नै पर्छ जवजव मुलुकमा बिपद देखा पर्छ तव तव मानवीय सेवा र उद्धारका नाममा जनताका सेबकको परिचय पत्र लिएका कतिपय लुुुटेराहरुबाट ब्यक्तिगत धन सम्पतीको जोहो गर्ने खेलो शुरु हून्छ । यो चाहे बाढी पिडितको नाममा होस, आगलागि पििडतका नाममा या भूकम्प पिडितको उद्धारको नाममा होस्, साँच्चिकै हामी नेपाली दृष्टिकोणमा कति गरीव छौं भन्ने कुरा यी यस्ता घटना परिघटनामा देखिएका भोगाईबाट प्रष्ट हुन्छ ।

यस सन्दर्भमा २०७२ सालको बिनासकारी भूकम्पको बेला घरवार गुमाएकाहरुलाई जस्तापाता बितरण प्रक्रियामा घोटाला भए । जस्तापाता भूकम्प पीडितले भन्दा गैर पिडित ब्यक्तिहरुले फाइदा उठाएका खवरहरु आए । जो रक्षक उही भक्षक भने झै राजनीतिक आवरणमा देखिने, सामाजिक भूमिका प्रदर्शन गर्न खोज्ने एउटा तप्काले त्यतिबेला ठूलो फाइदा लुट्यो । ठिक अहिले हामी नेपाली अर्को बिपत्तीको सामना गर्दैछौ अहिले सम्मको अवस्था हेर्दा तुलनात्मक रुपमा हामी त्यति जोखिममा छैनौ तर जोखिम निम्तिइरहेको छ र यसका लागि बिपद सर्तकताको पूूर्व तयारीमै छौ । यो बिषम परिस्थितीमा कोरोनाको संक्रामक भय एकातिर छ भने अर्कोतिर कतिपय लुटेराहरुबाट कमाउधन्दाका लागि बुढी मरी भन्दापनि काल पसेको जस्तो भान हुन थालिसकेको छ । गएको २ दिन अगाडि मात्रै प्रदेश नं २ मा कोरोना स्वास्थ्य परिक्षण गर्ने उपकरण खरिद प्रक्रियामा २५ लाख पर्ने उपकरणलाई १ करोडको मोलमोलाई र बार्गेनिंग गरिएका समाचार आए यस्तै अहिले औषधी खरिद प्रक्रियामा पनि कतिपय ब्यक्तिबाट कमिशनका आँखा गाडिएका छन् । यस्तै स्थानीय सरकार प्रमुखज्यूहरुको सक्रियतामा भएका काम कार्वाहीमा पनि थुपै्र प्रश्न उठेका छन् । बिपद तयारीकै ढाँचा र तौरतरीका हेरौं, मास्क बितरणको तौर तरिका , क्वारेण्टाइन निर्माण र त्यसको प्रयोजन त्यस्तै प्रचारात्मक तथा अन्य तयारीका नाममा हुने अनियमितता । हेर्दा लाग्छ हामीमा मानवीयता हराउदै गएको छ र मानबीय सेबाका नाममा स्वार्थको गिद्धे दृष्टिले काम भइरहेको सचेत नागरिक समुदायमा अनुभुती भइरहेको छ ।

