Invalid Conversion Type | Tuesday 31st March 2020

जिल्ला सहकारी संघको नेतृत्वमा विष्णु


Hamroekata २७ पुष २०७६

राधिका भुसाल
प्यूठान । जिल्ला सहकारी संघ लिमिटेड प्यूठानको नयाँ नेतृत्वमा चयन भएको छ ।
संघको सातौं साधारण सभा तथा तेस्रो अधिवेशनले विष्णु योगीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका छन् । जसको उपाध्यक्ष राधा अधिकारी, सचिव एमप्रसाद पाण्डे र कोषाध्यक्ष पदमा निरज सुवेदी सर्वसम्मत चयन भएका हुन । सदस्यहरुमा टुक बहादुर रोका, सुशील पोखरेल, विकाश केसी, टिकाराम पोख्रेल, राधा पुलामी, कल्पना जिसी र जुमान सिंह केसी रहेका छन् । त्यस्तै लेखा समिति संयोेजकमा गंगालाल विष्ट सदस्यमा हेमराज भण्डारी र सस्वती जिसी चयन भएका छन् भने केन्द्रिय प्रतिनिधिमा माधवराज भण्डारी र प्रदेश प्रतिनिधिमा पद्मा पण्डित निर्विरोध निर्वाचित भएका हुन ।
शनिवार विजयलक्ष्मी महिला सहकारी जुम्रीका भएको साधारण सभामा बोल्दै प्यूठान नगरपालिका प्रमुख मेयर अर्जुन कुमार कक्षपतिले प्रत्येक पालिकामा एक एक वटा मात्र सहकारी बनाउनु पर्ने बताए । “सहकारीहरु मर्ज गरी राम्रो, सक्षम र जनतालाई सेवा पु¥याउन सक्ने खालको सहकारी सञ्चालन गर्नु पर्छ”– कक्षपतिले भने–“सहकारीहरु संख्यामा मात्र वृद्धि भएका छन् तर गुणात्मक छैनन् ।” सहकारीहरुले राम्रो उदेश्यका साथ कार्यक्रम बनाएर आएमा नगरपालिकाले सहयोग गर्ने उनले बताए । जिल्लामा सञ्चालित सहकारीहरु लाई संस्थागत गर्दै कानुनी रुपमा बलियो र सक्षम बनाएर लैजान जरुरी रहेको मेयर कक्षपतिको भनाइ छ ।
संघका अध्यक्ष जिवलाल न्यौपानको अध्यक्षमा भएको कार्यक्रमको सञ्चालन सचिव राधा अधिकारले गरेकी थिइन ।


सम्बन्धित पोस्टहरू

Top