Invalid Conversion Type | Saturday 19th October 2019

ऐरावती बुङ्गस क्लब ढावाङको आयोजनामा ऐरावती कप २०७६ सञ्चालन हुने


Hamroekata २० भाद्र २०७६

सागर रिजाल
प्युठान, २० भदौ ।
प्युठानको ऐरावती गाउँपालिका –५ स्थित ऐरावती खेलमैदान झिवाङ खोलामा ऐरावती कप २०७६ सञ्चालन हुने भएको छ । ऐरावती बुङ्गस क्लब ढावाङको आयोजनामा यहि असोज २६ गते देखि कात्तिक २ गते सम्म कप सञ्चालन हुने भएको हो । जिल्लामा खेलाडीहरुको क्षमता अभिबृद्धि र बिकासका लागि प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष पदम थापाले जानकारी दिए । उनले भने,–‘खेल क्षेत्रलाई मर्यादित एवं व्यवसायीक रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म चिनाउनका लागि यो कपले सहयोग पु¥याउने छ ।’ खेलाडीहरु जिल्लाबाट उत्पादनगरिे खेल जगतमा सहयोग पु¥याउने उदेश्य समेत आयोजकले लिएको छ ।
नेपाल सरकारले मनाउन लागेको पर्यटन बर्ष २०२० मा जिल्लालाई चिनाउनका लागि पनि यो कपले महत्वपूर्ण भूमिका खेल्ने क्लबका अध्यक्ष थापा बताउछन् । कपमा पुरुष किक्रेट प्रतियोगिता, पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता, महिला कुर्सि दौड प्रतियोगिता, स्लो बाइक प्रतियोगिता, एथलेटिक्स कार्यक्रम र सांगितिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।  सामाजिक एकता दिगो बिकासमा सबैको प्रतिबद्धता भन्ने मूल नारा सहित ऐरावती कप तथा ऐरावती सांस्कृतिक महोत्सव २०७६ आयोजना हुन लागेको हो ।
सहयोगका लागि आग्रह
आयोजक संस्थाले यो कार्यक्रम सञ्चालनका लागि सबैसंग सहयोगको आग्रह गरेको छ । । अहिले सम्म विभिन्न संघ संस्था तथा व्यक्तिहरुबाट रु तीन लाख सहयोग प्राप्त भएको आयोजकक क्लबका अध्यक्ष थापाले बताए । उनले यो कार्यक्रमलाई सहयोग गर्न चाहनेले विभिन्न नंम्बरहरुमा सम्पर्क गरि सहयोग गरदिन आग्रह गरेका छन् । क्लब अध्यक्ष पदम थापा ९८४३१२९६३९०, खेलकुद संयोजक मधुसुदन थापा ९८४७२८०३२० र कोषाध्यक्ष दिपक केसी ९८५१२३५२४५ मा सम्पर्क गर्न सक्नुहुनेछ ।


सम्बन्धित पोस्टहरू

Top