Invalid Conversion Type | Thursday 23rd January 2020

प्युठानमा गौमुखीबाट भम्रणवर्षको शुरुवात गरिदै


Hamroekata २४ पुष २०७६

 

प्युठान, २४ पुस ।
प्युठानमा आगामी माघ एक गते भ्रमण बर्षको शुभारम्भ पर्यटकीस्थल गौमुखीमा गरिने भएको छ । नेपाल भ्रमण बर्ष २०२० को जिल्ला स्तरीय पर्यटन प्रवद्र्धन समितिको बुधबार बसेको बैठकले गौमुखी गाउँपालिकाबाट भ्रमण बर्षको शुभारम्भ गर्ने निर्णय गरेको हो । भ्रमण बर्षका जिल्ला संयोजक तथा समन्वय समितिका प्रमुख केशवराज आचार्यको अध्यक्षतामा उक्त बैठक सम्पन्न भएको हो । जिल्लामा भएका पर्यटकीयस्थलहरुलाई प्रवद्र्धन गर्नको लागि विभिन्न कार्ययोजना समेत बनाईएको छ । अहिले जिल्लामा प्रदेश सरकार मार्फत पर्यटकीयस्थल स्वर्गद्धारीमा अभिषेकका लागि पाँच लाख र गौमुखीमा माघ एक गते गरिने भ्रमण बर्षको उद्घाटन कार्यक्रमका लागि एक लाख सहयोग प्राप्त भएको संयोजक आचार्यले बताए । समितिको बैठकले गौमुखीमा गेट निमार्ण हेल्पडेक्स निमार्ण, शुरक्षा संवेदनसिलता लगाएतका कुराहरुमा छलफल भएको उनको भनाई छ । एक गते हुने शुभारम्भ कार्यक्रमका अबसरमा जिल्लाका स्थानीयतहका प्रमुख, वन डिभिजन कार्यालयका प्रमुख, राजनितिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, शुरक्षा प्रमुख, पत्रकार आम सरोकारवाला निकायहरुको सहभागितामा कार्यक्रम गर्ने योजना रहेको उनले बताए । भ्रमण बर्षलाई लक्षितगरी जिल्लामा भएका पर्यटकीस्थलको प्रचारप्रसारको जिम्मा पत्रकार महासंघलाई दिएको संयोजक आचार्यले बताए । धर्मिक तथा पर्यटकीय तिर्थस्थलका हिसाबले स्वर्गद्धारी पछिको तीर्थस्थल गौमुखी हो । गौमुखी गाउँपालिका–२ अर्खाको लेखमा पर्ने गौमुखीमा स्थानिय कला संस्कृतीसंग रम्न, पर्यटकीय स्थलकको अवलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन् । झिमरुक नदीको उद्गम स्थल गौमुखी हो । गाईको मुखको आकारबाट पानीको वहाव शुरु हुने ठाउँका रुपमा गौमुखी परिचित मानिन्छ । विकट ठाउँमा रहेको गौमुखी पर्यटकीय हिसाबले अत्यन्तै सुन्दर ठाउँ र मनोमोहक दृश्यको अवलोकन गर्न सकिन्छ ।
गौमुखीमा पर्यटन प्रवद्र्धनका लागि समिति गठन
गौमुखी गाउँपालिकाले गाउँपालिका स्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी संयोजक रहने गरी ११ सदस्यीय नेपाल भ्रमण बर्ष २०२० गाउँपालिका स्तरीय पर्यटन प्रवद्र्धन समितिको गठन गरिएको हो । जस्को सदस्यहरुमा डोर बहादुर राना, गोवद्र्धन थापा, सिताराम थापा, मधु जि.सी., सुमित्रा गौचन, ज्ञानुमाया के.सी., जनक के.सी., कृष्ण प्रसाद पौडेल, मित्र बहादुर थापा र सदस्य सचिव गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थी रहेका छन् । गाउँपालिका स्तरमा रहेका पर्यटकीय गन्तब्यहरुको प्रचार प्रसार, प्रवद्र्धन तथा नेपाल सरकारले थालेको नेपाल भ्रमण बर्ष २०२० लाई प्रभावकारी बनाउनका लागि गाउँपालिका स्तरमा पर्यटन प्रवद्र्धन समिति गठन गरेको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले बताए । गाउँपालिका गाउँपालिमा माघ १ गते हुने गौमुखी मेलाबाट भ्रमण बर्षको भव्य रुपमा सुभारम्भ गरिने तयारी गरेको छ । गौमुखी माघी मेलाको अवसरमा हुने भ्रमण बर्षको अभियानको कार्यक्रमलाई व्यवस्थीत गर्न उपसमिति गठन गर्ने वडा स्तरीय डोर बहादुर रानाको संयोजकत्व गठन गर्न जिम्मेवारी दिइएको छ । गौमुखीको बिशेषता कलाकौशल,भेषभुषा र संस्कृती हुन् । कृषि र पशुपालन गौमुखी क्षेत्रका बासिन्दाको मुख्य पेशा हो । उत्तरी प्युठानको बाग्लुङसँग सीमा जोडिएको गौमुखीबाट निस्केको पानीले नुहाएपछि मागेको पुग्ने विश्वास छ । जोडा नभएकोलाई जोडा हुने, छोराछोरी नभएकोलाई छोराछोरी हुने , बिरामी भएको मान्छे त्यहाँ पुगेर दर्शन गर्यो भने निको हुने विश्वास रही आएको छ जनविश्वास रहिआएको छ । यहाँ प्यूठान, रोल्पा, गुल्मी बाग्लुङ र अर्घाखाँचीका तीर्थयात्री नुहाउनकै लागि आउने गर्छन् । मुक्तिनाथ पुगेका तीर्थयात्री गौमुखी आएर नुहाएर स्वर्गद्वारीतर्फ लाग्ने गर्छन् । गौमुखीमा गाईको दुधको धार दिईन्छ । त्यस्तै शान्ती प्राप्ती गर्नका लागि परेवा उडाउने,फलफुल चढाउने, बाटेका दाम्ला चढाउने चलन रहेको स्थानीयहरुको भनाई छ ।

 


सम्बन्धित पोस्टहरू

Top