बिहिबार, बैशाख ६, २०८१ | Thursday 18th April 2024

महोत्सवमा सांस्कृतिक पहिचानको महत्व


लिला पुन
यही माघ २८ गतेदेखि फागुन ८ गतेसम्म झिमृक नदीको किनारमा अवस्थित खेलकुद मैदान विजुवारमा “आधुनिक कृषि, पर्यटन, उर्जा र व्यापार, उद्यमी जनशक्ति समृद्ध प्युठानको आधार”भन्ने मुल नाराका साथ कृषि, पर्यटन, उर्जा तथा औद्योगिक व्यापार मेला २०७४ लागिराखेको छ । यस औद्योगिक व्यापार मेलामा जिल्लामा उन्पादित विभिन्न वस्तुहरुको प्रदर्शनी गर्नुको साथै उर्जा तथा आधुनिक प्रविधिको र पर्यटन क्षेत्रको प्रचार प्रसार एवं प्रवद्धन माथि जोड दिइराखेको कुरा महोत्सव सचिवालयले जनाएको छ । विभिन्न लक्ष्य र उदेष्य बोकेर आएको यस महोत्सव आफैमा के कति सफल हुने हो या नहुने हो त्यो कुरो त महोत्सव आयोजक समितिमा भर पर्ने कुरो हो । यसबाट आएको आम्दानीले जिल्लाको समग्र विकासको लागि साथ दिन नसके तापनि महोत्सव आयोजक समितिमा इमान्दारिता हुने हो भने र सबै लागि पर्ने हो भने भइराखेको विकास निमार्णलाई टेवा दिन सक्ने आधार भने प्रशस्त खुल्ने छ ।
महोत्सवमा स्थानीय तथा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुबाट दिनहुँजसो दर्शकदिर्घालाई झाँकी तथा गीत र नाच प्रस्तुत गरेर मनोरञ्जन् दिलाएता पनि यी गीत नाचहरुको सकारात्मक नकारात्क प्रभाव त के कति प¥यो त्यो त आफै दर्शकहरुले मुल्याँकन गर्ने कुरो हो । यस महोत्सवमा थुप्रै कलाकारहरुले थुप्रै नाच र गीतहरु प्रस्तुत गरेता पनि आ–आफ्ना विचार, आ–आफ्ना उमेर समुह, वर्ग विभाजित समाजमा वर्गीय गीत र नाचले पनि आ–आफ्नै पहिचान छोड्न सफल भएको छ । यस महोत्सवको मञ्चमा खारिएका तथा पाका कलाकारहरुले जनताका जनजीवनसंग मेल खाने, जनताका दुःखसुखमा साथदिने, जनताका आँसुका भाका बुझ्ने, गीत सन्दासुन्दै विछोडको पिदा सम्झिदै रुने, आँसुले मुख धुने, गरिवी र प्रदेसीको विछोडको पिडामा तड्पिएका आमाबाबु , दाजुभाइ, दिदीबहिनीहरुको साह्रै मन छुने गीतहरु गाएता पनि अर्को तर्फ युवापिडीहरुको अर्कै रमक र अर्कै झमक छ ! जव विरह र वेदनाका गीतहरु मञ्चमा गुन्जिन थाल्छन् अघि भरखरसम्म हुटिङ गरेका ती जिब्रा र ताली लगाउने ती हातहरु तीनवित्ता माथि उफ्रने ती खुट्टाहरु अहिले नतमस्तक छन् । जीवनले भोगेका कथा व्यथामा आधारित आँसु खसाउने गीतहरु सुन्नेको जमात भन्दा नसुन्नेको जमात युवा युवती तप्काहरु धेरै छन् यहाँ !


