Invalid Conversion Type | Thursday 23rd January 2020

उप—निर्वाचनको एक अनुभुति


Hamroekata २१ मंसिर २०७६

इमानसिंह भारती
१४ मंसिर २०७६ मा देशमा रिक्त रहेका ५२ स्थानमा उप—निर्वाचन सम्पन्न भए । लामो समयदेखि अन्यौलग्रस्त नेपालको राजनीतिबाट मुक्त हुँदै यतिबेला लोकतान्त्रिक गणतन्त्रले संस्थागत रुप ग्रहण गरेको अनुभुति भयो । बारम्बार सरकार परिवर्तन भैरहने भएकोले समेत ढुक्कका साथ काम गर्ने वातावरण थिएन ।
यति बेला संघिय गणतन्त्रको संस्थागत विकाससंगै मुलुकलाई समेत ‘सम्मृद्ध नेपाल, सुखी नेपाली’ समेतको मुल नाराका साथ नेकपाको दुई तिहाईको सरकारले आफ्ना गतिविधि अघि बढाईरहेको छ । संघियताको अनुभव नभएको नेपालमा संघियताको कार्यान्वयनसंग भएको यो निर्वाचन पहिलो निर्वाचन हो ।
विगतका सरकारहरु विषेश गरि नेपाली काग्रेसले लामो समय सरकार सञ्चालन गर्दा भएका निर्वाचन र पञ्चायतमा भएका निर्वाचनका अवशेषले यो चुनावमा पनि राम्रै काम गरेको अनुभुति भयो ।
पञ्चायतमा सरकारी उम्मेद्वार भनेर सरकारको तर्फबाट सकेसम्मको सहयोग गरि निर्वाचन घोषणा गर्ने प्रचलन थियो । उसलाई जसरी पनि विजयी बनाउन केन्द्र सरकारले निर्देशन दिने प्रचलन थियो भन्ने चर्चा गरिन्छ । प्यूठानको सन्दर्भमा भन्दा चुँजाका खगेश्वर उपाध्यायलाई ०४३ को आम निर्वाचनमा १७ सय मतपत्र बदर भनी मतगणनामा रहेका उम्मेद्वारका प्रतिनिधिलाई समेत मतपत्र हेर्न नदिई अर्का तर्फ देखाउँदै ‘श्रीमान्’ भन्दा ‘बदर’ भनेको भन्ने शब्द खुुबै चर्चामा थियो ।
प्रजातन्त्र प्राप्ति पछिका कैयौँ पटक भएका निर्वाचनमा समेत बुथ नै कब्जा गरेका धेरै ठाँउका उदारण छन् । बुथ कब्जा गरेर आफ्नो मत दिन नपाउने त प्रत्यक्ष हस्तक्षेप थियो नै मनोबैज्ञानिक रुपमा त्रास कायम गर्दै मत दिन बाध्य पार्ने र आर्थिक वितरण गरि लोभ लालचमा मत प्राप्त गर्ने चलनले पनि संस्थागत रुप लिदै छ । यस्तै गतिविधि यो चुनावमा पनि महसुश गर्न पाइयो ।
मैले यो पटकको उप—निर्वाचनमा ऐरावतीको वडा नं. २ बरौलामा १० दिन मतदातासंगै रहेर नजिकबाट निर्वाचनलाई नियाल्ने अवसर प्राप्त गरे । निर्वाचन नजिकै आउदै गर्दा विकासका पुर्वाधारहरु मतदाताको घरघरमा पुगे । दाङवाङमा विधुत्तको पोल, तार बोकेको गाडी पुग्यो, मकै खेतिको अनुसन्धानको गाडी पुग्यो । नार्कबाट टोली बरौला उप—निर्वाचन नजिक आउँदै गर्दा घरघरमा टिन समेत वितरण गर्ने मतदाताले आश्वासन पाए । ति अहिले छन् कि छैनन् यसको जवाफ नेपाली कांग्रेसले नै दिन्छ होला त्यहाँका मतदातालाई ।
नगद वितरण नेपाली कांग्रेसले मात्र होइन रा.ज.मो.ले समेत वितरण गरेको पाइयो । एक घर परिवारलाई ५ देखि २० हजारसम्म, एक समुहलाई १ देखि डेढ लाख सम्म, एक मतलाई ५ सय देखि १ हजारसम्म हात हातमा निर्वाचन हुने स्थान अगाडीसम्म आचार संहिता उल्लङघन गर्दै गाडिमा ओसार्दै बाँडिरहेको दृष्य रोचक देखियो । माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोका नक्कली नेपाली कांग्रेस भएर जनताको घरमा पुग्दा ‘१० हजार पठाएको थिएँ, पाउनु भयो ?’ भन्दा ‘५ हजार मात्र पो छ त बाबु’ भनेर फिर्ता गरेका थिए, एकजना वृद्ध बरौलाबासीले ।
