शनिबार, बैशाख ८, २०८१ | Saturday 20th April 2024

प्यूठानमा २५ हजार बालबालिकालाई खोप लगाइदै


राधिका भुसाल
प्यूठान । ‘दादुरा–रुबेला खोप अभियान २०७६’ प्यूठानमा पनि सुरु हुदैछ । नेपालबाट दादुरा–रुबेला रोग पूर्ण रुपमा निवारण गर्ने लक्ष्यका साथ सुरु भएको खोप अभियानमा प्यूठान जिल्लाबाट २४ हजार ८ सय २४ बालबालिकाहरुले खोप लगाउने छन् ।
बच्चा जन्मेको ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई नछुटाई दादुरा–रुबेला खोप लगाउने स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ । नेपालमा वि.स. २०३४ साल देखि विसिजी खोपबाट खोप अभियान सुरु भएसंगै बाल मृत्युदर घटेको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदीले बताए । “लक्षित वर्गलाई पूर्णरुपमा खोप पु¥याउन खोप ऐन नियमावली जारी भइसकेको छ”– स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख सुवेदीले भने–“नेपाल सरकारले सन् २०२३ सम्म दादुरा रोग नेपालबाटै निर्मुल गर्ने लक्ष्य लिएको छ ।” नियमित खोप अन्तरगत एउटा बच्चाले जन्मेदेखि १५ महिनासम्म ७ वटा खोपहरु लागाउनु पर्ने भएता पनि नेपालको तथ्यांक हेर्दा ७८ प्रतिशत पुर्ण, २१ प्रतिशत आंशिक र १ प्रतिशत बालबालिकाले एउटा खोप पनि नपाएको उनले बताए । नेपालमा वार्षिक ६ लाख बालबालिकाहरुले खोप लगाउनु पर्ने तथ्यांक छ यसमध्ये एक प्रतिशतले एउटा खोप पनि नपाएको उनले बताए ।
दुई चरणको खोप अभियान
देशभर सुरु भएको दादुरा–रुबेला खोप अभियानको पहिलो चरणमा प्रदेश नम्बर ५ परेको छ । प्रदेश भित्रका जिल्लाहरुमा खोप अभियान चलिरहदां प्यूठान जिल्लालाई पनि २ चरणमा विभाजन गरी खोप अभियान सुरु गर्न थालिएको हो । ९ स्थानिय तह रहेको प्यूठानमा फागुन ७ देखि १५ गतेसम्म पहिलो चरणमा गौमुखी गा.पा, झिमरुक गा.पा., नौ बहिनी गा.पा. र मल्लरानी गा.पा.का बालबालिकाले खोप लगाउने छन् भने दोस्रो चरणमा प्यूठान न.पा., स्वर्गद्धारी न.पा., ऐरावती गा.पा., माण्डवी गा.पा. र सरुमारानी गा.पा. रहेका छन् । फागुन १८ देखि २६ गतेसम्म यि ५ वटा स्थानिय तहका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय प्यूठानले जानकारी दिएको छ । प्रत्येक महिनाको २ देखि ६ गते सम्म नियमित खोप कार्यक्रम सञ्चालन हुने भएकोले ७ गते दिने दादुरा खोप अभियान सञ्चालन गरिएको समेत सुवेदीले बताए । जिल्लाभर ४ सय ५५ खोप केन्द्रबाट बालबालिकालाई खोप लगाइने छ । जिल्लाको स्वास्थ्य संस्थाको अवस्था बारे डा. शान्त बहादुर रोकाले जानकारी गराएका थिए ।
‘खोप बाहेक कुनै उपचार छैन’
सामान्यतय ५ वर्ष मुनिका बालबालिकाहरुमा धेरै देखिने दादुरा छिटो सर्ने संक्रामक रोग हो । दादुराको रोग बाट बच्चे एउटै उपाय खोप भएको स्वास्थ्य प्रमुख विशालले बताए । “दादुराको कुनै उपचार छैन खोप बाहेक”– विशालले भने–“यो सरुवा रोग भएकाले एउटै मान्छेबाट छिटै धेरैमा सर्ने गर्छ र महामारीको रुप लिन सक्छ ।” दादुरा–रुबेला रोगले अन्धोपन, पखाला, कानको संक्रमण, निमोनिया, मस्तिष्कमा संक्रमण हुने लगायतका बालबालिकामा जटिलता देखिने उनले बताए । खोप बाहेक अन्य कुनैपनि औषधी उपचार नभएकाले बालबालिकालाई जसरी भएपनि पुर्ण रुपमा खोपको मात्रा दिनु पर्ने बताउदैं समयमै सचेत नभए बालबालिकाको मृत्यु हुने समेत बताए ।
मंगलबार स्वास्थ्य कार्यालय प्यूठानले जिल्ला स्थित कार्यालय प्रमुख, जनप्रतिनिधि र सञ्चारकर्मीहरुलाई अभिमुखीकरण कार्यक्रमको आयोजना गरी ‘दादुरा –रुबेला खोप अभियान २०७६’ बारे जानकारी गराएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top