Invalid Conversion Type | Monday 10th August 2020

स्वर्गद्धारीमा ‘उपमेयर कोसेली कार्यक्रम’


Hamroekata २ माघ २०७६

स्वास्थ्य संस्थामा सुत्ेकरी हुने महिलालाई उपहारै उपहार

प्युठान,२ माघ ।
स्वर्गद्धारी नगरपालिकाले चालु आर्थिक वर्ष ०७६÷०७७ मा ‘उपमेयर कोषेली कार्यक्रम’ सञ्चालन गरेको छ । नगरक्षेत्रभित्रका गरिब,विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने महिला गर्भवती तथा सुत्केरी महिलाहरुको लागि सहयोग पु¥याउने उदेश्यले यो कार्यक्रम सञ्चालन गरिएको हो । गत साउनबाटै यो कार्यक्रम शुरु गरिने भनिएतापनि पुस २८ गतेबाट कार्यक्रमको शुभारम्भ भएको छ । २८ र २९ गरि दुई दिनसम्म पालिकामा रहेका सात वटै स्वास्थ्य संस्थामा पुगेर कोसेली वितरण गरिएको छ ।
कार्यक्रम मार्फत स्वास्थ्य संस्थामा सुत्केरी गराउने महिलालाई झोला वितरण गरिएको छ । झोला संगै सुत्ेकरी महिलालाई हाईजनिक किटर, सेनेटरी प्याड, नेलकटर, तुथपेष्ट, ब्रस, बेबी बक्स, बेबी आयल, डेटोल साबुन, डेटोल झोल गरि ९ प्रकारका सामाग्रीहरु वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले जानकारी दिए ।
१९२ जनालाई कोसेली वितरण
दुई दिन सम्म चलेको कार्यक्रममा एक सय ९२ जना सुत्केरी महिलालाई कोसेली सामाग्री वितरण गरिएको छ । कोचिवाङ, स्वर्गद्धारी,बर्जिवाङ , भिग्री, सारी र सोत्रे स्वास्थ्य संस्थामा कार्यक्रम गरि कोसेली वितरण गरिएको हो । उपमेयर गोमा रेग्मी,स्वास्थ्य संस्था व्यवस्थापन समिति अध्यक्ष एंव वडा अध्यक्ष, स्वास्थ्य शाखा प्रमुख, स्वास्थ्यकर्मी लगाएतको उपस्थितीमा कोसेली वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए । स्वास्थ्य संस्थामा संस्थागत सुत्केरी भएका महिलाहरुलाई कोसेली वितरण गरिएको हो ।
ग्रामिण क्षेत्रमा सर्वेक्षण गर्दा सुत्केरी महिलाहरुले प्रसस्त मात्रामा पोषणयुक्त खानेकुरा नखाएको र व्यक्तिगत सरसफाई नगरेको समस्या पाईएकाले यो कार्यक्रम सञ्चालन गरिएको उपमेयर रेग्मीले बताईन् । ग्रामिण क्षेत्रका महिलाहरुमा यो समस्या विकराल छ, नगरउपमेयर रेग्मीले भनिन,–‘समस्या समाधान गरि सुत्केरी महिलालाई टेवा पु¥याउने उदेश्यले यो कार्यक्रम अगाडी वढाएका हौँ । ’ यस कार्यक्रम मार्फत सुत्केरी महिलाले दुई हजार पाँच सय बराबरको सामाग्री पाएको उनले बताईन् । जसवाट प्रत्यक्षरुपमा महिला दिदीवहिनीहरु लाभान्वीत हुने आशा नगरपालिकाले ल्याएको छ ।

कोसेली लिन आएका सुत्ेकरी महिलाहरु
गर्भ जाँच गराउँदानै पाईने
यो भन्दा अघि सेभ चिल्डेनको सहयोगमा गर्भ जाँच गराउँदा गर्भवती महिलाले कोसेली पाएका थिए । तर चालु आवमा यो कार्यक्रम सकिएपछि उपमेयर कोसेली कार्यक्रम मार्फत नै गभ जाँच गराउने महिलालाई कोसेली वितरण गरिने स्वास्थ्य शाखा प्रमुख केसीले बताए । उनका अनुसार अब गर्भ जाँच गराउँदा कोसेली दिईने छ । पहिलो पटक गर्भ जाँच गराउँदा(४ महिना) एक केजी चना, नेलकटर, दोस्रो पटक गर्भ जाँच गराउँदा (६ महिनामा) तुथपेष्ट र तुथब्रुस, तेस्रो पटक गर्भ जाँच गराउँदा (८ महिनामा) साबुन र काईयो , चौथो पटक गर्भ जाँच गराउँदा (महिना) मा एक केजी नुन र टर्चलाईन प्रदान गरिने केसीले जानकारी दिए । त्यस्तै महिला सुत्केरी भईसकेपछि एक क्यारेट अण्डा, आयूवेदिक, सतावणी चुडा, दशमुल तेल र यातायात खर्च एक हजार रुपिँया समेत प्रदान गरिने स्वास्थ्य शाखा प्रमुख केसीले बताए । मंसीर सम्म स्वास्थ्य संस्थामा गर्भवती हुने एक सय ९२ महिलालाई कोसेली वितरण गरिएको छ भने असारसम्म अझै तीन सय महिलालाई वितरण गर्ने लक्ष्य राखिएको छ । उपमेयर कोशेली कार्यक्रमका लागि नगरपालिकाले आर्थिक वर्ष ०७६÷०७७ मा २० लाख रुपिँया बजेट विनियोजन गरेको नगरउपमेयर रेग्मीले जानकारी दिईन् ।


सम्बन्धित पोस्टहरू

Top