पैसा विना आफ्नै मतदाताले समेत अथवा कार्यकर्ताले समेत मतदान नगर्ने सस्कारको विकास भएको प्रत्यक्ष अनुभुति गर्न पाइयो । मौन अवधिमा समेत गाडी प्रयोग गरेर मतदातासम्म पुग्ने र धनका मुठाले प्रभावित पार्ने काम भयो । त्यो मात्र होइन त्यस्ता काममा स्थानीय प्रशासन समेत मौन अवधिमा मौन रहेको पनि अनुभुति भयो । लडाकुहरुको जत्था जम्मा गरेर विपक्षहरुलाइ ठिक पार्ने प्रचलनलाई सकेसम्म प्रतिकार गरेको दृश्य पनि पाइयो । यस्ता गतिविधिलाइ पहिलो खबरदारी गर्ने काम मतदाताले गरुन् र दोस्रो कानुनल दिएको अधिकारलाई पुर्ण पालना गरि स्थानीय प्रशासनले पनि यस्ता गतिविधिलाई निरुत्साहित गर्नुपर्नेमा अहिले पनि पुरानो प्रचलन दोहोरीएको प्रत्यक्ष अनुभव भयो ।
आम निर्वाचन सम्पन्न भए । सबै रिक्त स्थान पनि पुरा भएका छन् । केन्द्रिय सरकार र प्रदेश सरकारले भन्दा स्थानीय सरकारले जनताका विचमा प्रत्यक्ष प्रभाव पार्ने गरि विकास निर्माणका काम अगाडि बढाउन अव बोटो खुल्ला भएका छन् ।
पालिका प्रमुख र वडाप्रमुखका कामले नै संघिय गणतन्त्र जनताले प्रत्यक्ष अनभुति गर्न पाउने पद हुन । डोजर चलाएर बाटो निर्माण मात्र विकास होइन । समानुपातिक बिकासको अवधारणामा रहि ठुलो धनराशी स्थानीय तहमा प्राप्त छ त्यसले जनताको घरदैलोमा प्रत्यक्ष बिकासको अनुभुति हुनेगरी कार्य गर्न जरुरी छ ।
अव सबैको ध्यान स्थानीय बिकासमा दिन जरुरी छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्यूठानले यसै हप्ता पत्रकार सम्मेलन मार्फत केहि कुरा बाहिर ल्याएको छ । पार्टी केन्द्रलाई प्यूठान, जनमोर्चाको मात्र जिल्ला हो भन्ने मनोबैज्ञानिक प्रभावलाई हटाउने काम गरेको छ भने दुइवटा ठुला कम्यूनिष्ट पार्टीको एकता पछि पहिलो पटक कार्यकर्ता परिचालन गरेको छ । पार्टी संगठन मजबुत नभएसम्म कार्यकर्ता परिचालनमा समेत असर पुग्ने कुराको पनि राम्रो अनुभव प्राप्त गरेको छ भने उम्मेदवार पनि लोकप्रिय, बिकास प्रेमि र स्थानीय तह राम्रोसँग बुझेको हुनुपर्ने पाठ पनि सिकाएको छ । दुई पार्टी एकिकरण पछि ५० हजार मतदाता र ८ हजार संगठित सदस्य रहेको पार्टी भएको सो पार्टीका जिल्ला अध्यक्षको भनाई रहेको छ । बिशेषगरी गत आम निर्वाचनले हौसिएको नेपाली काग्रेसले संगठन बलियो भएको घोषणा गरिरहेपनि पार्टी सँगठन भन्दा व्यक्तिको प्रभावलाई प्राथमिकता दिएको र पुराना नेता कार्यकर्ता ओझेलमा परेको पाइन्छ भने आफ्नो बलियो पकड रहेको भन्ने रा.ज.मो.को पनि नेता कार्यकर्ता र पार्टी सदस्यमा सिमित हुन गई जनाधार क्रमशः खस्कदै गएको यतिबेला अनुभुति भइरहेको छ ।
देशभरमै ६३ हजार मत प्राप्त गरेको रा.ज.मो.ले प्यूठानमा १५ हजार मतमा हिजोको आम निर्वाचनले सिमित गरेको थियो भने त्यो मत बढ्ने भन्दापनि कायम राख्न रा.ज.मो.लाई हम्मेहम्मे परेको देखिन्छ । अन्य साना दलको प्यूठानमा उपस्थिति न्यून हुँदै गएको देखिन्छ । यी तिन दलकै मत अब आपसमा फेर बदल हुने स्थितिको सिर्जना भएको छ भने बिशेषगरी जिल्ला व्यापी रुपमा हेर्दा राष्ट्रिय रुपमा ने.का. र नेकपा बीच प्रतिष्प्रर्धा भएजस्तै प्यूठानमा पनि त्यहि बाताबरण नजिक आईरहेको यो चुनावले अनुभुति गराएको छ । रा.ज.मो.लाई आम जनताबाट पनि की त बामपन्थीसँगको चुनावी तालमेललाई दिगो बनाऊ, की त पार्टी एकिकरण नै गर, नभए अन्य पार्टी रोज्न बाध्य नबनाउ भन्ने मत जवरजस्त अगाडी आईरहेको छ । जस्को परिणाम दाङवाङमा उनीहरुले रुखमा मतदान गरे । साथै नेकपाको समर्थनमा बाग्लुङ क्षेत्र नं. २ (ख)मा प्रदेश सभा सदस्यमा बाहेक अन्य ठाँऊका मत संरक्षण गर्न समेत निक्कै अप्ठ्यारो परेको उप—चुनावका अनुुतिले प्रत्यक्ष देखाई रहेको छ ।
यस्तै छन हिजो आजको कुरा…


सम्बन्धित पोस्टहरू

Top