Invalid Conversion Type | Tuesday 19th November 2019

. यूवा अभियान्ता बस्नेतले सुकुम्वासी परिवारसंग जन्मदिन मनाय


Hamroekata २३ कार्तिक २०७६

सागर रिजाल 
प्युठान,२३ कार्तिक ।
प्युठान नगरपालिका–४ जुम्रीका यूवा सामाजिक अभियान्ता हरि बस्नेतले आफ्नो जन्मदिन एक सुकुम्वासी परिवारसंग मनाएका छन् । प्युठान नगरपालिकाको कार्यालय नजिकै खेलकुदमैदानमा टहरा बजाई बस्दै आएका सुकुम्वासी खुमबहादुर राउतको परिवारलाई बस्नेतले वलाङकेट र म्याट प्रदान गरि जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा फजुल खर्च गर्नुको सट्टा केहि सामाजिक काम गर्ने उदेश्यले सामाग्री प्रदान गरेको बस्नेतले बताए । उनले जाडो मौषमलाई मध्यनजर गरि बलाङकेट र म्याट प्रदान गरेका हुन् । नेपाल पत्रकार महासंघका उपाध्यक्ष एलबी थापा, सचिव विजयसिंह भारती, यूवा नेताहरु विशाल खड्का, आकाश भण्डारी, प्रचण्ड खड्का लगाएतको उपस्थितीमा सुकुम्वासी परिवारलाई उक्त सामागी प्रदान गरिएको हो ।
साहुले जग्गा लगेपछि सकुम्वासी
२०२६ सालमा ऐरावती गाउँपालिका २ (साविक बरौला गाविस) हरियाटारीमा खुमबहादुरको जन्म भयो । उनी जन्मीएको केहि वर्षमै उनीहरुको जग्गा साहुले लग्यो ।त्यसपछि उनी सुकुम्वासी बने । घरजग्गा नभएपछि उनी मावली चेरनेटा नजिक किट गाउँमा बस्न थाले । मावली पछि उनी प्युठान नगरपालिकाको क्वाडीमा सानो टहरो बनाएर बसे । जग्गा जमिन केहि नभएका उनले सरुमारानी गाउँपालिकाको कुडुलेबाट विहे भयो । उनका तीन भाई छोरा र एक छोरी छन् । एक छोरा नेपालगञ्जमा बस्दै आएको र अरु छोरा छोरी आफुसंगै बस्दै आएको खुमबहादुरले बताए । छोराछोरीहरु नजिकैको कार्कीडाडाँ विद्यालयमा पढ्ने समेत खुमबहादुर बताउछन् ।


लेबर काम गरेर गुजारा चलाउदै
राउत दम्पतीले लेबर काम गरेर दैनिकी चलाएका छन् । खुमबहादुरले माछा मार्ने र उनकी श्रीमती तिला राउतले लेबर काम गरि परिवारको गुजारा चलाएका छन् । सरकारले बच्चाबच्चीलाई निशुल्क पढाईदिएपनि जग्गा जमिन संगै घर नहुँदा आफुहरुलाई समस्या भएको खुमबहादुर बताउछन् । नगरपालिका छेउमै भएपनि आफुहरुलाई केहि सहयोग नगरेको उनीहरुको गुनासो छ । नगरपालिकामा सहयोगका लागि गयौ, खुमबहादुरले भने,–‘तर अहिलेसम्म केहि पाएका छैनौ ।’
खुमबहादुर दमको विरामी भएपछि पछिल्लो समय श्रीमतीले मात्रै आर्थिकको जोहो गरेकी छिन् । श्रीमती तिला भन्छिन्,–‘श्रीमानले पाल्ने बेला मैले आफै श्रीमान र केटाकेटी पाल्न परेको छ । ’ राउत परिवारले सहयोगको याचना समेत गरेका छन् ।


सम्बन्धित पोस्टहरू

Top