शुक्रबार, चैत्र १६, २०८० | Friday 29th March 2024

बादीकोटमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन


प्युठान, २१ मंसीर 
झिमरुक गाउँपालिका–२ बादीकोट स्वास्थ्य चौकीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सनराईज युथ क्लव बादीकोट र रेडियो स्वर्गद्धारीको ८८.४ मेघार्हज विजुवारको आयोजना तथा न्यू सुश्री मेडिकल हल विजुवार प्युठान तथा डा. सौरभ आचार्यको आयोजना शिविर सञ्चालन गरिएको हो । शनिवार एक सय १० वर्षिय जेष्ठ नागरिक पुतला खत्रिको स्वास्थ्य जाँच गरेर शिविरको उद्घाटन गरिएको थियो । एक सय १० वर्षिय खत्रिले गाउँमै आफनो रोगको उपचार हुँदा खुसी व्यक्त गरिन् । शुल्क तिरेर उपचारका लागि टाढा जानुपथ्यो, उनले भनिन्,–‘ आज घरमै पुगि ऐम्बुलेन्सले स्वास्थ्य संस्थासम्म ल्याएर उपचार गर्न पाए ।’ दातको समस्या भएकी उनको डा. सौरभ आचार्यले चेक जाँच गरेका थिए । जेष्ठ नागरिक खत्रीले आगमी दिनमा पनि यस्ता निशुल्क शिविर सञ्चालन गर्न आग्रह गरिन् ।
निशुल्क शिविरमा यस क्षेत्रका सुगर, थाईराइड, युरिकेसिड, ग्यास्टिक लगाएतका बिरामीहरुले सेवा लिएका छन् । भिडियो एक्सरे, ल्याब, ओपिडी सहितको शिविर यस क्षेत्रमा पहिलो पटक भएको रेडियो स्वर्गद्धारीका स्टेशन म्यानेजर बिमल प्रसाद पोख्रेलले बताए । उनका अनुसार आफनो लामो प्रयासमा यस ठाउँमा शिविर सञ्चान भएको हो ।
तीन सय ३५ जनाले लिए सेवा
शनिवार विहान ८ बजेदेखी साझ ७ बजेसम्म चलेको निशुल्क शिविरमा तीन सय ३५ जना बिरामीले सेवा लिएका छन् । शिविरमा पुरुष भन्दा महिलाको उपस्थिति रहेको थियो भने बालबालिका,अंपागता भएका बिरामीहरुले समेत स्वास्थ्यउपचार गराएका थिए । डा. सौरभ आचार्यले , छवि खड्का बादीकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी, स्थानिय क्लनीक सञ्चालन गरेका डांक्टरहरुले बिरामीको चेक जाँच गरेका थिए ।
कंकाई नगरपालिका दुुई झापा स्थायी ठेगाना भएका डा. सौरभ आचार्यले दुर्गम क्षेत्रका बिरामीलाई निशुल्क उपचार गर्नु राम्रो पक्ष भएको बताए । गत चैत्र महिनादेखी न्यु सुश्री मेडिकलमा कार्यरत डा. आचार्यले आर्थिक अभावकै कारणले उपचार हुन् नसकेका यस क्षेत्रका बिरामीहरुलाई यो शिविरले ठूलो योगदान गरेको बताए । आगामी दिनमा पनि शिविर सञ्चालन गर्ने उनले बताए । शिविरमा लामो समयसम्म उपचार नभई घरमै बसेका बिरामीहरुको पनि चेकजाँचका लागि आएका थिए । दुर्गम गाउँमा निशुल्क शिविर मार्फत उपचार गराएका स्थानियहरु खुसी भएका थिए । यस स्वास्थ्य संस्थामा ल्याब र एक्सरे सेवा हुने हो भने आगामी दिनमा उपचारका लागि सहज हुने डाक्टरहरु बताउछन् ।

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top