Invalid Conversion Type | Monday 10th August 2020

विजुवारमा आँखा शिविर


Hamroekata २५ पुष २०७६

तीन वर्षपछि आँखा देखे ः मसुरा विक

प्युठान,२५ पुस ।
नौवहिनी गाउँपालिका– १ स्यालीवाङ्गकी मसुरा विक तीन वर्षसम्म एउटा आँखा देखीनन् । एक आँखाले मात्र उनलाई कामकाजमा समस्या पर्दै गयो । गाउँबाट धेरै टाढा आँखा उपचार गराउन आउने उनको सपना पनि थिएन् । आर्थिक अवस्था कमजोर हुँदा उनी अध्यारोमै जीविका चलाईरहेकी थिईन् । तर उनले पुस २३ गते विजुवारमा आँखा शिविर सञ्चालन हुदैछ भन्ने थाहाँ पाएपछि श्रीमान ताराचन्द्र विकको साथमा उनी विजुवार आईन् । स्याउलीवाङबाट हाम्पालसम्म ३ घण्टा पैदलयात्रा र हाम्पालबाट जीपमा प्रतिव्यक्ति तीन सय २० रुपिँया भाडा तिररे विजुवार आएको उनले बताईन् । उनको पुस २४ गते आँखाको मोतियाविन्दुको अप्रेशन भयो । अप्रेशन पश्चात उनको तीन वर्षसम्म नदेखेको आँखाले पुन देख्न थाल्यो । तीन वर्षपछि आँखा देखे उनले भनिन,–‘दुर्गममा भएकाले विजुवार आउँन नसक्दा आँखा देख्ने सपना रोकेको थियो ।’ अप्रेशन पछि आँखा देखे खुसी छु उनले प्रतिक्रिया दिईन् । अब दैनिक कामहरु गर्न सहज हुने उनले बताईन् । अब घरमा खाना पकाउन, घरायसी काम गर्न र हिड्डुल गर्न समेत सहज हुने उनको भनाई छ । ३१ वर्षिय विकलाई आँखा शिविरमा लागेको खर्च नौवहिनी गाउँपालिकाले बेर्होने अस्पातलले जनाएको छ ।
त्यस्तै गौमुखी गाउँपालिका ६ लिवाङ्गका ८५ वर्षका रिखे पुनले पनि तीन वर्ष पछि आँखा देखेका छन् । यो भन्दा पहिले अस्पतालमा आएर आँखा जाँच गराएर चस्मा लगाए ,उनले भने,–‘पछिल्लो समय चस्माले खाँसै काम गर्न छाडेपछि अप्रेशन गराउन आएको हुँ ।’ अप्रेशन गराएपछि आँखा देख्न थालेको उनले बताए ।
७९ जना आँखा अप्रेशन


प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल र लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका शाहा आँखा अस्पतालको सयुक्त आयोजना तथा दुई दिन सम्म शिविर सञ्चालन गरिएको थियो । शिविरमा दुई सय ४९ जनाको आँखा चेकजाँच र ७९ जनाको शल्यक्रिया गरिएको प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालकी क्लनिक ईन्चार्ज सुजाता भण्डारीले जानकारी दिईन् । लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान रण अम्बिका शाहा आँखा अस्पतालका प्रमुख डाक्टर ज्ञानेन्द्र लामिछानेको नेतृत्वमा आँखा बिरामीको चेकजाँच संगै अप्रेशन गरिएको हो । शिविरमा दुईवटा आँखा नदेख्नेको एकजनाको आँखा अप्रेशन गरिएको छ । १४÷१५ वर्षका दुई जनाको पनि आँखा शल्यक्रिया गरिएको डाक्टर लामीछानेले जानकारी दिए । डाक्टर लामिछानेले सुगरका बिरामीहरुले ६÷६ महिनामा आँखा जाँच गर्न सुझाव दिए ।
जिल्लाका नौवटै स्थानिय तहका आँखा बिरामीहरु शिविरमा सहभागी भएका थिए । जिल्लाका प्युठान नगरपालिका, माण्डवी गाउँपालिका, गौमुखी गाउँपालिका, नौवहिनी गाउँपालिका, झिमरुक गाउँपालिकाका आँखा बिरामीहरुलाई सोही गाउँपालिकाले खर्च बेर्होने सम्झौता भएको प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालका जग्गादाताका छोरा हिमालय श्रेष्ठले जानकारी दिए । उनका अनुसार यी पाँच स्थानिय तह बाहेक अन्य चार स्थानिय तहका बिरामीले आँखा शल्यक्रिया गराएवापत चार हजार ५ सय रुपिँया लाग्ने गर्दछ । दुई दिन सम्म सञ्चालन गरिएको शिविरमा बिरामी व्यवस्थापन, खाना बस्नका लागि जग्गादाताको छोरा श्रेष्ठले गरेका थिए । २०६४ सालमा स्थापना भएको प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालमा हाँलसम्म करिब १५ हजार आँखा बिरामीको उपचार भएको श्रेष्ठले जानकारी दिए ।


सम्बन्धित पोस्टहरू

Top