शुक्रबार, चैत्र १६, २०८० | Friday 29th March 2024

मृतकका परिवारलाई बिमा रकम हस्तान्तरण


प्युठान,१७ असोज ।
प्युठानमा बिमा कम्पनीले झिमरुक गाउँपालिका -४ बस्ने मृतक गुमान बहादुर रोकाका परिवारलाई बिमा बाफतको रकम हस्तान्तरण गरेको छ । शुक्रबार झिमरुक गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष टीका बहादुर जिसीले मृतक गुमानबहादुर रोकाको परिवारलाई २ लाख ६६ हजारको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरण गर्दै उनले भने,हरेक नागरिकले आफ्नो खर्च कटाएर भएपनी बिमा गर्नु आवश्यक भएकोले यस तर्फ ध्यान दिन स्थानीयलाई आग्रह गरेका छन् । ठूलो सकिन्न भने सानो सानो रकमको भएपनि गर्नुपर्ने उनको तर्क थियो । मृतक गुमान बहादुर रोकाले बिमा गरेको ७ दिन भित्रै उनको हृदयघातका कारण मृत्यु भएको थियो ।

उनले बिमा शुल्क पहिलो किस्ता रकम २० हजार १ सय रुपैया कम्पनीलाई बुझाएको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्युठानकी एजेन्सी म्यानेजर (ए .एम) आस्था बिष्टले बताइन् । उनले २ लाख ५० हजार बराबरको सुरक्षित बिमा गरेर,बोनस सहित २ लाख ६६ हजार रुपैया बिमा कम्पनीले दिएको प्युठान शाखाका प्रमुख मदन राम्जाली बताए । हाम्रो गाउँ समाजमा अझै पनि बिमा गर्दा ठगिन्छुकी भन्ने भ्रम छ त्यो त्याग्नु पर्छ परिवारका सबै सदस्यले बिमा गर्नु पर्ने प्युठान शाखाका लेखा अधिकृत माधब पोख्रेलले बताए । मृतकका ५ छोरी छन् । श्रीमतीको एक वर्ष अघि खोलाले बगाएर मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस !



Deprecated: WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 5609

सम्बन्धित पोस्टहरू

Top