Invalid Conversion Type | Tuesday 19th November 2019

पाँच वर्षिय केशरको जन्मदिन सुकुम्बासी परिवारसंग


Hamroekata २५ कार्तिक २०७६

सागर रिजाल 
प्युठान,२५ कार्तिक ।
प्युठान नगरपालिका–२ क्वाडीका केशर पौडेलले आफ्नो पाँचौ जन्मदिन एक सुकुम्बासी परिवारसंग मनाएका छन् । केशरका बुबा खगेश्वर पौडेलले प्युठान नगरपालिकाको कार्यालय नजिकै खेलकुदमैदानमा टहरा बनाई बस्दै आएका सुकुम्वासी खुमबहादुर (रविन्द्र) राउतका छोराछोरीलाई लत्ताकपडा र स्टेशनरी सामाग्री प्रदान गरि छोराको जन्मदिन मनाईदिएका हुन् । खुमबहादुरका दुई छोरा र एक छोरीलाई एक÷एक थान ट्याकसुट, एक÷एक थान टोपी, एक÷एक थान जुत्ता, एक दर्जन कपी ,सिसाकलम र परिवारका लागि बलाङ्गकेट राउतको परिवारलाई प्रदान गरिएको थियो । करिब पाँच हजार बराबरको सामाग्री सुकुम्वासीको परिवारलाई वितरण गरिएको पौडेलले जानकारी दिए ।
केहि दिन अगाडी देखी मिडियामा पुगेका सुकुम्बासी परिवारको विचल्ली देखेर आफ्नो छोराको जन्मदिनको अवसरमा सहयोग प्रदान गरेको केशरका बुबा खगेश्वर पौडेलले बताए ।  पाँच वर्षिय केशरले क्वाडीमा रहेको पब्लीक वोडिङ्गमा एल.के.जी तहमा अध्ययन गर्दछन् ।जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको सट्टा केहि सामाजिक काम गर्ने उदेश्यले सामाग्री प्रदान गरेको उनले बताए । स्थानिय यूवा नेता मधुर शर्मा, पत्रकार केशर रोका, सागर रिजाल लगाएतको उपस्थितीमा उक्त सामाग्री प्रदान गरिएको हो ।


ऋण तिर्न नसक्दा यस्तो भयो खुमबहादुरको परिवार
२०२६ सालमा ऐरावती गाउँपालिका २ (साविक बरौला गाविस) हरियाटारीमा खुमबहादुर भनिने (रविन्द्र) को जन्म भयो । उनी जन्मीएको केहि वर्षमै उनीहरुको जग्गा साहुले लग्यो । हजुरवुवाले छिमेकि साहुसंग लिएको ऋण तिर्न नसक्दा साहुले भएभरको घरजग्गा र सम्पति हडपेपछि राउत परिवारको उठिवास लागेको थियो । त्यसपछि मावली गाउँ किट हुदै हाँल उनीहरु खेलमैदान पछाडी बस्दै आएका छन् । उनी सुकुम्बासी भएर बस्न थालेको ३० वर्ष पुगिसकेको छ ।
जाडो मौषम शुरु भएसंगै यो परिवारलाई समस्या हुदै आएको छ । चिसो मौषममा लगाउने र ओडने ओछ्याने कपडा नहुँदा समस्या परेको हो । जस्तापाताको छाना मुनी चिसो भोईमा बस्ने राउतको परिवारलाई जाडोले चुनौति दिएको हो । भनेजस्ता कपडाहरु लगाउन नपाउँदा छोराछोरीहरु पढन समेत नगएको खुमबहादुरले बताए । उनले आफ्नो परिवारलाई सहयोग गरिदिन समेत आग्रह गरेका छन् । खुमबहादुरसंग आफ्नी साशुपनि बस्दै त्यही टहरोमा बस्दै आएकी छिन् ।
जन्मदिन मनाउने संस्कार वढ्यो
प्युठानमा पछिल्लो समय जन्मदिन दुखीपिडीतलाई राहत प्रदान गरि मनाउने संस्कारको विकास भएको छ । कसैले अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण गरि त कसैले दुखी,पिडीतलाई राहत प्रदान गरि जन्मदिन मनाएको देख्न सकिन्छ । फजुल खर्च गर्नुको साटो दुखी गरिबलाई सहयोग गरि जन्मदिन मनाउने संस्कारले उनीहरुलाई राहत प्रदान हुने यूवा नेता मधुर शर्माले बताए । तडगभडग गरि मनाउनुभन्दा स्थानिय स्तरमा रहेका दुखी पिडीतलाई खोजि जन्मदिन मनाउन सुझाव उनले दिए । साथै उनले जन्मदिनका अवसरमा सहयोग गर्ने संस्कारको समेत विकास गर्नुपर्ने बताए ।


सम्बन्धित पोस्टहरू

Top