माथि मञ्चमा जनताका जनवादी कलाकारले विदेसीयका हाम्रा युवा दाजुभाइ, युवती दिदीबहिनीहरुको खाडीमा काम गर्दा, आमाबाबु र जीवनसंगिनी छोडेर जादा, विदेशमा दुःख पाएर घर सम्झिएर रुँदा, मरेको लास बाकसमा फर्किदा, छोराको लास देखेर आमाबाबु रुदा, श्रीमानको लासको काखमा श्रीमतीले छाति पिटि–पिटि रुदा, सिरको सिंदुर, हातको चुरा, रातो लुगा खोसिएको देखेर रुँदा, गाईग्वाला, वनपात, मेला जादा प्रेयसीको अभावमा रुँदा, दिनदिनै आँसुले मुख धुदा, आँसु आउने कुवा पनि सुकिसकेको हुँदा केवल आँसुविना निसास्सि–निसास्सि हिक्क–हिक्क गर्दा देखेको भोगेको गीतहरु गाउदा किन नतमस्तक छ ती युवा पिडीहरु ! अझ उनीहरु मञ्चका कलाकारहरुसंग माग गरिराखेका छन्–“हामीलाई “पप” “रक” “हिपहप” “¥याप” गीतहरु चाहियो भनेर” ! सायद ती बालक बवुरोहरुलाई थाहा छैन होला ! “रक” “पप” “हिपहप” “¥याप” कुन देशबाट आयो ! कुन देशको संस्कार संस्कृति हो ! आफ्नो देश कुन महादिपको कुन कुनामा छ भनेर थाहा नपाउने युवा जमातले आज आफ्नो देशको सिमाना विर्सेर सातसमुन्द्र पारको संस्कृति र संस्कार हुल्नेहरुलाई आखिर हामीले भन्नु पर्ने नै के छ र ! “थातै बसी नेपाल देख्छन्” भने जस्तै भारतको सिमाना पार नगरेका हाम्रा युवा जमातको यो हाल देख्दा देशभक्तिपुर्ण भावनाले ओतप्रोत भएका आदर्श नागरिकको अस्मितामाथि चोट लाग्छ कि लाग्दैन ! एकपटम निधार खुम्चाएर सोचौं त !
सत्तरीको दशकमा अमेरिकन काला जातिका गायक “बामवाता”ले प्रतिपादन गरेका “हिपहप” र “¥याप”ले पश्चिमेली देशहरुमा तहल्का मच्चाउन सफल भए पनि यो संस्कार यो संस्कृति हाम्रो देशको लागि कति उचित र कति अनुचित छ भन्ने कुरा त लवाइखुवाइ, बाजागाजा, गीतसित सबैबाट थाहा हुने कुरो हो ! पश्चिमेली देशको लवाइखुवाइ देखेर भुटुक्कै भएका हाम्रा युवायुवति जमातहरुको व्यवहार हेर्दा कति हाँसो उठ्दो र पीर लाग्दो रौनक छ त्यो भनेर साध्य छैन । कुन केटा हो कुन केटी चिन्न पनि पनि मस्किल भइसकेको छ ! केटाले गर्ने व्यवहार केटीले गरेको छ, केटीले गर्ने व्यवहार केटाले गरेको छ । केटीले कपाल कटाएर पायन्त सत् ठोकेर हिड्छ भने केटाले मुन्द्रो लगाएर, कपाल पालेर, आइआफन्तले पनि नचिन्ने जस्तो भएर, फाटेको जस्तो नयाँ पयन्त लगाएर, दिनदहादै स्वास्नीलोग्ने जस्तो गर्दै हात समाएर हिड्दा त कतै नेपालको संस्कार संस्कृति पश्चिमेली देशको संस्कार संस्कृतिले खाएर लोप गराइसकोको भान हुन्छ भने यो देश कतै नेपाल नभएर अर्कै देश हो कि भन्ने कुरालाई सोच्न र बुझ्न बाद्य गराउँछ ।
एकतिर गीतलाई जिवन्त दिने बाजागाजा र संगीतपक्षको त्यही हालत छ ! कहाँ गए हाम्रा नौमति बाजा ! कहाँ गए हाम्रा सनै र बाँसुरी ! कहाँ गए हाम्रा झेली र मादल ! कहाँ हाम्रा पैजन र चौरासी ! किन मकेरीले जालो लगायो ! हामीलाई पनि उर्जा दिने ती संगीतका साधनहरुमाथि ! खै ती जालो पुछ्ने हातहरु ! नौमति बाजाको तालमा किन भाचिएनन् ती कम्मरहरु ! के ले भेटायो हाम्रा युवा र युवती जमातहरुलाई ! गीत पनि कस्ता–कस्ता गीतहरु छन् ! हाम्रा छिमेकी देशका महान कलाकार सुभाष घईका –“चोलीके पिछ क्या है ! चुँदरीके निचे क्या है” ! अनि