Invalid Conversion Type | Tuesday 31st March 2020

माण्डवीमा सहकारी सञ्जाल गठन


Hamroekata २० पुष २०७६

राधिका भुसाल
प्यूठान । माण्डवी गाउँपालिका भित्र रहेका सहकारीहरुलाई एकताबद्ध गर्दै पालिका स्तरीय सहकारी सञ्जाल गठन भएको छ ।
सवै विषय अन्तरगतका सहकारीहरुलाई (शनिवार) भेला गरी गायत्रा अधिकारीको संयोजकत्वमा ९ सदस्यीय सञ्जाल गठन गरिएको हो । जसको सह संयोजकमा हरि बहादुर राना, सचिवमा यादव पौडेल, कोषाध्यक्षमा केशरा खत्री चयन भएका छन् भने सदस्यहरुमा हेमाराज अधिकारी, बालिका नेपाली, राजेन्द्र रावत क्षेत्री, ऋषी अधिकारी र गंगा खड्का चयन भएका छन् ।
माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले नव गठित पधादिकारीहरुलाई बधाइ दिदैं सहकारीहरुसंग गाउँपालिकाले सहकार्य गरेर अगाडि बढ्ने विश्वास लिएको बताउदैं सहकारीका गतिविधिहरु अगाडि बढाउनु पर्ने बताउनु भयो । पालिका भित्रका सहकारीहरुको क्षमता विकास गर्न चालु आर्थिक वर्षमा २० लाख बजेट छुट्टाएको समेत जानकारी दिनु भयो । माण्डवी गा.पा.का सहकारी संयोजक धुव्र पोख्रेलले नव गठित समितिलाई बधाइ व्यक्त गर्दै सहकारीले संकलन केन्द्र, चिस्यान केन्द्र, नर्सरी जस्ता कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने बताउनु भयो । छरिएका भित्रका सहकारीहरुलाई एक्यवद्ध गर्दै पालिकाले सहकारी मैत्री भएर काम गर्ने समेत उहाँको भनाइ छ । जिल्ला सहकारी संघ प्यूठानका सचिव राधा अधिकारीले सहकारी सञ्जाल गठन गर्नुको उदेश्य बारे स्पष्ट पार्दै पार्नु भएको थियो । कार्यक्रम जस्पुरमा रहेको तरकारी संकलन केन्द्रको सभाहलमा  भएको थियो ।


सम्बन्धित पोस्टहरू

Top