Invalid Conversion Type | Saturday 19th October 2019

प्युठानमा संगठीत हुदैँ बाख्रा व्यवसायी


Hamroekata १५ आश्विन २०७६

सागर रिजाल
प्युठान ।
पेशागत सुरक्षाको लागि भन्दै नेपाल व्यवसायी बाख्रा पालन जिल्ला संघ गठन गरिएको छ । प्युठान जिल्लाका नौ वटै स्थानिय तहमा यसको बिस्तार गर्ने संघका अध्यक्ष राम बहादुर एमसीले जानकारी दिए । विशेष गरेर किसानलाई लक्षित गर्दै संघ गठन गरिएको उनले बताए ।
हाँलसम्म संघले नौ स्थानिय तहमध्ये स्वर्गद्धारी नगरपालिका, प्युठान नगरपालिका, मल्लरानि गाउँपालिका , झिमरुक गाउँपालिका र नौवहिनी गाउँपालिकामा संघ गठन गरिसकेको छ । संघ गठन गर्नुका साथै बाख्रा पालन किसानसंग छलफल समेत गरिएको अध्यक्ष एमसी बताउछन् । संघले अन्य बाकी स्थानियतहमा पनि आउँदो कार्तिक सम्ममा संघ गठन गर्ने योजना बनाएको छ ।
संघले अहिले पत्येक बाख्रा पालन किसानको घरमा गएर उनिहरुको अवस्था, समस्या र सरकारबाट उपलब्ध भएको अनुदान वास्तविक किसानसम्म पुग्न सकेको छ कि छैन, किसानको हातसम्म त्यो अनुदान पुग्यो कि नाई भन्ने वारेमा छलफल गर्दै अगाडि वढेको संघले जनाएको छ ।
किसानको खोरसम्म पुग्दै गर्दा राज्यवाट पाउनुपर्ने सेवा सुविधा नपाउने गरेको गुनासोे र कृषि ऋण पनि पाउन समस्या हुदै आएको किसानहरुको भनाई रहेको अध्यक्ष एमसीले बताए । अनुदानको रकम पनि कागजमै सिमित भएको उनको भनाई छ ।
गाउँपालिकाहरुको सहकार्यमा अन्य जिल्लाका बाख्राको फर्मको अध्ययन अवलोकन गर्ने र त्यहाँको सिकाई जिल्लामा स्थापित गर्ने योजना समेत संघले बनाएको छ । संघले शनिवार झिमरुक गाउँपालिका भित्र रहेर व्यावसायिक रुपम बाख्रा पालन ब्यबसाय संचान गर्दै आएका व्यावसायिहरु संगठित गरेको छ । आफ्नो पेशागत सुरक्षाको लागि भन्दै नेपाल ब्यवसायिक बाख्रापालन झिमरुक गाउँपालिका संघ गठन भएको हो ।
बाख्रा पालनको लागि राज्यबाट पाउने सेवा सुबिधा व्यावसायिको आबश्यकता र माग भन्दा पनि जनप्रतिनिधिको नजिकको आफन्त नातेदारहरुलाई दिने गरेकोले खास व्यावसायि मर्कामा परेको नेपाल ब्यवसायिक बाख्रापालन संघका केन्द्रिय सदस्य सन्तोष केसीले बताए । उनले भने,–‘ब्यबसाय नै संचालन गरेको छैन तर उनीहरुले भनसुनको आधारमा अनुदान पाउँछन । ’ साथै उनले अब यसरी हाम्रोलाइ होइन राम्रोलाइ प्रोत्साहन गर्ने परिपाटीको बिकास गरि अगाडी वढने हो भने वाख्रा व्यवसायीहरु वढनुका साथै मनग्य आम्दानी समेत गर्न सकिने उनले बताए।


सम्बन्धित पोस्टहरू

Top