Invalid Conversion Type | Tuesday 19th November 2019

विपन्न परिवारका १० छोरीलाई छात्रवृति


Hamroekata २० कार्तिक २०७६

सागर रिजाल
प्युठान, १९ कार्तिक ।
छिमेक लघुवित्त वितिय संस्था लिमिटेड शाखा कार्यालय प्युठानको आठौ वार्षिक इकाई भेला मंगलवार सम्पन्न भएको छ । संस्थाका जिल्ला शाखा प्रवन्धक अनिल आलेको अध्यक्षता तथा विभागिय प्रमुख निरन्जन अर्याल प्रमुख आतिथ्यता र क्षेत्रीय प्रमुख श्री कृष्ण जोसीको विशेष आतिथ्यतामा भेला गरिएको थियो ।
भेलामा समिक्षा गोष्ठी, आगामी दिनमा संस्थाले ल्याउने नयाँ कार्यक्रमका विषयमा छलफल गरिएको जिल्ला शाखा प्रवन्धक आलेले बताए । त्यस्तै संस्थामा आवद्ध मध्य उत्कृष्ट ईकाइमा छनोट भएका मध्येका विपन्न, गरिब परिवारका १० जना सदस्यका छोरीलाई छात्रवृति प्रदान गरिएको छ । छोरीहरुलाई पढनमा सहज होस भन्ने उदेश्यले संस्थाले छात्रवृति दिदै आएको समेत जिल्ला प्रवन्धक आलेले बताए । प्रति छोरीका लागि नगद रु दुई हजार चार सयका दरले छात्रवृति वितरण गरीएको थियो । छात्रवृति पाउनेमा संगिता जिएम, सुनिता केएम, निर्मला सुनार, भिमसरी पुन, रेखा रावंत, शिर्जना सुवेदी, उर्मिला दमाई, श्रृष्टि जिसी, सलिना पुन र अनिता विक रहेका छन् ।

जिल्लामा एक सय ३० वटा ईकाइमा दुई हजार तीन सय ६१ सदस्य रहेका छन् । त्यस्तै संस्थाले १० उत्कृष्ट्र ईकाइलाई समेत सम्मान गरेको छ ।


सम्बन्धित पोस्टहरू

Top