Invalid Conversion Type | Saturday 19th October 2019

राष्ट्रिय जनमोर्चाद्वारा रौतहटका बाढीपीडितलाई राहत वितरण


Hamroekata १९ श्रावण २०७६

रौतहट,१९ साउन ।
राष्ट्रिय जनमोर्चाद्वारा रौतहट जिल्ला, राजपुर नगरपालिका वार्ड नं। १ र २ मा यही श्रावण १५, १६ र १७ गते बाढी तथा डुबान पीडित जनतालाई राहत वितरण गरेको छ । उक्त दुई वार्डका सबै बाढी तथा डुबान पीडित जनताको पहिचान गरी ७३२ परिवारलाई मच्छरदानी र डुबानमा परी मृत्यु भएका तथा त्यही बेला सर्र्पले टोकेर मृत्यु भएका २ परिवारलाई नगद समेत वितरण गरिएको छ । राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरी नेतृत्वमा रौतहट जिल्लाका अध्यक्ष हरिकिशोर महतो, उपाध्यक्ष शेख सलाउद्दिन, तराई–मधेश जनवादी मोर्चाका अध्यक्ष सहितको टोलीले उक्त राहत वितरण गरेको हो ।


केही दिन अघि परेको भीषण वर्षा र लाल बकैया नदीमा आएको बाढीका कारणले उक्त क्षेत्रमा बाढी तथा डुबान परेको हो । भारतले सीमा नजिकै बनाएको बाधका कारणले लाल बकैया नदीको प्रवाह रोकिन गई नहरमा ठूलो पानीको प्रवाह पस्दा, नहर र नदी नियन्त्रण रोक्न बनाइएका पर्खाल समेत तोडेर उक्त बाढी वस्ती र धान रोपेको क्षेत्रमा प्रवेश गरेको थियो । उक्त बाढी र डुबानबाट हजारौं विघा जमिनमा लगाइएको धान नष्ट भएको छ । पुल, बा“ध र नहर, सडक र कैयन पक्की घर समेत भत्किएका छन् । हजारौं साना झुपडी त बस्न लायक नै छैनन् । अहिलेसम्म कतिपय घर र हजारौं विघा जमिनमा पानी जमेको छ । त्यसको निकाशको लागि कुनै व्यवस्था गरिएको छैन । सरकारले त्यो स्थितिको निरीक्षण गर्न एक संसदीय टोली पठाएको थियो । त्यो टोलीले प्रतिवेदन दिएपछि त्यसको आधारमा भत्किएका संरचना निर्माण गर्न र जनतलाई राहत पुराउने कुराले अहिले कुनै मद्दत पुग्दैन । कतिपय स्थानीय तह, संघ संस्थाले राहत वितरण गर्दा पनि स्थानीय राजनीतिक दलका कार्यकर्ताले आ–आफ्ना दलका समर्थकलाई कुपन दिएर राहत वितरण गर्ने गरेको र कतिपय कार्यकर्ताले उक्त राहतको रकम भ्रष्टाचार गरेको स्थानीय जनताको गुनारो छ ।
बाढी र डुबानले भत्किएका घर बस्न लायक छैनन् । पक्की घरमा पनि क्षति भएको छ । भत्किएका वा डुबानले चिसो बनेका घरमा बस्दा मानिसहरु बिरामी परेका छन् । डुबान हुदा सेफ्टी ट्याङ्कीको फोहर बाहिर पानीमा मिसिदा रोग संक्रमण हुने खतरा छ । कम गहिराइबाट ह्याण्ड ट्युबेलबाट निकालिएको पानी पिउन योग्य छैन । यी समस्याहरुको समाधान गर्न राजमोले राहत वितरण गर्दासम्म प्रदेश र स्थानीय निकायले कुनै कदम चालेको छैन । राष्ट्रिय जनमोर्चाले सबैभन्दा पिछडीएको र ती निकायहरुको ध्यान पुग्न नसकेको ठाउ“मा राहत वितरण छनौट गरेको हो ।


सम्बन्धित पोस्टहरू

Top