Invalid Conversion Type | Tuesday 19th November 2019

ऐतिहासीक डल्ले सराय मेला, पुण्यखोला विजयी


Hamroekata १३ कार्तिक २०७६

सागर रिजाल
प्युठान,१३ कार्तिक ।
एकलाख राशीको डल्ले सरायँ नाँचको पुरस्कार प्युठान नगरपालिका –७ स्थित पुण्यखोलाले हासिल गरेको छ । बुधवार विजुवार पुण्यखोलामा भएको प्रतियोगितामा १० समूहलाई पछाडी पार्दै यूवाहरुको समूह प्रथम भएको हो । द्धृतिय थापडाडा, कार्कीडाडा र तृतिय स्थान सापडाडाँ समूहले हात पारेको छ । विजयी द्धृतिय र तृतिय हुने समूहलाई क्रमशः ७५ हजार र ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको छ । सहभागी अन्य समूहलाई २०÷२० हजार रुपैयाँ प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरिएको छ ।
प्युठान नगरपालिकाको आयोजनामा सरायँ प्रतियोगिता गरिएको थियो । पुण्यखोला, सारीवाङ, पाण्डेडाँडा, जुम्रिकाडा लगाएतका स्थानीयले समेत सरायँ प्रदर्शन गरेका थिए । नेपाली पोशाक, पञ्चेबाजा, बाद्यबादन, नृत्यको तालमेललाई आधार मानेर विजयी समूह छनौट गरिएको मूल्यांकनकर्ता टंकबहादुर खड्काले बताए । डल्ले सरायँ जिल्लावासीको पहिचानसँग जोडिएको छ । झण्डै सातसय वर्ष पहिलेदेखि जाँट बंशीय राजाको राक्षसी स्वभाव विरुद्ध जनताले तरवार उठाएको घटानासँग सरायँनाच जोडिएको छ । विभिन्न क्षेत्रबाट तरबार लिएर आएका जनताले राजाको मृत्युवरण गरको सम्झनामा मौलो बनाएर हरेक वर्ष डल्ले सरायँ निकालिने गरिन्छ ।
प्यूठान नगरपालिकाले यसवर्ष डल्ले सरायँका लागि पाँचलाख रुपैयाँ बजेट विनियोजन गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले बताए । सरायँलाई नगरपालिकाको साँस्कृतिक पर्यटन क्षेत्रमा डल्ले सरायँलाई विशेष प्राथमिकता दिएर नीति, तथा कार्यक्रम बनाएको नगरप्रमुख कक्षपतिले बताए । तिहारको भोलीपल्ट लाग्ने डल्ले सराय मेला हजारौले अवलोकन गरेका छन् । जिल्ला संगै छिमेकी जिल्लाका स्थानिय समेत मेलाको अवलोकनका लागि आएका थिए ।
किवदन्ती उल्लेख गर्दै पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष सुशील पोखरेलले करिब ६ सय वर्ष अर्थात १२ औँ शताब्दीतिर प्युठानको भित्रीकोट राज्यमा एउटा राक्षसी प्रवृतिको जाड राजाले जनतालाई निकै दुःख दिएको र जाडको आंतकबाट जनताहरुले त्रसित जीवन बिताउन परेको थियो । त्यसैले जाडको विनास गर्ने योजना बनाउदै जनताहरु एकबद्ध भई जाडलाई मान्न खुडा, खुकुरी लिएर लड्न थाले जाडलाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित क्षेत्रपालसम्म ल्याए । त्यस ठाउँबाट लखेटदै विजुवारको डल्लेमा ल्याई जाँडको अन्त्य भएको भन्दै डल्लेमा मेला लाग्दै आएको हो ।

महिलाले तरबार नचाएपछि ……..


प्युठान नगरपालिका–५ जुम्रीकाढाका महिलाहरुले तरबार नचाएका छन् । तिहार पछि लाग्ने डल्लेमेलामा उनीहरुले महिलाहरु के कम पुरुष सरह काम गर्न सक्छन भन्दै तरबार नचाएका हुन् । डल्ले मेलामा महिलाहरू तरवारसंग खेल्न थालेपछि दर्शकहरू अचम्मित परेका थिए । लामो समयदेखीको इतिहास बोकेको डल्ले सराय मेलामा पुरूषको मात्रै सहभागीता देख्दै आएका दर्शक महिला पनि तरवार छोपेर उफ्रिन थालेपछि दंग परेका हुन् ।
जिल्लाकै ऐतिहासिक डल्ले सराय मेलामा सहभागी १० टिम मध्ये पिमा भुसालको एक समुह महिला सराय खेलेका थिए थिए । २०७३ सालमा पहिलो पटक यस मेलामा सहभागी भएका जुम्रीकाढाका महिलाहरु त्यसपछि निरन्तर मेलामा सहभागी हुँदै आएका छन् । महिलाको नौलो प्रस्तुति देखेपछि मेला हेर्न आएका अधिकांश दर्शकहरूको ध्यान महिलाको सराय नृत्य मै केन्द्रीत थिए । गुनियो चोलीमा सजिएर हातमा तरवार लिएर मैदान उत्रिनु त्यति सहज नभएको सराय नाँचमा सहभागी ददा भुषालले बताईन् । उनले भनिन,‘ महिलाहरूको लागि हिम्मत र साहसयुक्त कदम हो ।’ महिलाहरुलाई कमजोर ठान्ने हाम्रो समाजलाई महिलाहरु पनि साहसी छन् भन्ने देखाउन आफु सराय नाचेको उनले बताईन् । पछिल्लो समय महिला सराय नाँच प्रदर्शन हुने भएपछि दर्शकहरुको पनि चासो बढ्न थालेको छ । ऐतिहासिक डल्ले सराय मेलामा सोरोठी भैलो, मारुनी नाँच, देउसी भैलो प्रस्तुत गरिएको थियो ।


सम्बन्धित पोस्टहरू

Top