त अरुको देशका के कुरा गरौं ! भरखर मात्र एमालेले राष्ट्रिय सभामा सभासद् बनाएका महान क्रान्तिकारी र चिरपरिचित पश्चिमेली छाडा प्रवृति भित्राउने र आफनो व्यत्तिगत दुनो सोझ्याउन राजदरबारको वरिपरि घुम्ने कुमारी कोमल वलीको–“पोइल जान पाम–पाम” जस्ता यी गीतहरुले हाम्रो समाजमा, हाम्रा बालबच्चाहरु र भरखरका युवा, युवतिको जमातमा कुन किसिमको छाप छोडेर जाला त ! यस किसिमको गीतले समाजलाई कुन दिसातिर लैजाला त ! सायद यही समाज विकृतिको कुरोलाई सोचेर, बुझेर होला विव्लब समर्थित विद्यार्थी संगठनले–“महोत्सवमा छाडा प्रवृतिको कलाकार भित्राए त्यसको जिम्मेवारी स्वयम् आयोजक कमिटी रहने” भनेर विज्ञप्ति निकालेको ! यसपटकको महोत्सवमा ज्योती मगर जस्ता सरेयाम छाडा प्रवृतिका कलाकार अझै आएका छैनन् ! आए पनि आफनो सिमाभित्र बसेर समाजमा चलिचलनमा आएको राम्रो संस्कार संस्कृतिलाई प्रतिकुल असर नपर्ने गरी गीतहरु गाउने छन् ।
तर एक तप्काका हाम्रा तन्नेरी युवा जमातलाई भने यो महोत्सव अलि खल्लो बनेको छ ! किनभने अझै ज्योती मगर र ज्योती मगर जस्ता कलाकारहरुको उपस्थिति देखिएको छैन ! गएका कार्यक्रमहरुमा ज्योती मगरका नाङ्गो नाच र अंग प्रदशर्नले लिएको रनक यसपटक लिएको छैन ! यो युवा जमातले खोज्दैन जीवन शर्मा, खोज्दैन बद्रि पंगेनी, खोज्दैन शम्भु दाहाल, खोज्दैन च्याङ्बा लामा, खोज्दैन माहिला लामा, खोज्दैन जे.वी. टुहुरे ! मात्र खोज्छ कोमल वलीको गीत, ज्योती मगरमको गीत, ज्योती मगरको नाच ! अनि त के चाहियो हाम्रा युवा जमातहरुलाई ! गाउँ समाज र देश संस्कार संस्कृति जतासुकै जावस ! व्यत्तिगत स्वार्थबाहेक कहीकसोलाई चासो छैन केवल आफूले खाए भयो, आफू लगाए भयो ! अहिले समय सान्दर्भिक आफू बाँच्ने सही शुत्र यही रहेछ ।
खै के भनौं ! जवानीका जोसले महमत्त भएका हाम्रा देशका युवा कर्णाधारहरुलाई ! देशका शासन सत्ता हातमा समालेर बसेका हाम्रा देशका जिम्मेवारी नेतालाई राष्ट र जनताका त माया छैन ! आफ्नो देशको संस्कार र संस्कृति प्रति मायामोह छैन भने यी उदेष्य र लक्ष्यविनाका दायित्वविहिन बर्तमानका युवा जमातलाई त झन् के खाँचो । घरमा आमाबाबुले गिट्टी कुटेर अर्काको निमेकधिमेक काम गरेर दुईचार पैसा जुटाएको पैसा चोरेर होटेलमा गई कुखुराको मासुसंग रक्सी धोक्ने र रक्सीको मातमा “पप” “रक” “हिपहप” र “¥याप” जस्ता पश्चिमेली देशको संस्कृतिमा झुम्नेहरुलाई “भिरबाट लड्ने गोरुलाई राम–राम भन्न सकिन्छ, कुम थाम्न सकिदैन” भने जस्तै हामीले आखिर के नै पो गर्न सक्छौं र ! नेपाली संस्कार संस्कृति अनुसार चलेको हाम्रा पुर्खाले बजाएका नौमति बाजाका धुनहरु कहाँ गए ! मादल र बाँसुरी, सारंगी र झेली पैजन्हरुमा मकेरीले जालो लाइसक्यो ! ती जालो पन्छाउने हातहरुले होतलमा रक्सीको बोत्तल र कुखुराको साप्रा समाउन थालेपछि यो देशको संस्कार संस्कृतिको खोजि र जगेर्ना कसले गर्ला ! आधुनिकताको नाममा परम्परादेखि चलिआएको हाम्रो संस्कृतिको के हाल होला ! सायद किताबमा भेट्न त जतासुकै जावस मान्छेको बोलिको इतिहासमा भेट्न पनि धौ–धौ हुने छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top