सर्तकताका लागि मुलुकमा ७६१ सरकारहरु क्रियाशील छन् । ब्यवहारिक कार्यान्वयनका दृष्टिले यसमा सवैभन्दा मुख्य भूमिका स्थानीय सरकारहरुबाट हुनुपर्ने हुन्छ । प्यूठानकै प्रसंग जोडौं यहाँका कतिपय स्थानीय तहहरुले सफल र राम्रो भूमिका प्रदर्शन गरिरहेका छन् । लामो समय सम्म लकडाउनले मुलुक ठप्प हुँदा सर्वसाधारण जनताको दैनिकी कष्टकर बन्दैछ । यो अप्ठयारो घडीमा घरघरमै खाद्यान्न पुरयाउने निर्णय र तयारीले जनता आश्वस्त भएका पनि छन् । ती स्थानीय तहहरुले बिदेशबाट आएका ब्यक्तिहरुलाई घरमै पुगेर काउन्सिलिंग.गरेका छन् साथै बिपन्न परिवारको आर्थिक अवस्था अनुसार महिना दिन वा १५ दिनका लागि राहत बितरणको पहल थालिनु सकारात्मक पक्ष हो तर कतिपय पक्ष र जनप्रतिनिधि भने राहतलाई राजनीतिक दलगत स्वार्थ संग जोडेर बितरण गर्ने र सस्तो लोकप्रियताको प्रचारबाजीमा लागेको देखिन्छ । राहत बितरण पनि बास्तबिक बर्ग छनोट र पारदर्शी ढंगले हुनु पर्ने हुन्छ तर जनप्रतिनिधिहरुले आफ्ना आसेपासेलाई संगै हिडाल्ने र ती आसेपासेहरुले जसलाई भन्छन् उनीहरुलाई राहत दिने, बर्गमा छनौट गर्दा कतै बिगतमा बेरोजगारीहरुको सुचिमा धनि बर्गहरु समावेश भए जस्तै यो राहत पनि बोल्नेको पिठो विक्ने नबोल्नेको चामल नविक्ने भने जस्तै त होइन ?यतिवेला आम जनमानसमा प्रश्न उठ्न थालेको छ । जनतालाई राहत मात्र नभएर स्वास्थ्यकर्मीहरुले प्रयोग गर्ने विभिन्न सुरक्षा सामाग्री ,सरसफाईका सामाग्री खरिद गर्ने कार्यमा पनि पारदर्शिता हुनु जरुरी छ । स्थानीय तहहरुले यतिवेला बढि भन्दा बढि जनता केन्द्रित क्रियाकलापहरु सञ्चालन गर्नु अहिलेको मुख्य आवश्यकता हो । कतिपय ती स्थानीय तहहरुले गाउँगाउँमा गई कोरोनाको यो संकट खेपेका जनताका लागि आसा एवं सहानुभुतिका किरणहरु छरे पनि जिल्लाको केन्द्र भागमा रहेका स्थानीय तहले गरेका काम कार्वाही भने चित्त बुझ्दो नभएको गुनासा उठेका छन ् । गाउँगाउँमा बिदेशबाट आएकाहरुको जमघट छ । भेटघाट, हिडडुल, सामुहिक खानपिन मनोरञ्जन, जुवातास सवै चलेको छ तर सयौंका संख्यामा निर्माण गरिएका क्वारेण्टाइन अहिले सम्म रित्तै छन् । जनप्रतिनिधिहरुको सक्रियतामा लगत लिए जस्तो पनि गरिएको छ तर काम कुरो एकातिर कुुम्लो बोकी भने झै निर्माण गरिएका क्वारेण्टाइनहरु अहिले सम्म प्रयोजनबिहिन छन् । बुझ्नु पर्ने कुरा भोली कुनै आप्रबासी १ जनाको कारणले मात्रै पनि गाउँमा संक्रमण देखियो भने यसको दोषी को ? बुझ्नै पर्ने कुरा नेपालमा अहिले संक्रमितको संख्या ५ पुगीसकेको छ बिदेशबाट आएकाको प्रभावकारी जाँच तथा उचित ब्यबस्थापन भएको भए अहिले यो संक्रमितको संख्या थपिने थिएन जस्तै धनगडीमा देखिनु , भर्खरै बागलुंगकालाई देखिनुले आप्रबासीहरुको स्वास्थ्य जाँच कति प्रभावकारी रहेछ भन्ने स्पष्ट हुन्छ त्यसैले अहिले भारतीय भुमीबाट आएकाहरुका लागि प्रबन्ध नगंिरदा यी सयौंका संख्यामा बनेका यी क्वारेण्टाइनको औचित्य के ? जनता अल्मलाउन र भूलाउनका लागि हो ? या निर्माण गर्ने अनि केही दिन पछि भत्काउने र कमिशनका बील बनाउनका लागि हो ? आज इटालीमा रेडक्रस टोलीले देखेको र भोगेको अवस्थालाई नेपालमा पनि निरन्तरता दिने हो भने यो लकडाउनको औचित्यता के रहने ? जनप्रतिनिधिका अगाडि यक्ष प्रश्न सोझिएको छ ।

यसर्थ अहिले जीवनकै सवैभन्दा विपदको घडिमा हामी छौ यो अवस्थामा एकातिर कोरोनावाट मुलुकलाई मुक्त गर्नु छ भने अर्कोतिर कोरोना नियन्त्रणका नाममा गरिने चाहे राहतको विषय होस वा क्वारेन्टाइनको विषय होस ,चाहे औषधि तथा सामाग्री खरिद प्रक्रिया होस यस संग जोडिएका हरेक पक्षमा कुन स्थानीय तह वा निकायले के कसरी काम गरीरहेको छ यसलाई नागरिक स्तरवाट निगरानी गरिनु जरुरी छ ता की कोरोना नियन्त्रणको नाममा कमिसनको खेल नहोस । जनताले पनि अहिलेको यो संकटकालिन अवस्थामा खवरदारी तथा निगरानीका साथै सरकारले जनताको सुरक्षाको लागि चालेका कदमहरुलाई साथ दिनु जरुरी छ ।


सम्बन्धित पोस्टहरू

Top